नेपालमा २००७ साल यता थुप्रै राजनीतिक परिवर्तनहरु भएका छन् । २००७ सालमा प्राप्त प्रजातन्त्र विभीन्न समयमा खोसिने र त्यसको प्राप्तीका लागि संघर्ष हुने क्रम चलिरह्यो । आधुनिक नेपालको पछिल्लो ७० वर्ष यही राजनीतिक परिवर्तन र अधिकारका आन्दोलनहरुमा बितेको छ । यो बीचमा नेपालमा धेरै व्यवस्थाहरु परिवर्तन भएका छन् । जहाँनिया राणा शासनबाट नेपाल संघिय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । अहिले नेपालमा संघियताको अभ्यास भैरहेको छ । यो ७० वर्षको बीचमा नेपालमा धेरै राजनीतिक परिवर्तनहरु भए । तर नेपाली जनताले चाहेको विकास र राजनीतिक स्थीरता भने अहिलेसम्म प्राप्त हुन सकेको छैन । लामो समयको राजनीतिक अस्थीरताका कारण देशले विकासको गति लिन सकेन । राजनीतिक परिवर्तनको मुद्दामा केन्द्रित हुँदै गर्दा विकासका एजेन्डाहरु आझेल पर्दै गए । देशमा व्यवस्था परिवर्तन भैरह्यो तर नेपाली जनताको अवस्था भने जस्ताको त्यस्तै रह्यो । अहिले पनि नेपालमा राजनीतिक स्थीरतको खोजी भैरहेको छ । छिन छिनमा परिवर्तन भैरहने सरकारका कारण विकास निर्माणका कामहरु अगाडि बढ्न नसकेको भनेर नेपालको संविधान २०७२ मा सरकार गठन भएको दुई वर्ष भित्र अविश्वासको प्रस्ताव ल्याउने नपाईने र ल्याएको अविश्वासको प्रस्ताव असफल भएपछि अर्को एक वर्ष त्यो प्रस्ताव ल्याउन नपाईने संविधानमै लेखिएको छ ।
यति भएपछि कम्तीमा ९÷९ महिनामा सरकार परिवर्तन भैरहने समस्या समाधान हुनेछ भन्ने धेरैको आशा थियो । संविधान जारी भएपछि भएको पहिलो आवधिक निर्वाचनमा नेपालका दुई कम्युनिष्ट पार्टीहरु एक साथ उभिएर निर्वाचनमा गए । उनीहरुको मुख्य नारा नै स्थीर सरकार र समृद्ध नेपालको थियो । त्यो नारा अनुसार कम्युनष्टि पार्टीले करिब दुई तिहाई नजिक बहुमत प्राप्त गरेर सरकार गठन पनि भयो । केपी शर्मा ओली प्रधानमन्त्री बने । पहिलो एक वर्ष सरकार आनन्दपूर्वक चल्यो । दोस्रो वर्ष नेकपा एमाले र माओवादीबीच पार्टी एकता भयो । दुई वर्ष ओली सरकार निर्धक्कसंग चल्दै थियो । जब दुई वर्ष पूरा भयो सरकार नेकपा भित्र किचलो सुरु भयो । स्थीर सरकार र समृद्ध नेपालको नारा दिएको कम्युनिष्ट नेताहरु सरकारको लुछाचुँडी गर्नेमा लागे । पार्टी भित्रको अन्तर कलहले अहिले कम्युनिष्ट सरकार सत्ताच्युत हुने अवस्थामा पुगेको छ भने कम्युनिष्ट पार्टी छिन्न भिन्न हुने अवस्थामा पुगेको छ । नेकपा एमाले र माओवादी केन्द्रलाई अदालतले नै अलग गरिदिएको छ । एमाले भित्र स्पष्टीकरण र कारबाहीको शिलशिला जारी रहँदा पार्टी दुईटा भएको औपचारिक घोषणा हुन मात्रै बाँकी छ ।
विगतमा काँग्रेसले लामो समय सरकार चलायो अब कम्युनिष्ट पार्टीले एक पटक सरकार चलाएर राजनीतिक स्थायीत्व कायम हुन्छ कि भन्ने आसा र भरोसा गरेका नेपाली जनता अहिले विलखबन्दमा परेका छन् । देशमा कोरोना महामारीले गर्दा नागरिकले अनाहकमा जीवन गुमाईरहँदा मुख्य राजनीतिक दलहरु सरकार प्राप्तीको दौडमा छन् । सरकार अहिले निर्वाचन घोषणा गरेर बसेको छ । देशमा नागरिक कोरोना विरुद्धको खोप नपाएर मरिरहेका छन् । अक्सीजन, आईसियु, भेन्टिेलेटर नपाएर मृत्युवरण गरेका छन् । यस्तो अवस्थामा राजनीतिक दल र सरकारको प्राथमिकता नागरिकलाई जोगाउने भन्दा सत्ताको मोहमा बढि देखिन्छ । नेपाली जनताका लागि राजनीतिक स्थीरता आकास फल आँखा तरी मर भने जस्तै भएको छ ।
दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका
बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...
Read more
यो बिषयमा तपाईको प्रतिकृया