कोरोना महामारी फैलिरहदा बागलुङ नगरपालिका –७ का स्थानिय गणपति न्युरेले सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङ र जिल्ला प्रहरी कार्यालय बागलुङ सहयोग गरेका छन् । न्युरेले जिल्ला ट्राफिक कार्यालय बागलुङमा पाँच सय पिस मास्क तथा जिल्ला प्रहरी कार्यालय बागलुङमा एक हजार पिस मास्क तथा ठुलो तथा सानो गरि ३१ स्यानिटाईजर हस्तान्तरण गरेको न्युरेले बताए ।
कोराना महामारी बिच अग्रपङ्तिमा खटिएका प्रहरीलाई केहि हदसम्म भएपनि राहत होस भनेर हस्तान्तरण गरेको उनको भनाई थियो ।
उनले भने ‘ अग्रपङ्तिमा खटिएका सुरक्षाकर्मीलाई केहि राहत होस भनेर सक्दो सहयोग गरेको छु, कोरोनाको कहर बिच सबै ब्यक्तिहरु घर–घरमा बसिरहे पनि प्रहरी साथीहरु डिउटीमा खटिन पर्ने हुन्छ, कोरोनाको फैलिरहेको बेलामा प्रहरीलाई उच्च जोखिममा रहेको हुनाले आफुले सक्दो सहयोग गरेको हु ’। सहयोगी प्रति जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले धन्यवाद ज्ञापन गरेको छ ।
न्युरेले केहि दिन अगाडी बा.न.पा ७ को मुलपानी स्वास्थ्य चौकी तथा बागलुङ नगरपालिका ७ का संक्रमितहरुको घर–घरमा पुगि मास्क तथा स्यानिटाईजर हस्तान्तरण गरेका थिए ।
यो बिषयमा तपाईको प्रतिकृया