बागलुङ- नेपाल विद्यार्थी संघ बागलुङका संस्थापक अध्यक्ष सुमन शाक्यको आईतबार निधन भएको छ । लामो समय देखी काठमाण्डौमा बस्दै आएका शाक्यको कोरोनाकै कारण निधन भएको हो । उनको ५९ वर्षको उमेरमा काठमाण्डौको अल्का अस्पतालमा उपचारकै क्रममा निधन भएको पारीवारीक श्रोतले बताएको छ । २०६२/०६३ को जनआन्दोलनमा निकै सक्रिय भुमिका खेलका शाक्य नेपाली काँग्रेस केन्द्रिय खेलकुद विभागका केन्द्रिय सदस्य हुन ।
शाक्यले नेपाल उद्योग बाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य, बागलुङ उद्योग बाणिज्य संघका सल्लाहकार, नेपाल बाल संगठनका पुर्व केन्द्रिय उप–महासचिव र टेबुल टेनिस संघको केन्द्रिय सदस्यको रुपमा काम गरेका थिए । उनि नेपाल रेडक्रस सोसाईटी बागलुङका पुर्व जिल्ला सदस्य भएका थिए भने बागलुङका विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल थिए ।
विगत १० वर्ष देखी काठमाण्डौ मै बस्दै आएका शाक्यका एक श्रीमती १ छोरा १ छोरी छन । शाक्यको निधनले सिंगो उद्योगी व्यवसाय, र खेलकुद क्षेत्रमा ठुलो क्षती पुगेका नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान केन्द्रिय सदस्य निर्माणकुमार श्रेष्ठ बासुले बताए ।
शाक्यको निधन प्रति नेपाली काँग्रेस बागलुङ र नेपाल विद्यार्थी संघले दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारमा समवेदना प्रकट गरेको छ ।
यो बिषयमा तपाईको प्रतिकृया