बागलुङ जेठ ८, नेपाली काँग्रेस बागलुङमा क्रियाशिल सदस्यको संख्यामा १ सय १३ प्रतिशतले बृद्धि भएको छ । नेपाली काँग्रेस केन्द्रीय समितिले आफ्नो वेभसाईटमा प्रकाशन गरेको नामावलीलाई अध्ययन गर्दा पुरानो क्रियाशिल नविकरणको तुलनामा नयाँ सदस्य वितरणको संख्या अत्याधिक रुपमा रहेको पाईएको छ ।
जिल्लामा यस पूर्व क्रियाशिल सदस्यको संख्या करिब ६ हजार ५ सय रहेकोमा यस पटक जम्मा ५ हजार ४ सय पचास जनाको मात्र नविकरण भएको छ । क्रियाशिल स्थान्तरण, सदस्यहरुको मृत्यु, बसाई सराई, पार्टी परित्याग आदि कारणले गर्दा नविकरणको संख्या घटेको बताईएको छ ।
नेपाली काँग्रेसले शतप्रतिशत नयाँ सदस्यता विवरण गर्ने निति अनुसार बागलुङ जिल्लाले ६ हजार ५ सय सदस्यता थप गर्न पाउँथ्यो तर नयाँ सदस्यको सख्या ७ हजार ३ सय ३५ पुगेको देखिन्छ । यो निती अनुसार १०० प्रतिशत बृद्धि हुनु पर्नेमा ११२।८५ प्रतिशतले बृद्धि भएको देखिन्छ । नविकरण र नयाँ सदस्यता गरी नेपाली काँग्रेस बागलुङको सदस्यता १२ हजार ७ सय ८५ पुगेको छ ।
नेपाली काँग्रेस प्रतिको विश्वास र भरोसा बढ्दै गईरहेको बताउँदै काँग्रेस जिल्ला सभापति दिपेन्द्र बहादुर थापाले अन्य दल परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका व्यक्तीलाई सके समान हैसियतमा पदिय जिम्मेवारी दिने नभए क्रियाशिल सदस्यता दिन योग्य व्यक्तीलाई सदस्यता दिने निर्णय अनुसार सदस्यता दिदाँ नयाँ सदस्यताको संख्यामा बृद्धि भएको थापाले बताए ।
प्रकाशित तथ्याङ्मा अझै कतिपय सदस्यहरुको नामावली छुट भएको गुनासो समेत पाईएको छ । वडाबाट सिफारिस भई आएका क्रियाशिल सदस्यको नामावली नचढेको, नाम बिग्रेको वा कुनै विवरण गलत पोष्टिङ भएको अवस्थामा अध्ययन गरी थप गर्न सकिने बताउँदै नेपाली काँग्रेसका जिल्ला सचिव नवराज पौडेलले सबै वडा र पालिका तहमा क्रियाशिल सदस्यताको विवरण अध्ययनका लागि अनुरोध गरेका छन् ।
नयाँ सदस्यता वितरणको तथ्यांकलाई अनुसार प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ प्रदेश निर्वाचन क्षेत्र १ (क) मा नयाँ २७४६ र नविकरण १८२१ गरी ४५६७ र प्रदेश निर्वाचन क्षेत्र २ (ख)मा नयाँ २१८० र नविकरण १९७४ गरी २१५४ सदस्य रहेका छन् ।
त्यसैगरी प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. २ प्रदेश निर्वाचन क्षेत्र १ (क)मा नयाँ १४९६ र नविकरण ११६१ गरी २६५७ र प्रदेश निर्वाचन क्षेत्र २ (ख)मा नयाँ ९१३ र नविकरण ४९४ गरी १४०७ सदस्य रहेका छन् ।
क्रियाशिल संख्यामा वडाबाट प्रतिनिधी आउने प्रक्रियाको विषयमा समेत जिल्ला जिल्लामा साझा बुझाई बनिसकेको छैन । विधानको व्यवस्था र वडा वडाको क्रियाशिल सदस्यताको विवरण अध्ययन गर्दा जिल्लामा करिब १७ सय जना क्षेत्रीय प्रतिनिधी आउने देखिन्छ । समावेशीलगायतका व्यवस्था अनुसार आउने प्रतिनीधिको संख्या ठुलो हुने भएकाले क्षेत्र र जिल्ला अधिवेशनहरु खर्चिलो र धेरै समय लाग्ने देखिन्छ ।
जिल्लाको नेतृत्व छनौटको पालिका स्तरमा मतदान गर्ने व्यवस्थापन गर्ने नभए न्यूनतम प्रदेश निर्वाचिन क्षेत्रमा क्षेत्रीय प्रतिनिधीहरुले मतदान गर्ने व्यवस्था मिलाउन सकेमा निर्वाचन प्रक्रिया सहज बन्ने नेपाली काँग्रेस महासमिति सदस्य जगदीश चन्द्र उपाध्यायले बताएका छन् । त्यसैगरी पालिकाको नेतृत्व चयन गर्दा उम्मेदवार क्रियाशिल सदस्यहरुबाट जो पनि बन्न पाउने र मतदाता वडाबाट आएका प्रतिनिधीलाई बनाउनु पर्ने सुझाव समेत उपाध्यायले राखेका छन् ।
नेपाली काँग्रेसको विधान काँग्रेसका पालिका देखि जिल्ला सम्मको अधिवेशन नै खर्चिलो र अव्यवहारीक हुने नेपाली काँग्रेसका महाधिवेशन प्रतिनीधि जगन्नाथ आचार्यले बताएका छन । आचार्यले पालिकाको अधिवेशन गर्दा सबै क्रियाशिलले मतदाता गर्ने व्यवस्थालाई अति नै जटिल हुने भएकाले वडाबाट आएका प्रतिनीधिहरु बाट नै पालिकाको नेतृत्व चयन गर्नु पर्ने बताए । त्यसैगरी संख्याको आधारमा वडाबाट प्रतिनिधी चयन गर्ने निर्णयले पनि निर्वाचन क्षेत्र र जिल्ला समिति चयनको लागि धेरै कठिनाई हुने बताउँदै आचार्यले प्रतिनीधि आउने व्यवस्थालाई व्यवहारिक र वैज्ञानिक बनाउनु पर्नेमा आचार्यले बताएका छन् ।
दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका
बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...
Read more
यो बिषयमा तपाईको प्रतिकृया