एक सय ३० पोजेटिभ, २४ घन्टामा ५ को मृ*त्यु

कोरोनाको भयावह रुप

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता

बागलुङमा मंगलबार एक सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरि अस्पतालको पिसिआर परीक्षणमा बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र जैमिनी नगरपालिकाका गरेर एक सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोतव्यक्ति देवप्रकाश घिमिरेका अनुसार धौलागिरि अस्पतालले संकलन गरेको ४३ जनाको स्वाबमध्ये ३३ जना, बागलुङ नगरपालिकाले संकलन गरेको ३८ जनाको मध्ये २६ जनामा ,काठेखोला गाउँपालिकाले संकलन गरेको १३ जनाको मध्ये ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, तमानखोला गाउँपालिकाले संकलन गरेको ४६ जनाको मध्ये ३३ जना र जैमिनी नगरपालिकाले संकलन गरेको ६२ जनाको मध्ये ३० जनामा कोरोना संक्रमण पुष्टि भएको घिमिरेले जानकारी दिए ।

यस्तै, धौलागिरी अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुष र बडिगाड गाउँपालिका–४ की ७७ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोतव्यक्ति देवप्रकाश घिमिरेले बताएका छन् । त्यस्तै, जिल्लाको गल्कोट नगरपालिका–१ का ७८ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । त्यसैगरी, बागलुङ नगरपालिका ७ का ५४ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको छ ।

जिल्लाको ढोरपाटन नगरपालिकामा पनि कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका –५ की २२ वर्षीया महिलाको पनि सोमबार राति मृत्यु भएको परिवार स्रोतले जनाएको छ । योसंगै बागलुङ जिल्लाको कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्याको २९ पुगेको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले ताराखोलाको एक युवाको पोखराको मणिपालमा मृत्यु भएको उल्लेख गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal