धौलागिरिका सहकारीकर्मीलाई नीति निर्माण तालिम

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता
धौलागिरिका सहकारीकर्मीलाई नीति निर्माण तालिम

राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको आयोजना सहकारी नीति निर्माण विषयक एक दिने तालिम आइतवार सम्पन्न भएको छ । बागलुङ शाखा अन्तरगत धौलागिरी क्षेत्रका सहकारी संघ संस्थाका सञ्चालक तथा कर्मचारीहरुलाई लक्षित गरी भर्चुअल माध्यमबाट तालिम सञ्चालन गरिएको थियो । सहकारीहरुलाई सक्षम रुपमा सञ्चालनका लागि योजनावद्ध तरिकाले अगाडि बढाउने उद्देश्यका साथ आयोजना गरिएको तालिममा धौलागिरी क्षेत्रका विभिन्न सहकारी संघ संस्थाका १ सय ३० जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

तालिमको शुभारम्भ गर्दै बैंकका अध्यक्ष के.बी.उप्रेतीले सबै सहकारीहरुले आफ्नो उदेश्य अनुसारको लक्ष्य निर्धारण गरी योजनावद्ध तरिकाले अगाडि बढ्न सकेमा मात्रै सहकारी क्षेत्रले सोचे जति प्रतिफल प्राप्त गर्ने बताए । सहकारी सदस्य केन्द्रीत व्यवसाय भएकाले सहकारीहरुको आवश्यकता र चाहनालाई केन्द्रीत गरी योजना निर्माण गर्न र सोही अनुसार काम गर्न उनले सहकारीकर्मीहरुलाई आव्हान गरे ।

कार्यक्रममा बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले देशभरका सहकारीहरुको प्रद्धर्वनका लागि सञ्चालित राष्ट्रिय सहकारी बैंकसंग सहकार्य गरेर संस्थालाई नीतिगत रुपमा प्रभावकारी र प्रविधिगत रुपमा सक्षम बनाउन सुझाव दिए । उनले सहकारीहरुको संस्थागत विकासका लागि बैंकले सञ्चालन गरेको सहकारी स्तरीकरण कार्यक्रममा सहभागी भई संस्थाको स्वास्थ्य सुधारमा लाग्न सबै सहकारीहरुलाई आग्रह गरे ।

बैंकको तालिम विभागका अधिकृत सूर्य रिमालले सहकारीमा योजना निर्माण प्रक्रिया, संस्थाको उद्देश्य तथा लक्ष्य निर्धारण, प्रभावकारी अनुगमन तथा मूल्यांकनका लागि आवश्यक विषयहरु लगायतका विषयमा सहजीकरण गरेका थिए । बैंकको बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीले स्वागत गरेको तालिम कार्यक्रमको सञ्चालन तालिम विभागका वरिष्ठ अधिकृत मिना शर्माले गरेकी थिईन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal