कोरोना भाईसर (कोभिड–१९) को संक्रमण टोलटोलमा बढ्न थालेपछि त्यसको नियन्त्रणका निम्ती जिल्लाको बलेवा क्षेत्रमा झनै कडाई थालिएको छ । बागलुङ नगरपालिका अन्तरर्गत बलेवा क्षेत्रमा पर्ने तिनवटा वडामा समुदायस्तरमा नै कोरोना संक्रमणको दर झनै बढ्दै गएपछि यस क्षेत्रमा झनै कडाई गर्न थालिएको हो । प्रशासनले निषेधाज्ञा जारी गरेको २४ दिन भै सक्दा समेत संक्रमितको संख्या घटेका छैनन । कोरोनाका लक्षण देखिएकामा परिक्षण गर्दा ५० प्रतिशतमा कोरोना संक्रमण पुष्टी भएको छ । यसको नियन्त्रणका लागि वडा कार्यालयले बारम्बार टोलटोलमा पुगेर घरमै बस्न आग्रह गर्दा पनि सर्वसाधारणले अटेर गर्न थालेपछि झनै कडाई गर्न थालिएको बागलुङ नगरपालिका–१३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए ।
यस क्षेत्र हुँदै जिल्लाको दक्षिण भेगमा जाने सवारी साधानलाई आउजाउ गर्न दिईको छ भने बलेवा क्षेत्रमा निषेध गरिएको छ । यति गर्दा पनि सवारी साधान हिँडाल्ने र सर्वसाधारणहरु आवतजावत गर्न थाले पछि वडाका जनप्रतिनिधिकै नेतृत्वमा सिमा नाकामा नै स्वयंसेवक खटाएर कडाई गरिएको पौडेलले बताए । वडा प्रवेश गर्ने सडकका नाकामा जनप्रतिनिधिकै नेतृत्वमा स्वयंसेवक खटाईएर अत्यावश्यक काममा बाहेक अन्य कामका लागि आवतजावत र सवारी साधानलाई रोक लगाईएको छ ।
‘यस क्षेत्रमा संक्रमणको दर स्थिति भन्दा बाहिर जान लागेको छ । हामी सडकमै बसेर वडा प्रवेशमा रोक लगाएका छौं वडा अध्यक्ष पौडेलले भने,– ‘अटेर गर्नेलाई सुरक्षाकर्मीको जिम्मा लगाउने समेत गरेका छौं । यसका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले साथ दिएको छ ।’ दिन भरी वलेवा प्रवेश गर्ने नाका पाग्जामा वडा सदस्यको साथमा स्थानियलाई परिचालन गरिएको छ । पैयुँपाटामा मात्र १ सय ८५ जनाको स्वाब परिक्षण गरिएकोमा ७० जनालाई कोरोना पोजेटिभ देखिएको पौडेलले बताए ।
गाउ–गाउँमा कोरोना संक्रमण बढे सँगै एक घरबाट अर्को घरमा जान समेत रोक लगाईएको छ । ‘अहिले टोलटोलमा एक घर देखी अर्को घरमा जानका लागि निषेध गरिएको छ । बानपा- १३ का वडा सदस्य भवानी प्रसाद रिजालले भने,– गाउँमा खेतबारीको काम गर्न समेत एकाघरका मान्छेले मात्रै गर्न भनिएको छ । आलोपालो अर्मपर्म गर्न समेत रोक लगाईएको छ । वडाभित्रको अवस्था भयाबह भएको भन्दै वडाले सिमानाका सडकमै बसेर सवारीको आवगमन रोक्न थालेको हो ।
जिल्लाभर निशेधाज्ञा हुँदा खाद्यान्न, दुध, तरकारी र निर्माण सामग्रीको बहानामा सवारी चलेको पाईएपछि कडाई थालिएको रिजालले बताए ।
रिजालले सिमा नाकामा बसेर जिल्लाको दक्षिण क्षेत्रका लागि जाने सवारी साधनलाई रोकेर बलेवा क्षेत्रमा कुनै पनि स्थानमा नरोकी जानका लागि आग्रह गरिएको बताए । उनले वडा भित्र संचालन भएका पसलहरु पुर्ण रुपमा बन्द गरिएको र कुनै बाहनामा खोल्ने र संचालन गर्नेलाई कारबाही गर्ने समेत बताए । ‘हामी वडाका सवै आवश्यकताका बारमो जानकारी छौं वडा सदस्य रिजालले भने, यदि कुनै बाहनामा पसल खोल्ने भिडभाड गर्ने गरेको थाहा पाएमा वडा बाट पाउने सुविधा नै रोक्नका लागि पछि पर्दैनौं । ’
वडा कार्यालयले संक्रमितको घरघरमा गएर सचेतनका कार्यक्रम संचालन गर्नुका साथै यदि कोरोनाका लक्षण देखिएमा तत्काल जाँच गर्नका निम्ती समेत आग्रह गरेको छ । पछिल्लो समयमा जिल्लाको ग्रामिण भेगमा कोरोनाको प्रकोप बढ्को हुँदा अन्य ठाउँमा पनि यसरी नै कडाई गरेमा स्थिति नियन्त्रणमा आउने सरोकारवाला बताउँछन । त्यसका लागि स्थानिय जनप्रतिनिधि नै सक्रिय भै स्थानिय रुपमा स्वयं सेवक परिचालन गर्नुपर्ने छ । जिल्लामा कोरोनाको संक्रमण दर नघटेको र जोखिमलाई कम गर्नका निम्ती आगामी जेठ १५ गते सम्म निषेधाज्ञा जारी गरिएको छ ।
दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका
बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...
Read more
यो बिषयमा तपाईको प्रतिकृया