ताराखोला र गलकोटमा कोरोना नियन्त्रणका लागि अभिमुखीकरण

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता
ताराखोला र गलकोटमा कोरोना नियन्त्रणका लागि अभिमुखीकरण

कोरोना महामारी नियन्त्रणका लागि कन्ट्याक ट्रेसिङलाई प्रभावकारी बनाउनका लागि गलकोट र ताराखोलाका स्वास्थ्यकर्मी, प्रमुख प्रसाकिय अधियकृत र जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ । स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा गलकोट र ताराखोलामा उक्त अभिमुखीकरण सम्पन्न गरिएको हो ।

पछिल्लो समयमा निकै महामारीको रुपमा फैलिएको कोरोनाको महामारी नियन्त्रणका लागि कन्ट्याक ट्रेसिङलाई प्रभावकारी बनाउँदै कोभिड नियन्त्रणका लागि सही कार्ययोजना निर्माणमा सहयोग पु¥याउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरिएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

अभिमुखीकरण तालिममा ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाका स्वास्थ्य संस्थाका प्रमुख, स्वास्थ्य शाखा प्रमुख, प्रमुख प्रशासकिय अधिकृत र जनप्रतिनिधिको सहभागिता थियो । अभिमुखीकरण कार्यक्रममा सहजीकरण गर्दै स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले कोरोना भाईरसको नयाँ भेरियन्ट बढि नै घाटक देखिएकाले नागरिकलाई यसबाट संक्रमित हुनबाट जोगाउनु नै यसबाट बच्ने उपाय भएको बताए । त्यसका लागि सरकारले जारी गरेको स्वास्थ्य मापदण्डहरु कडाईका साथ पालना गर्न जनप्रतिनिध, कर्मचारी तथा स्वास्थ्यकर्मीहरुले सचेतना फैल्याउनुमा भूमिका खेल्नुपर्ने बताए ।

‘अहिले कोरोनाका महामारी निकै खतरनाक रुपमा फैलिरहेको छ,’ उनले भने,‘यसबाट जोगिने मुख्य उपाय भनेको यसको संक्रमणबाट जोगिने नै हो । त्यसका लागि नागरिकलाई सचेत गराउनु जरुरी छ । गाउँमा कोही संक्रमित भएपछि त्यसबाट अरुमा संक्रमण फैलिन नदिनका लागि कन्ट्याक ट्रेसिङमा विशेष ध्यान दिनुपर्छ ।

’ कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौ, राजु खत्री, देवप्रकाश घिमिरेले सहजीकरण गरेका थिए । उक्त अवसरमा ताराखोला गाउँपालिकाले सञ्चालन गरेको कोभिड अस्पतालको पनि अनुगमन गरिएको छ । ताराखोला गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले होम आईसोलेसनमा बसेका संक्रमितहरुलाई पनि दैनिक फोन गरेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने गरेको पाईएको छ । त्यसका लागि गाउँपालिकाले स्वास्थ्यकर्मीलाई सञ्चार खर्च सहयोग गर्ने गरेको छ ।

कार्यक्रममा तारोखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले आफ्नो पालिका भित्रको आन्तरिक संक्रमणलाई जतिसक्दो चाँडो नियन्त्रण गर्ने प्रतिवद्धता जनाए । बाहिरबाट संक्रमित भएर आउनेहरुको नियन्त्रण गर्न गाह्रो भए पनि पालिका भित्र एकबाट अर्कोमा सर्ने समस्या निन्त्रणका लागि गाउँपालिकाले सक्रियता पूर्वक काम गरेको उनले जानकारी गराए । गलकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद शर्माले कोरोना नियन्त्रणका लागि पालिकाको तर्फबाट सबै खालका प्रयासहरु गर्ने प्रतिवद्धता जनाए ।

गलकोटमा ९ जना स्वास्थ्यकर्मी र ताराखोलामा ७ जना स्वास्थ्यकर्मीहरुको सहभागिता थियो । कोरोना नियन्त्रणका लागि प्रभावकारी कार्ययोजना सहित कन्ट्याक टे«सिङलाई प्रभावकारी बनाउनका लागि जिल्लाका सबै पालिकामा अभिमुखीकरण कार्यक्रम गर्ने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal