जिल्लाका ९ स्थानीय तह कोरोना नियन्त्रणका लागि लागिरहँदा बागलुङको ढोरपाटन नगरपालिकाले भने कोरोना नियन्त्रणमा उदासिनता देखाएको छ । ढोरपाटन नगरपालिकामा दोस्रो लहरको कोरोना रकेटको गतिमा बढिरहे पनि ढोरपाटन नगरपालिका भने कोरोनालाई सामान्य रुपमा लिईरहेको छ । नगरपालिका हाल ६ कोरोना संक्रमित रहेका छन् । दोस्रो लहरको कोरोना स्वास्थ्य मन्त्रालय लगायत स्वास्थ्य कार्यालय बागलुङले पनि तीब्र संक्रमण हुने भाईरस र जटिल किसिमको संक्रमणको छ भन्ने कुरालाई प्रस्ट पारिरहँदा नगरपालिमा न त पिसिआर जाँच नै भैरहेको छ न त कन्ट्याक ट्रेसिङ नै भैरहेको छ ।
उल्टो पत्रकारले कोरोनाको जोखिम उच्च रहेका र कन्ट्याक्ट ट्रेसिङ र पिसिआरको बारेमा जनतालाई जानाकारी दिनको लागि नगरपालिकाका प्रमुख देव कुमार नेपालीलाई सम्पर्क गर्दा पत्रकारलाई नै सूचना नै दिन्न भन्दै जनताको सूचना पाउने अधिकारलाई खुल्ला रुपमा चूनौती दिएका छन् । कोरोनाकाकै जस्तै लक्षण देखिएका जटिल समस्या भएका बिरामीहरु छट्पटाउँदै धौलागिरि अस्पताल आउने गरेका छन् । केहि दिन अगाडि कोरोनाको जस्तै लक्षण भएका जिल्लाको ढोरपाटन नगरपालिका–४ की ६६ वर्षीया महिलाको धौलागिरि अस्पतालमा मृत्यु भएको छ ।
तर, ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीले नगरपालिकामा कोरोना संक्रमित नै नभएको टिप्पणी गरे । उनले भने ‘हाम्रो नगरपालिकामा कोरोनाको केहि छैन अझैसम्म ।’ कन्ट्याक्ट ट्रेसिङ र पिसिआरको अवस्था बारेमा सोध्दा ढोरपाटन नगरपालिकाकाउनले भने ‘त्यो कुरा तपाईलाई किन चाहियो ? तपाई त्यहाँ फोनमा कुरा कुरेर समाचार नबनाउनुहोस्, यहाँ आउनुस अनि हेरेर समाचार बनाउनुस हामी के गरिराछौं भनेर । तपाईलाई म केहि पनि दिन्न, दिनै मिल्दैन ।’ भन्ने जवाफ दिए ।
नगरपालिकामा कोरोनाका लक्षण देखिएकी स्वयं नगर उप–प्रमुखको पनि पिसिआर हालसम्म गरिएको छैन । यता, ढोरपाटन नगरपालिकाका स्वाव संकलन भने नगरिने रहेछ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम शर्मा भन्छन ‘हामीले यहाँ स्वाव संकलन गरिएको छैन । हामीले शंका लागेका व्यक्तीमा स्वयंम ब्यक्तीलाई नै बागलुङ नै पठाएका छौं पिसिआर परिक्षणका लागि । गाउँमा शंकास्पद खोज्ने काम चाँही गरिएको छैन ।’
किन खोजिएको छैन भन्ने प्रश्नमा उनले भने,‘केही दिन अगाडि कार्यपालिकाको बैठकले खोजी नगर्ने निर्णय भएकोले खोजी गरिएको छैन । ’ढोरपाटन नगरपालिकामा रोग नियन्त्रण गर्ने भन्दा जनप्रतिनिधिबाटै रोग लुकाउन खोज्ने प्रवृत्तिले ढोरपाटन नगरपालिकामा कोरोनाको भयावह हुने जोखिम देखिन्छ ।
यो बिषयमा तपाईको प्रतिकृया