वैशाख महिना विवाह, व्रतबन्ध लगायतका संस्कारजन्य कार्य बढि हुने महिना । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गर्दै विवाह र भोज दैनिक जसो भइरहँदा जिल्लामा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ । संक्रमणको दर बढ्दै गएसँगै जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिसमा प्रशासनले चरणवद्ध रुपमा सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरेको छ । बजार क्षेत्रमा निषेधाज्ञाको केही प्रभाव परे पनि ग्रामिण क्षेत्रमा यसको खासै प्रभाव परेको देखिदैन । निषेधाज्ञा जारी भएको समयमा प्रशासनले हिँड्डुल गर्न नपाईने धेरै भीडभाड गर्न नपाईने भनि आदेश गरेको छ । तर ग्रामिण क्षेत्रमा यसको कुनै प्रवाह नगरी विवाह, व्रतबन्ध लगायतका संस्कारजन्य कार्य र भोज भतेरका कार्यक्रम भैरहेका छन । यीनै विवाह भोज भतेर अहिले कोरोना संक्रमणको ‘हटस्पट’ भै रहेका छन ।
वैशाखको पहिलो साता बागलुङ नगरपालिका–१४ नारायणस्थानमा एकै गाउँमा ३९ जनामा कोरोना संक्रमण देखियो । वैशाख ७ गतेदेखि बलेवा क्षेत्र अर्थात बागलुङ नगरपालिका वडा नं. १२, १३ र १४ मा प्रशासनले निषेधाज्ञा जारी ग¥यो । निषेधाज्ञा जारी गरिए पनि यस क्षेत्रमा विवाह, व्रतबन्ध चौरासी पुजा लगायतका संस्कारजन्य उत्सव र भोज भतेरका कार्यक्रम चलिरहे । मानिसहरुको भीडभाड, जमघट र बाक्लो उपस्थिति रहिरह्यो । यीनै विवाह ब्रतबन्ध लगायतका कार्यबाट यस क्षेत्रमा कोरोना संक्रमणको दर बढ्दै गयो अहिले नियन्त्रणका लागि समस्या भैरहेको छ ।
‘वैशाख लागेपछि मात्र बलेवा क्षेत्रमा एक दर्जन जति विवाह, ब्रतबन्ध चौरासी पूजा लगायतका कार्यहरु भए । नारायणस्थानमा एकै पटक धेरैमा कोरोना संक्रमण देखिएपछि अलि सचेत बनौं भिडभाड कम गरौं भनेरे वडा कार्यालयले बारम्बार भन्दै आएको थियो । बागलुङ नगरपालिका–१३ पैयुँपाटाका वडा अध्यक्ष नारायण शर्मा पौडेलले भने,–‘प्रशासनले निषेधाज्ञा जारी गरेको क्षेत्रमा स्थानीयले न्यूनतम स्वास्थ्यका मापदण्ड पनि लागु गरेनन् । संस्कारजन्य कार्य नगर पनि भन्न मिलेन, यसलै झनै जोखिम निम्तायो ।
अहिले बस्ती बस्तीमा कोरोना संक्रमण बढ्दै गएको छ ।’ यस क्षेत्रमा काठमाडौं लगायत जिल्ला बाहिर बस नै रिजर्भ गरेर जन्ती जाने घरमा महिलाहरुको बाक्लो उपस्थितिमा स्वास्थ्यका मापदण्ड पालन नगरी रत्यौली खेल्नेका साथै भोज भतेरमा सहभागी हुने हुँदा झनै संक्रमणको दर बढेको स्थानीयको भनाई छ । यीनै विवाह र संस्कारजन्य कार्यमा सहभागी अधिकाशंलाई नै अहिले कोरोना संक्रमण देखिएको छ । संक्रमण दर बढ्दै गएपछि बल्ल स्थानीयहरुमा चेत खुलेको वडा अध्यक्ष पौडेलले बताउँछन ।
जाँच गरेका ५० प्रतिशतमा कोरोना पोजेटिभ
बलेवा क्षेत्र अहिले कोरोनाको ‘हटस्पट’ कै रुपमा रहेको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत डिल्ली प्रसाद आचार्य बताउँछन् । ‘प्रशासनले जारी गरेको निषेधाज्ञा यस क्षेत्रका सर्वसाधारणले अटेर गर्नुको परिणाम अहिले देखिएको छ । आचार्यले भने,–‘न्युनतम स्वास्थ्यका मापदण्ड पालना नगर्नु र प्रशासनको अनुरोधलाई अवज्ञा गर्नाले अहिले टोलटोलमा संक्रमण दर बढेको छ ।’ नगरपालिकाले अमलाचौर पैयुँपाटामा मात्र शंकास्पद तथा लक्षण देखिएको ७९ जनाको स्वाब संकलन गरेका थियो ।
तीमध्ये झण्डै ५० प्रतिशत अर्थात ३९ जनामा कोरोना संक्रमण देखिएको सिअहेब आचार्यले बताए । यस क्षेत्रमा संक्रमणको दर बढ्दै गएको र लक्षण देखिनेको संख्या पनि बढ्दै गएको हुँदा नगरपालिकाले शनिबार थप एक सय ११ जनाको स्वाब संकलन गरेको छ । जसमा पैयुँपाटाबाट ८२ जना र अमलाचौरमा ३१ जनाको स्वाब संकलन गरिएको छ । त्यसको रिर्पोट भने आउँन बाँकी रहेको आचार्यले बताए । यस्तो समस्या बागलुङ नगरपालिकामा मात्र नभएर जिल्लाको गलकोट नगरपालिका बडिगाड गाउँपालिका काठेखोला गाउँपालिका लगायतका स्थानीय तहहरुमा पनि रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताउँछन् ।
शुक्रबार मात्रै जिल्लाको बडिगाडमा विवाह समारोहमा सरिक भएका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गाउँका २९ जनाको स्वाब परीक्षण गरिएकोमा बडिगाड गाउँपालिका वडा नम्बर ४ जलजलाका २५ जनामा कोराना संक्रमण पुष्टि भएको थियो । विवाहमा सहभागी ८७ वर्षीय वृद्धाको बिहीबार धौलागिरि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनमा पहिलेदेखि नै दमको समेत समस्या थियो । त्यसैगरी काठेखोला गाउँपालिका–८ लेखानीमा पनि चौरासी पुजामा सहभागी ८ जना एकै गाउँकालाई कारोना संक्रमण पुष्टी भएको घिमिरेले बताए ।
‘संक्रमण फैलिनुमा नागरिकको लापरवाही र त्यसमा पनि अटेर गरेर आयोजना गरिने विवाह ब्रतवन्ध लगायतका संस्कारजन्य कार्य मुख्य छन । घिमिरेले भने,–निषेधाज्ञा छ, भिडभाड नगरौं, विवाह दुबै पट्टीका ७ ÷७ जना मात्रै सहभागी हुने भनेर निर्देशन समेत गरेका छौ तर अझै पनि २÷३ वटा बस जीप लिएर बाजा गाजा सहित जन्ती लिएर विवाह गर्न छोडेका छैनन् ।’ यसले झनै संक्रमणको दर बढ्दै गएको छ ।
प्रशासनको निर्देशन पालन नगर्नेलाई कारबाही
पटक पटक अनुरोध गर्दा समेत बेवास्ता गरे प्रशासनले गत हप्ता बलेवा बाटै जन्ती बोकेको बस मालढुङ्गाबाट फर्काएको थियो भने बुधवार प्रहरीले काठेखोला गाउँपालिका—१ खहरेका ३ वटा गाडीमा जन्त हिँडेकालाई दुई वटा गाडी नियन्त्रण सहित जरिवाना समेत गरिएको थियो । प्रशासन र सम्बन्धित स्थानीय तहको निर्देशन विपरित गाउँमा बढी भीडभाड हुने र अन्य लापरवाही सहित सार्वजनिक क्रियाकलाप गर्नेलाई प्रशासनले कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकिय अधिकृत गणेश गौतमले बताए ।
‘प्रशासनले पटक–पटक आग्रह गरेको छ । प्रशासनको आग्रह लत्याएर नियम उल्लङ्घन गर्नेलाई हामी कारबाही गछौं । गौतमले भने,–‘यस्तो संवेदनशील विषयमा जनप्रतिनिधि र स्थानीय सरोकारवाला निकायले सचेत गराउनुपर्ने हो । आम सर्वसाधारण नै सचेत र सजग हुन जरुर छ । गौतमले यस्तो संकटको बेलामा प्रशासनको नियमको उल्लङ्घन गरेमा संक्रमण रोग ऐन २०२० अनुसार कारबाही हुने उनले बताए । प्रशासनले निषेधाज्ञाको समयमा शनिबार बागलुङ बजार क्षेत्रमा विना काम हिँड्डुल गर्ने २८ जना सर्वसाधारणलाई नियन्त्रणमा लिई कारबाही गरेको थियो ।
दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका
बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...
Read more
यो बिषयमा तपाईको प्रतिकृया