गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजिनामा दिएका छन् । गुरुङले प्रदेश प्रमुख सिता कुमारी पौडेल समक्ष राजीनामा बुझाएका छन् । उनले आफु बिरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्तावको मतदान गर्नुको अघिल्लो दिनमै राजिनामा दिएका छन ।
नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम आफुले दिएको राजिनामा आईतवार दिउसो प्रदेश प्रमुखलार्ई बुझाएका हुन् ।
प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री गुरुङको राजिनामा स्विकार गरी अर्काे मन्त्रीपरिषद गठन नभएसम्म नेपालको संविधानको धारा १६९ को उपधारा (३) मौजुदा मन्त्रीपरिषदलाई नै कार्य जिम्मेवारी तोकेकी छिन् ।
साथै, प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम ३ दिनभित्र नयाँ सरकार गठनका लागि आब्हान गरेकी छिन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी प्रसाद अर्यालले सोको जानकारी दिए ।
धारा १६८ (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
गण्डकी प्रदेशसभामा मुख्यमन्त्री गुरुङका विरुद्ध विपक्षले राखेको अविश्वासको प्रस्तावमा भोलि नै मतदान गर्ने कार्यसूची थियो ।
यो बिषयमा तपाईको प्रतिकृया