शनिबार मे १ तारिक अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस । विश्वभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ । सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन सबै मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । तर, गुणस्तरीय जीवन बिताउन आफ्ना सुविधामा थप तथा आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विश्वभर विभिन्न कार्यक्रम गरी मनाइन्छ ।
विश्वभर बिभिन्न कार्याक्रम गरी श्रमिक दिवस मनाइरहँदा कालीगण्डकी नदीमा काम गर्ने श्रमिकहरुलाई श्रमिकका नाराहरुले कहिल्यै काम गरेन । श्रमिक दिवसका नाममा लगाइने नारा केवल नारामै मात्र सीमित भए । कालीगण्डकी किनारमा काम गरिरहेका मजदुरहरु भने बालुवा चाल्न, बालुवा ट्रयाक्टरमा राख्न, ढुङ्गा फोडेर गिट्टी बनाउनमै मात्र व्यस्त छन् । उनीहरुलाई श्रमिक दिवस के होे भन्ने कुरा पनि थाहा छैन । हप्ता दिन दुःख गरेर एक ट्रिप बालुवा बनाउने श्रमिकले गरेको आधा दुःख ठेकेदारले लैजाने गरेको श्रमिकको गुनासो छ ।
श्रमिकले हप्ता दिन गरेको दुःख गरेर कमाएको रकम पनि ठेकेदारले टेन्डर हालेको भन्दै आधा रकम लैजाने गरेको श्रमिकले बताए । गम्भीर रोग लाग्यो भने उसले उपचार गर्न भएको जायजेथा बेच्दा पनि जीवन नबाँच्ने अवस्था आउनेमा मजदुर चिन्तित छन् । कालीगण्डकी किनारमा बालुवा चालिरहेका बलबहादुर नेपाली भन्छन् ‘दिनभर काम गर्ने हो त्यही खाने हो । हामीहरुसंग मास्क किन्ने पैसा पनि छैन । हप्ता दिन गरेर दुई हजार कमाउँछौं तर टेन्डर भनेर ठेकेदारले आधा रकम लैजान्छ हामीहरुलाई न त नगरपालिका न त सरकारले नै हेरेको छ ।’
विश्वभर फैलिरहेको कोरोनाका कारण सबै क्षेत्रमा प्रभाव परे पनि विशेष गरी दिनभर काम गरेर बिहान बेलुका हात मुख जोर्ने श्रमिकहरुलाई धेरै प्रभाव परेको छ । खासगरी श्रमिकहरुलाई रोग भन्दा भोकले मरिन्छ कि भन्ने मात्र पिर छ । आफूसंग कोरोनाबाट बच्नका लागि मास्क तथा स्यानिटाइजर किन्ने पैैसा नभएको उनीहरु बताउँछन् । कालीगण्डकी नदीमा काम गरिहेकी प्रितिमाया भन्छिन् ‘ढुङ्गा बोक्ने बालुवा बोक्ने काम गर्छु्, दिनभरको दुःखले शरीरका छाला खुइलिन्छ, बिहान बेलुका काम नगरे भोकै भइन्छ, जनतन काम गर्छु, दिनभरि कमाएको पैसाले छाक टार्नै गाह्रो छ मास्क र सेनिटाइजर कहाँबाट किन्नु ?’
राजधानी लगायत देशको प्रमुख सहरमा निषेधाज्ञा जारी भैसकेको अवस्थामा बागलुङ जिल्लामा समेत कोरोनाको प्रभाव बढेसंगै लकडाउन हुने सम्भावना रहेको छ । अब भएको रोजगारी गुमेपछि गाउँमा फर्कन बाध्य हुने अवस्था आउन सक्नेमा उनीहरु त्रसित देखिन्छन् । विश्वमा मजदुर आन्दोलनले धेरै फड्को मारिसकेको छ । तर, नेपालका मजदुरले अहिले खान पुग्ने गरी तलब हैन आफूले दिनभरि काम गरेको ज्याला चाहियो भनेर आन्दोलन गर्नुपर्ने अवस्था रहिरहेको छ । मजदुरमाथि अझै पनि शोषण भइरहेको छ ।
कालीगण्डकी किनारमा गिट्टी बालुवा निकाल्दै मजदुर ।
दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका
बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...
Read more
यो बिषयमा तपाईको प्रतिकृया