बागलुङमा खोप लगाए दुई जना सहित थप १५ जनामा कोरोना संक्रमण

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता
बागलुङमा खोप लगाए दुई जना सहित थप १५ जनामा कोरोना संक्रमण

बागलुङ– जिल्लामा कोरोना भाईरस (कोभिड–१९) विरुद्धको खोप (कोभिड सिल) लगाएका दुई जनामा कोरोना संक्रमण देखिएको छ । पहिलो चरण र दोस्रो चरणको दुबै खोप लगाएका जिल्लाको बागलुङ नगरपालिकाका दुई स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । संक्रमित मध्ये २३ र २६ वर्षका महिला रहेका छन । दुबै स्वास्थ्यकर्मी धौलागिरी अस्पतालको आईशोलेशनमा काम गर्ने रहेको घिमिरेले जानकारी दिए ।
मंगलबार नै जिल्लामा अन्य १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ति मध्ये ४ जना जिल्ला प्रहरी कार्यालय बागलुङको हिरासतमा रहेका बन्दी रहेको छन ।
त्यसैगरी काठेखोला गाउँपालिका– ८ का एक जनामा एन्टिजेन्ट परिक्षण गर्दा पोजेटिभ देखिएको छ भने बाँकी अन्य विद्यालयका शिक्षक, खेलाडी,र व्यवसायी रहेका छन । मंगलबार संक्रमित मध्ये ६ जना महिला रहेका छन भने अन्य पुरुष रहेका छन ।
संक्रमितहरुको ठेगाना अन्यत्र भए पनि सदरमुकाममा बस्दै आएकाहरु बढि भएको घिमिरेले जानकारी दिए । उनीहरुमध्ये अहिलेसम्म ताराखोला कोभिड अस्पतालमा १ जना, काठेखोला गाउँपालिकाको आईशोलेशनमा १ जना, धौलागिरि अस्पतालमा ३ जना गरी ५ जना आइसोलेसनमा छन् । बाँकी सबै होम आईशोलेनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समय संक्रमितको संख्या बढेपछि जोखिम बढेको छ ।
सहरी क्षेत्रमा लकडाउनको अबस्था आएपनि बागलुङमा भने बिद्यालय मात्रै बन्द छन् । यातायात, बैंक तथा वित्तिय संस्था र बजार खुलेका कारण बागलुङ बजारमा भिडभाड भने हटेको छैन । प्रशासनले स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेपनि केही व्यक्तिहरु खुलेयाम हिँडिरेका कारण झनै जोखिमको खतरा बढेको व्यवसायी गणेश लम्साल बताउँछन । जिल्लाका अन्य स्थानिय तहले पनि अर्को सूचना जारी नहुने बेला सम्मका लागि विद्यालयहरु बन्द गर्ने घोषणा गरेका छन । मंगलबार ढोरपाटन नगरपालिका, बरेङ गाउँपालिका र बडिगाड गाउँपालिकाले विद्यालय बन्दको घोषणा गरेका छन । यस अघि जिल्लाको जैमिनी नगरपालिका र बागलुङ नगरपालिकाले पनि विद्यालय बन्द गर्ने निर्णय गरेका थिए ।
दैनिक रूपमा कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै समुदायमा कोरोना नफैलियोस र आम नागरिक घरमै सुरक्षित रहन हरेक स्थानिय तहले आग्रह गरेका छन । समुदायमा अनावश्यक भिडभाड नगर्ने, घर बाहिर निस्किदा माक्सको प्रयोग गर्ने,सामाजिक दुरी कायम गरी व्यावसाय गर्न हरेक स्थानिय तहले आग्रह गरेका छन ।
जिल्लामा हाल सम्म १ हजार १ सय ५० जना कोरोना संक्रमण भएका छन । उनिहरु मध्ये १ हजार ५१ जना निको भएर घर फकिएको छन भने हाल ८४ जना आईशोलेशनमा रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । जिल्लामा कोरोना कै कारण हाल सम्म ११ जनाको मृत्यु भएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal