बागलुङको एक सहकारीमा काम गर्ने एक कर्मचारीले कोरोना विमामार्फत पाएको रकम सामाजिक क्षेत्रमा सहयोग गरेका छन् । बागलुङको सिवाइसी बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले कोरोना विमामार्फत पाएको रकम मध्ये २५ हजार जिल्लाको जैमिनि नगरपालिका २ को जैमिनी संस्कृत आधारभूत पाठशालालाई सहयोग गरेका हुन ।
पाठशालामा आयोजित कार्यक्रममा सहयोग रकमको २५ हजार वराबराको चेक न्यौपाने र सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले पाठशाला व्यवस्थापन समितिका अध्यक्ष टंकप्रसाद सापकोटा र पाठशालाका प्रअ दिपक न्यौपानेलाई हस्तान्तरण गरे । सो अवसरमा बोल्दै सिवाईसी बचत तथा ऋण सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले नेपाली भाषाको जननीका रूपमा संस्कृतलाई लिने गरिएकोले संस्कृत भाषाको संरक्षण गर्नुपर्ने बताए ।
संस्कृत पाठशाला अनुशासित विद्यार्थी उत्पादन गर्ने केन्द्र भए पनि संस्कृत शिक्षाप्रति आकर्षण कम हुनु दुखद पक्ष भएको बताए । सहयोग रकम संस्थागत गर्न सघाउने उद्देश्यले पौडेलले सहकारीमा शेयर सदस्य बन्नको लागि नगद ४ हजार सहयोग हस्तान्तरण गरे । सहयोग दाता न्यौपानेले कोभिड विमा मार्फत प्राप्त गरेको रकम कोरोना बाट प्रभावित क्षेत्रलाई सहयोग गर्ने उदेश्यले पाठशालामा सहयोग गरेको उल्लेख गरे ।
देशका विभिन्न जिल्लाका २३ जना विद्यार्थीले आवासीय सुविधा सहित अध्ययन गर्ने विद्यालयमा अक्षयकोष निर्माणमा सघाउने उद्देश्यले सहयोग गरेको बताए । संस्कृत भाषाको संरक्षण र होस् भन्ने उद्देश्यले आफूले सहयोग गरेको न्यौपानेले बताए । न्यौपानेले गरेको सहयोग रकमबाट पाठशालामा अक्षयकोष निर्माण गर्ने पाठशाला व्यवस्थापन समतिका अध्यक्ष टंकप्रसाद सापकोटाले बताए ।
विभिन्न दाताहरुको सहयोगकै भरमा पाठशाला सञ्चालन भैरहेकोले सहयोगलाई संस्थागत र दिगो बनाउन अक्षयकोष निर्माण गर्ने सापकोटाले बताए । कार्यक्रम पाठशाला व्यवस्थापन समितिका अध्यक्ष सापकोटाको अध्यक्षता पाठशालाका प्रअ दिपक न्यौपानेको स्वागत र पाठशालाका संस्थापक कृष्णप्रसाद रिजालको सञ्चालनमा सम्पन्न भएको थियो ।
यो बिषयमा तपाईको प्रतिकृया