प्रगतिशील पत्रकार संघद्वारा महासंघको नयाँ निर्वाचित समितिलाई सम्मान

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता
प्रगतिशील पत्रकार संघद्वारा महासंघको नयाँ निर्वाचित समितिलाई सम्मान

प्रगतिशील पत्रकार संघ बागलुङले नेपाल पत्रकार महासंघमा जिल्ला, प्रदेश र केन्द्रमा निर्वाचित भएका पत्रकारहरुलाई सम्मान गरेको छ । संघले शनिबार जिल्लामा एक कार्यक्रमको आयोजना गरी बधाइ तथा सम्मान गरेको हो ।

कार्यक्रममा बोल्र्दै राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले मुलुक परिवर्तनका लागि पत्रकारको महत्वपूर्ण भूमिका रहेको बताए । थापाले मुलुकमा हुने हरेक गतिविधिलाई जनता सामु पु¥याउने पत्रकारले निकै मेहनत गर्ने गरेको र बाधा व्यवधान मोल्नु परेको भन्दै पत्रकारिता क्षेत्र जोखिमपूर्ण भएको बताए । उनले कलमको माध्यमबाट हरेक क्षेत्रको परिवर्तनका लागि पत्रकारले मुख्य भूमिका निर्वाह गर्ने बताए ।

यो क्षेत्र जो कोहीले गर्न नसक्ने क्षेत्र हो थापाले भने, पत्रकारिता गर्न हिम्मत र साहस गर्नुपर्छ । यस क्षेत्रमा जस्तोसुकै समस्या पनि आउन सक्छ त्यसको सामनाका लागि तयार हुन जरुर रहेको छ । थापाले पत्रकार जहिले पनि स्वतन्त्रता र लोकतन्त्रको पक्षमा हुनु पर्नेमा जोड दिए ।

अबको पत्रकारिता अझ सशक्त र प्रभावकारी बन्नुपर्ने भन्दै अध्यक्ष थापाले बजार केन्द्रित नभई दूरदराजमा पुगेर त्यहाँको गतिविधिलाई बाहिर ल्याउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका नवनिर्वाचित अध्यक्ष नरेश कँडेल, पूर्व अध्यक्ष हरिनारायण गौतम, प्रेस चौतारी नेपाल बागलुङका अध्यक्ष उमकान्त शर्मा, नेपाल प्रेस युनियन बागलुङका उपाध्यक्ष सुवास आचार्य, प्रेस चौतारीका अध्यक्ष तारानाथ आचार्य, प्रेस संगठन नेपालका उपाध्यक्ष सरिता खत्री लगायतले बोलेका थिए ।

कार्यक्रममा नव निर्वाचित जिल्ला पदाधिकारी तथा सदस्य, प्रदेश सदस्य, प्रदेश परिषद सदस्य र केन्द्रीय परिषद सदस्यलाई सम्मान गरिएको थियो । निवर्तमान अध्यक्ष र पूर्व अध्यक्षहरुलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
प्रगतिशील पत्रकार संघ बागलुङका अध्यक्ष रामनारायण सुवेदीको अध्यक्षता, उपाध्यक्ष लोकेन्द्र सुनारको स्वागत र सचिव विजय रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal