नेपाल महिला संघ बागलुङले आफ्नो संगठन विस्तार र सुदृढीकरणको अभियानलाई तीव पारेको छ । संघले शनिबार जिल्लाको बरेङ गाउँपालिकामा गाउँपालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्दै पूर्व राज्यमन्त्री चम्पादेवी खड्काले महिलाको नेतृत्व विकासका निम्ति संघले सञ्चालन गरेको अभियानले थप सार्थकता पाएको बताइन् । उनले हरेक क्षेत्रका महिलालाई अग्रसर बनाउने र नेतृत्व प्रदान गर्ने संगठन भनेकै नेपाल महिला संघ भएको हुँदा सबै महिलाहरु गोलबद्ध भएर महिला संघमा आबद्ध हुन आग्रह गरिन् ।
संविधान सभा सदस्य समेत रहेकी खड्काले महिलाका हक र अधिकार संविधानमा नै सुनिश्चित भएको हुँदा आफ्ना हक अधिकारका लागि चुलो चौका छाडेर अगाडि बढ्नुपर्ने बताइन् ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य कल्पना हमाल पाठक, नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ (ख) का सभापति नारायण शर्मा पौडेल, काँग्रेसका महाधिवेशन प्रतिनिधि एवं शिक्षक संघ बागलुङका जिल्ला अध्यक्ष उमाकान्त पौडेल, नेपाली काँग्रेस बरेङ गाउँपालिकाका सभापति तुलसीराम पौडेल, शिक्षक संघका जिल्ला सह–सचिव मदन बहादुर कार्की, बरेङ गाउँपालिका वडा नं. ५ सुखौराका वडा अध्यक्ष अमर शेरपुजा, नेपाल महिला संघका जिल्ला सदस्य पार्वती शर्मा, काँग्रेसका क्षेत्रीय सदस्य पुरन पौडेल, शिक्षक संघका सल्लाहकार पूर्ण न्यौपाने, शिक्षक संघ बरेङ गाउँपालिकाका संयोजक प्रेम खत्री ज्ञानोदय आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक केयरसिंह थापा, नेपाल तरुण दल बरेङ गाउँपालिकाका अध्यक्ष समिर थापा, स्थानीय महिला नेतृ देवकला सापकोटा लगायतले बोलेका थिए ।
कार्यक्रम नेपाल महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्माको अध्यक्षता सचिव भगवती केसीको स्वागत र सचिव उषा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
भेलाले राधिका पौडेलको अध्यक्षतमा २१ सदस्यीय नेपाल महिला संघ बरेङ गाउँपालिका गठन गरेको छ । समितिको उपाध्यक्षमा तिर्सना थापा, हिरा थापा, सचिवमा थममाया थापा, पार्वती न्यौपाने सह–सचिवमा चन्द्रकला शर्मा र कोषाध्यक्षमा संगिता थापा रहेका छन् ।
समितिका सदस्यहरुमा सीता शर्मा, सरस्वती आचार्य, सुमन थापा, दिलमाया परियार, राजकुमारी खत्री, गंगा थापा विक, मिना क्षेत्री, आशा खत्री, रिमा भण्डारी र लक्ष्मी बोहोरा रहेका छन् । बाँकी सदस्य कार्यसमितिले पुनः मनोनित गर्ने नेपाल महिला संघका अध्यक्ष शकुन्तला शर्माले जानकारी दिइन् ।
महिला संघले आफ्नो सङ्गठन विस्तार र सुदृढीकरणका लागि हरेक स्थानीय तहमा भेला तथा प्रशिक्षणका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । पछिल्लो समयमा जिल्लामा महिला संघ, तरुणदल र नेविसंघका अभियानले काँग्रेस चलायमान भएको कार्यकर्ताहरु बताउँछन् ।
यो बिषयमा तपाईको प्रतिकृया