बागलुङ नगरपालिका – २ लोकतान्त्रिक चोकमा आगलागी हुदा एक घरमा क्षति पुगेको छ ।
बागलुङ सदरमुकाममा रहेको ब्यबसायी सुन्दर श्रेष्ठको हाड्वेयर पसलमा शुक्रबार बिहान एकाक्सी आगलागी भएको जिल्ला स्थानीय बासिन्दाले बताए ।
पसल रहेको घरमा आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सक्रियता र बागलुङ नगरपालिकाको दमकल बाट आगो नियन्त्रणमा लिने काम भैरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
आगलागी के बाट के कारणले भयो र कति क्षति भएको छ भन्ने कुरा भन्ने कुरा एकिन हुन सकेको छैन । केहि दिन अघि मात्रै बागलुङ नगरपालिका वडा नम्बर ३ गुठीमा रहेको सृजना फर्निचर उद्योगमा आगलागी भएको थियो ।
यो बिषयमा तपाईको प्रतिकृया