गण्डकी प्रदेशमा सरकारको तानातानी

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता
sampadakiye

राजनीतिकर्मीहरु भन्छन्, राजनीतिमा कोही पनि स्थायी शत्रु र स्थायी मित्र हुँदैनन् । यसलाई पछिल्लो समय गण्डकी प्रदेशमा विकास हुँदै गएको राजनीतिक घटनाक्रमले पुष्टि गर्दै लैजान थालेको छ । एमाले र माओवादी केन्द्र एकता भएपछि बनेको डबल नेकपाले पाँच वर्ष कसैले हल्लाउन नसक्ने सरकार चलाइरहेको थियो । तर डबल नेकपा बनेको एक वर्षमै पार्टीभित्र मौलाएको चर्को अन्तरसंघर्षले गर्दा डबल नेकपा विभाजनको संघारमा पुग्यो । यो बीचमा तत्कालीन एमालेका भएका धेरै नेता कार्यकर्ता प्रचण्डको पक्षमा लागे । माओवादी केन्द्रका पनि केही नेता कार्यकर्ता केपी ओलीतर्फ लागे । यही संघर्षबीच आफूलाई सरकारबाट हटाउन चलखेल भएको थाहा पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि डबल नेकपा विभाजनकै अवस्थामा पुग्यो । एकले अर्को पक्षलाई कारबाही गर्ने काम गरे । निर्वाचन आयोगमा आफ्नै आफ्नै आधिकारिकता दाबी गरे । निर्वाचन आयोगले कुन आधिकारिक नभन्दै सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरिदिएपछि आफ्नो पक्षको जीत भएको भन्दै प्रचण्ड माधव नेपालले लड्डु पनि खाए । तर त्यो लड्डु पच्न पाएन ।
त्यसको केही दिनमै सर्वोच्चले अर्को मुद्दामा फैसला गर्दै एमाले र माओवादीको एकतालाई असंवैधानिक बनाइदियो र साविककै पार्टीमा फकाइदियो । एकतापछि पार्टीको नामकरण गर्ने बेला आफ्नो पार्टीको नामसंग जुधाएको भन्दै ऋषि कट्टेलले सर्वोच्चमा दर्ता गरेको मुद्दामा फैसला गर्दै नेकपा पार्टी ऋषि कट्टेलको भएकाले एमाले र माओवादीलाई साविककै पार्टीको रुपमा फकाइदियो । डबल नेकपाभित्रको अन्तरद्वन्द्व चर्किएको बेला संघीय सरकार मात्र नभई प्रदेश सरकारहरुको पनि जग धर्मराएको थियो । प्रदेश १ र बागमतीमा त प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव नै दर्ता भयो । कर्णाली प्रदेशमा पनि सरकारविरुद्ध अविश्वास प्रस्तावको तरबार तेर्सियो । अधिकांश प्रदेश सरकारको जग धर्मराउँदै गर्दा गण्डकी प्रदेश सरकार सबैभन्दा बलियो भएको विश्लेषण हुन्थ्यो । अन्य प्रदेशहरुमा सरकार परिवर्तनको विषय किनारा लाग्दै गर्दा गण्डकी प्रदेशमा अप्रत्यासित रुपमा सरकार परिवर्तनको चलखेल तीब्र रुपमा अगाडि बढ्यो । सबैतिर सरकार परिवर्तनको चर्चा हुँदा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई टेको लगाई दिएको राष्ट्रिय जनमोर्चाले अब एमालेको सरकारलाई समर्थन नगर्ने निर्णय गरेसंगै गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । अदालतले एमाले माओवादी ब्युँताइदिएपछि माओवादीका मन्त्रीहरु सरकारबाट फर्के । त्यस लगत्तै विपक्षमा रहेका नेपाली काँग्रेसले नयाँ सरकार गठनको पहल थाल्यो । गण्डकीमा सरकार परिवर्तनका लागि एमाले बाहेकका सबै दल एक ठाउँमा हुनुपर्ने अवस्था छ । त्यस कारण पनि राष्ट्रिय जनमोर्चा अनिर्णित हुँदासम्म नयाँ सरकार गठनको लागि बहुमत पुग्ने अवस्था थिएन ।
तर नयाँ वर्षकै दिन राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशमा अब एमालेलाई साथ दिन नसक्ने र विपक्षी दलले सुरु गरेको सरकार परिवर्तनको अभियानमा साथ दिने वक्तव्य जारी गरे । यसले पृथ्वीसुब्बा गुरुङको सरकारलाई अप्ठ्यारोमा पारिदिएको छ । सरकार परिवर्तनको अनुकुल मौका मिलेपछि नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाले गण्डकी प्रदेश सभामा सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता समेत गराएका छन् । अहिले सरकारको पक्षमा २७ र विपक्षमा ३१ जना प्रदेश सभा सदस्य पुग्ने अवस्था देखिएको छ । अविश्वासको प्रस्ताव सामना गर्नुपर्ने अवस्था गण्डकी प्रदेश सरकारले रातारात प्रदेश सभा बैठक स्थगित गरेको छ । तर केही समयमै बजेट अधिवेशन बोलाउनुपर्ने भएका कारण त्यति सजिलो छैन । यो बीचमा सरकारका लागि रस्साकस्सी र तानातानी हुने देखिन्छ । जनमोर्चा बाहेकका सबै प्रदेश सभा सदस्यले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका कारण मुख्यमन्त्रीलाई सरकार जोगाइराख्न कठिन देखिन्छ । सरकार परिवर्तन र राजनीतिक तानातानीको खेलले जनताको समस्याहरु भने ओझेलमा पर्ने देखिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal