सिवाईसी साकोसको २३ औँ कार्यालय खुर्कोट बगैचामा सुरु

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता
cyc saccos

सिवाईसी वचत तथा ऋण सहकारी संस्था लि. बागलुङको २३ औ कार्यालय तथा २२ औ सदस्य सेवा केन्द्र कुश्मा न.पा. खुर्कोटको बगैचामा आज एक कार्यक्रमका विच समुद्घाटन गरिएको छ । कुश्मा न.पा.–२ खुर्कोटका वडा अध्यक्ष श्री यदुनाथ शर्माले बुधवार एक कार्यक्रमका विच कार्यालय समुद्घाटन गरेका थिए ।

नव बर्षको सन्दर्भ पारेर सिवाईसी साकोसले कुश्मा न.पा. वडा नं १ पाङ वडा नं २ खुर्कोट र जलजला गा.पा. ९ बनौँमा सेवा विस्तार गर्ने लक्ष्य सहित नयाँ सदस्य सेवा केन्द्र सुरुवात गरेको हो । कार्यक्रममा बोल्दै कुश्मा न.पा. बडा नं २ का अध्यक्ष यदुनाथ शर्माले सिवाईसी सासकोसले दुरदराजमा पुगेर कृषि उद्यम गरिरहेका सदस्यहरुको आर्थिक उत्थानमा कार्य गर्ने विश्वास व्यक्त गरे । सिवाईसी सकोस जस्तै वित्तीय कारोबार गर्ने संस्था यस क्षेत्रको अवश्यकता हो भन्दै, पाङ–खुर्कोट–बनौ क्षेत्रका मानिसलाई आर्थिक आयआर्जन र सम्वृद्धिका लागि महत्वपूर्ण बताए ।

कार्यक्रममा खुर्कोट युवा क्लवका अध्यक्ष तिर्थ प्रसाद सुवेदीले सिवाईसी साकोसले अन्य यहाँ भएका सामाजिक संघसंस्थाहरु सँग सहकार्य गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिउ । पाङ कृषि सहकारी संस्था लि.का अध्यक्ष विज्ञान मल्लले सिवाईसी सहकारीको अभियानबाट आफु प्रभावित भएको बताउँदै आगामी दिनमा सहकारीले अन्य सहकारीसँग समन्वय र साझोदारी गर्दै अरुलाई पनि सिकाउँदै अगाडी बढन सकोस भन्दै शुभकामना व्यक्त गरे ।

कार्यक्रममा सिवाईसी साकोसका अध्यक्ष चण्डिप्रसाद शर्माले सहकारीको विगत, वर्तमान र भविष्य योजना सहित सहकारीले हाल दिइरहेको वित्तिय तथा गैरवित्तीय सेवाहरुका बारेमा प्रकाश पारेका थिए । सिवाईसी सकोसको सहायक प्रवन्धक शिवप्रसाद शर्माको संचालन र अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षता भएको कार्यक्रममा सिवाईसी साकोसका सल्लाहकार सिता शर्मा, कुश्मा न.पा. वडा नं २ का कार्यवहाक अध्यक्ष विरेन्द्र रिजाल, कोषाध्यक्ष सिता देवी सापकोटा कंडेल, शेयर सदस्य जयराम सुवेदी लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यस सँगै सिवाईसी साकोसका २२ सदस्य सेवा केन्द्र र २३ बटा कार्यालय पुगेका छन् । सिवाईसी साकोसमा हाल सम्म १७ हजार ५ सय जना शेयर सदस्य आवद्ध रहेर यसका विभिन्न वित्तिय तथा गैरवित्तीय सेवाहरुमा सहभागी भएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal