नयाँ वर्षमा बागलुङ कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो

राजन रेग्मी संवाददाता: राजन रेग्मी
baglung kalika

पोहोर कोरोना बढ्दै गएको भन्दै नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय बागलुङले मठ–मन्दिरमा भेला हुन बन्देज गरेको थियो । यसपालि पनि स्थानीय प्रशासनले ठूलो सङ्ख्यामा मानिस जम्मा नहुने भनए पनि भक्तजनको ठूलो घुइँचो लागेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसलाई लक्षित गरी स्थानीय प्रशासनले मेला महोत्सव गर्न रोक लगाए पनि नयाँ वर्षसंगै चैते दशैं पनि नजिकिएकाले हजारौँको संख्यामा भक्तजनहरुको भिड लागेको हो ।

बागलुङ कालिका मन्दिरमा बुधबार बिहानैदेखि हजारौँको संख्यामा भक्तजनहरुको उपस्थिति रहेको थियो । मन्दिरमा बागलुङबाट मात्र नभई पर्वत, पोखरा, म्याग्दी लगायत देशका अन्य विभिन्न जिल्लाबाट दर्शन गर्नका लागि भक्तजनहरु आएका छन् । त्यति मात्र नभई पछिल्लो समय कालिकाको दर्शनका लागि भारतबाट समेत दर्शनार्थी आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताएका छन् । गण्डकी प्रदेशकै ऐतिहासिक पवित्र धार्मिकस्थलका रुपमा परिचित कालिका मन्दिरमा विशेष गरी बडादशैँं र चैतेदशैँका बेला मेला लाग्ने गरेको छ ।

चैत्राष्टमीलाई लक्ष्य गरी पूजाआजालाई भौतिक दुरी सहितको व्यवस्थापन गरिएको अध्यक्ष खड्काले बताए । करिब पाँच सय वर्ष पुरानो सो मन्दिरमा महाकाली, महालक्ष्मी, महासरस्वती लगायत देवीको पूजा आराधना गर्ने गरिन्छ । चैत्राष्टमीमा विशेषगरी नवरात्रभर बिहान ४ बजेदेखि नै भक्तजन मन्दिरमा लाम लाग्ने गरेका छन् । सो मन्दिरमा पूजाआजा गर्नाले शक्ति प्राप्त हुने र मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । नयाँ वर्ष २०७८ संगै चैत शुक्ल प्रतिपदाको दिनदेखि सुरु हुने यो वर्षको चैत्राष्टमी मेला कोरोना भाइरसको कारणले प्रभावित बन्ने भनिए पनि कोरोनालाई प्रवाह नगरी उल्लेखनीय मात्रामा भक्तजनको उपस्थिति रहेको कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।

baglung kalika

समितिका अध्यक्ष राजु खड्का भन्छन् ‘अघिल्लो सालमा कोरोनाका कारण मन्दिरमा पूजाआजाका कार्य बन्द भए पनि यसपालि भने मुखमा मास्क र स्यानिटाइजर लगाएर देशका विभिन्न ठाउँहरुबाट भक्तजनहरु आउनुभएको छ, बिहानैदेखि आएका भक्तजनहरु लाममा बसेर पूजा गरिराख्नु भएको छ ।’ हजारौं हजार श्रद्धालु भक्तजनहरूको आस्थाको केन्द्रको रूपमा रहेको बागलुङ कालिकामा सरकारले दोस्रो चरणको कोरोना लहर फैलिन सक्ने भन्दै भिडभाड नगर्न निर्देशन दिए पनि भक्तजनहरु यतिबेला कोरोना भाइरसको प्रवाह नगरी मन्दिर दर्शन गर्नका लागि मन्दिरमा पुगेका छन् ।

चैते दशैमा दैनिक रूपमा हजारौंको भक्तजनहरू पूजा अर्चनाको लागि आउनेहरुलाई कालिका भगवती मन्दिरमा यस पटक कोरोनाले केही प्रभाव पारेको छैन । नयाँ वर्ष र चैते दशैँ परेको कारणले कोरोनाको जोखिम मोलेरै भए पनि आफूहरु पूजा गर्नको लागि पर्वतबाट बागलुङ कालिका मन्दिरमा आएको झलक केसी बताउँछन् । उनले भने,‘पहिले सरकारले मन्दिरमा प्रवेश गर्न रोक लगाएका कारण हामी सबै मन्दिरमा प्रवेश गरेका थिएनौँ तर, यसपालि भने मास्क र स्यानिटाइजर लगाएरै भए पनि हामी बागलुङ कालिका मन्दिर दर्शनका लागि आएका छौँ ।’

संसारभर कोरोना भाइरसको जोखिमका कारण बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले यो वर्ष मन्दिरमा पूजा अर्चनाको लागि आउने भक्तजनलाई सामाजिक दुरी कायम राखी मास्क सेनिटाइजर प्रयोग गरेर सुरक्षित रूपमा मन्दिरमा आउन चेतनामूलक सन्देश ठाउँठाउँमा टाँसेर राम्रो काम गरेको दर्शनार्थी बताउँछन् । दर्शनार्थी जुनु केसी भन्छिन् ‘हामी मन्दिर परिसर भित्र प्रवेश गर्नै लाग्दा सामाजिक दुरी कायम गर्न, मास्क र स्यानिटाइजर अनिवार्य रुपमा प्रयोग गर्न आग्रह गरेको चेतनामूलक सन्देश टाँसिएका छन्, यस्ता चेतनामूलक सन्देशले दर्शनार्थीलाई थप सजग रहन मद्दत गर्दछ ।’

नेपालकै प्रसिद्ध शक्तिपीठ बागलुङको कालिका भगवती मन्दिरमा चैते दशैंको अवधिभर ५ लाख भन्दा बढी भक्तजनहरू मन्दिरमा पुजा गर्न आउने गर्छन । आफूहरुले मनले चिताएको र भाकल पूरा हुने जनविश्वासले सयौंको सङ्ख्यामा बोका हाँस कुखुरा राँगोको बलि दिने चलन पनि रहेको छ । ऐतिहासिक रूपमा लाग्ने चैते दशै मेला समेत यस वर्ष कोरोनाको कारणले प्रभावित बन्न पुग्ने देखिन्छ । चैते दशैंको ९ दिनको अवधिभर बागलुङमा ६ करोड भन्दा पनि बढीको व्यापार व्यवसाय हुने गर्दछ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal