जिल्ला अदालत बागलुङले पछिल्ला दिनमा बलात्कार मुद्दामा धमाधम फैसला बढाएको छ । बलात्कार आरोपमा फैसला गर्दै बलात्कारीहरुलाई कैद र जरिवाना तोकेको हो । जिल्लाको ताराखोलाकी एक युवतीलाई बलात्कार गरेको आरोप लागेका पुरुषलाई ७ वर्ष कैद फैसला गरेको हो । ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्यायाधीश बासुदेव न्यौपानेको चैत २५ गतेको इजलाशले बलात्कार कसुर ठहर गर्दै ७ वर्ष कैद सजाय फैसला गरेको बताइएको छ ।
पछिल्लो समय कैंदसंगै क्षतिपूर्तिको पनि पनि फैसला हुने गरेको छ । पीडित युवतीलाई ८० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने समेत उक्त फैसलामा उल्लेख गरिएको जिल्ला अदालत बागलुङका श्रेस्तेदार सूर्यप्रसाद भण्डारीले बताए । २०७७ असार १७ गते एक युवतीलाई बलात्कार गरेको अरोपमा वनलाई प्रहरीले असार १८ गते पक्राउ गरेको थियो ।
प्रहरीले अनुसन्धान पुरा गरी जिल्ला सरकारी वकिलको कार्यालय मार्फत साउन ११ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरेको थियो । वन जिल्ला अदालत बागलुङको साउन १२ गतेको आदेशले हालसम्म जिल्ला कारागार बागलुङमा पुर्पक्षको लागि थुनामा रहेका थिए ।
यो बिषयमा तपाईको प्रतिकृया