(२.)) २०५५÷२०५६ सालतिर म अयोध्याबाट काशी गएको थिएँ । मणिकर्णिका घाटनेर एक जना भारतीय व्यक्तिले रेडियो बजाइरहेका थिए र बिहान नेपाली नौ बज्नै लागेको थियो । त्यसपछि ए भाइ ५–७ मिनेट नेपाली खबर सुन्दछु भनेर रेडियोको बैण्ड परिवर्तन गरी ‘रेडियो नेपाल’ सुनेँ । खबर सुन्दा संयोगले नेपालको म्याग्दी जिल्लाको ‘श्रीगलेश्वरधाम’को पुरानो प्राचीन मन्दिरलाई भत्काई आधुनिक ‘मोडेल’मा …… पराजुलीले २० लाख रकम सहयोग गरी नयाँ बनाइयो भनेको खबर रेडियोबाट सुन्दा हर्षले गर्दा मेरो शरीर रोमाञ्चित भएको थियो । त्यतिखेर ५ लाख वा १० लाख दान गरेमा मा.वि.को नाम परिवर्तन हुन्थ्यो । २० लाख रकम सामान्य दान होइन । यसैले मापदण्ड ५ लाख वा कति लाखबाट बनाउने हो । हजुरहरूले बनाउनुहोस् ।
जति पनि ठूला रकम दान गर्ने दानवीर हुनुहुन्छ, उहाँहरूको प्रतिमा बनाउनुहोस्, पूर्णकद, अर्धकद आदिको र कुन धातु वा सिङ्गमरमरको बनाउने हो त्यो पनि हजुरहरूले नै निर्णय गर्नुहोस् । जुन शिलालेखमा नाम लेखिएको छ त्यो सबै दर्शनार्थीले हेर्दैनन् र हेर्ने फुर्सद पनि हुँदैन, जुन लेख्नुभएको छ स्वागतयोग्य त छँदैछ । यस दानवीरहरूको प्रतिमाहरूलाई मन्दिरमा आएका सबैले हेर्ने नै छन् र यसको प्रभावले अरू नयाँ दानवीरहरूलाई विशेष प्रकारले प्रभावित पार्नेछ र रुपैयाँ ‘मनिब्याग’ र झोलामा नअटेर बोरामा आउनेछन् । यहाँ यस्तो सोच मेरो छ । कुनै पनि प्रतिमा राख्ने दानवीरलाई रकम नमाग्नुहोस्, हालसालै खिचिएको फोटो उपलब्ध गराइदिनुहोस् मात्र भन्नुहोस् । सुरुमै …….. पराजुली भन्ने व्यक्तिको प्रसङ्ग उल्लेख गरेको कारण उहाँ हुनुहुँदोरहेछ, म्याग्दी जिल्ला, पात्लेखेत निवासी र धेरै वर्षदेखि काठमाडौंमा बसोबास गर्दै आउनुभएका श्रीराधाकृष्ण शर्मा पराजुलीज्यू उक्त कुरा ‘धवलागिरिका साँस्कृतिक सम्पदा’ नामको पुस्तकको ‘गलेश्वरधामको बालाचतुर्दशी पर्वले पशुपतिनाथको धीत मार्छ’ भन्ने लेखबाट मलाई जानकारी भयो । यसैले उहाँजस्ता व्यक्तिको सपरिवारकै प्रतिमा राख्न मेरो विचारमा उचित लाग्छ ।
यसको साथै रामायणमा प्रसङ्ग आउँछ, कछुवाले अण्डा तोप्दैन एक ठाउँमा अण्डा पार्छ र टाढा नै बसी अहोरात्र उसको चिन्तन गर्छ । त्यही चिन्तनले तापक्रम पुगेर अवधि पुगेपछि कछुवाको बच्चा त्यो अण्डाबाट निस्कन्छ । त्यसैगरी पं. श्री भीमनाथ पराजुलीज्यूको ‘गलेश्वर’मा विशेष योगदान छ भन्ने कुरा मैले जानेको थिएँ र अहिले ५ महिनामा त यही भएकोले आफ्नै नजरले देखें पनि अहोरात्र नै मन्दिर वा अन्नक्षेत्रमा दृष्टि दिएको मैले देखें । उहाँलाई कसरी सम्मान गर्ने भन्ने कुरा पनि हजुरहरूले सामूहिक निर्णय गर्ने कुरा हो । यदि यस्तो योग्य हुनुहुन्न अरू कमजोरी छन् भने ती हजुरहरूले जान्ने कुरा हुन्, मेरो एकतर्फी दृष्टिले यही ठम्यायो ।
(३) ‘श्रीरामचरितमानस (तुलसीदासकृत रामायण)’ मा बालकाण्डको दोहा ३४ को चौपाई नं. ६ मा गोस्वामीश्री तुलसीदासजी भन्नुहुन्छ–
‘रचि महेस निज मानस राखा । पाई सुसमउ सिवासन भाषा ।।
तातें रामचरित मानस बर । धरेउ नाम हियँ हरषि हर ।।’
अर्थ– श्रीमहादेवजीले यसलाई रचना गरेर आफ्नो (मानसरोवररूपी) मनमा रचना गरेर राख्नुभएको र सुअवसर पाएर पार्वतीजीसँग भन्नुभयो । यसैले शिवजीले यसलाई आफ्नो हृदयमा हेरेर र परम प्रसन्न भएर यसलाई सुन्दर ‘रामचरितमानस’ नाम राख्नुभयो । त्यसपछि जगतमा क्रमशः यसको प्रचार भयो । यहाँ यो उदाहरण दिनुको उद्देश्य यो हो कि जस्तो प्रकारले कुनै कवि वा गीतकारलाई ‘टेलिभिजन वा रेडियो’का सञ्चारकर्मीले तपाईँले रचेको वा गाएको गीत वा कवितामा सबैभन्दा उत्कृष्ट कुन लाग्छ भनेर भन्दा यो कविता वा गीत हो भन्दै अत्यन्तै प्रफुल्ल भएर गाउँछन् ।
त्यस्तै प्रकारले श्रीशिवजी भगवान्ले रचेको र गाएको यो ‘रामायण’लाई ठूलो भवन बनाई त्यसमा मार्बलको शिलामा लेखी ‘श्रीरामचरितमानस वा रामायण भवन’ नामाकरण गरी बनाउन सकेमा गलेश्वरबाबा हामीहरूप्रति कति प्रसन्न हुनुहुन्छ होला ? हजुरहरू समितिका पदाधिकारीहरूले मनमा अनुमान गर्नुहोस् । यस्तो भएमा थप दर्शनीय सम्पदा समेतको श्रीवृद्धि हुन जान्छ । यस्तो कार्य गर्ने सोच भएमा सबै भक्तजनलाई सूचित गर्नुहोस्, १–१ मार्बललाई एक पन्ना मानेर सम्पूर्ण खर्च जोडी भाग गर्नुहोस्, १–१ पन्ना लेखाउने कैयौं भक्त आउनुहुनेछ अथवा पूरा ‘श्रीरामचरितमानस’ मैले नै लेखाउँछु भन्ने भक्त पनि आउन सक्नुहुन्छ ।
असम्भव केही छैन यो असम्भवको कुरा होइन । यो सबै लेख्ने जुन १ नं. सुझावमा बस्ने एक हजार जना सुत्न मिल्ने भवन बनाउन आवश्यक भनेर भनेको छु, त्यही भवनमा श्रीकाकभुशुण्डिजी, श्रीगरुडजी, श्रीतुलसीदासजीको प्रतिमा, दानवीरहरूको प्रतिमा, सन्त निवास, तीर्थयात्री निवास, यी सबै कुरा कुन प्रतिमा कहाँ राख्ने भन्ने कुरा पहिले नै सोचविचार गरेर योजना बनाउनुपर्छ । ‘श्रीरामचरितमानस’ त भवनको भित्तामा शिलामालेखी राख्ने हो । यस्तो भयोभने यहाँको शोभा वा गरिमा अझै बढ्ने मैले ठानेको छु, विचार हजुरहरूकै हो । अब मैले यो लेख लामो हुने भए तापनि श्रीराम भगवान्ले भन्नुभएको श्री शिवजी भगवान्ले रच्नुभएको श्रीपार्वती माताजीलाई भनेर क्रमशः जगतमा फैलिएको र गोस्वामी श्री तुलसीदासजीले भाषाबद्ध गरेको ‘श्रीरामचरितमानस’ उत्तरकाण्डको अन्तिम संस्कृतको १ नं. श्लोक उल्लेख गर्न चाहन्छु ।
श्लोक–
‘यत्पूर्वं प्रभुणा कृतं सुकविना श्रीशम्भुना दुर्गमं
श्रीमद्रामपदाब्जभक्तिमनिशं प्राप्त्यै तु रामायणम् ।
मत्वा तद्रघुनाथनामनिरतं स्वान्तस्तमः शान्तये
भाषाबद्धमिदं चकार तुलसीदासस्तथा मानसम् ।।१।।’
अर्थ– सर्वश्रेष्ठ कवि भगवान् श्रीशङ्करले पहिला जुन दुर्गम मानस रामायणको, श्रीरामको चरणकमलमा नित्य–निरन्तर (अनन्य) भक्ति प्राप्ति गर्नको लागि रचना गर्नुभएको थियो, त्यस मानसरामायणलाई श्रीरघुनाथजीको नाममा निरत (तल्लीन भएको) मानेर आफ्नो अन्तःकरणको अन्धकारलाई मेटाउनको लागि तुलसीदासले यसलाई मानसको रूपमा भाषाबद्ध ग¥यो ।।१।।
यसैको आधारमा २ वटा श्रीशंकरजीले रच्नुभएको, श्रीतुलसीदासजीले भाषाबद्ध गर्नुभएको दोहाको प्रमाण ३ वटा र २ चौपाइको प्रमाण यहाँ उल्लेख गर्न चाहन्छु । सर्वप्रथम ‘मुखिया’ कस्तो हुनुपर्छ भन्ने तथा दोस्रोमा शरणागतिको महत्त्व र तेस्रोमा चौपाइको प्रमाण यहाँ प्रस्तुत गर्न चाहन्छु । अयोध्याकाण्डको दोका ३१५ मा श्री भरतजी सहितका अयोध्याबासी चित्रकूट पुगेर भरतजीलाई अयोध्या गएर प्रजालाई सुखी बनाएर यसरी शासन गर भनेर भगवान् श्रीरामले उपदेश दिनुहुन्छ कि –
दोहा– ‘मुखिया मुखु सो चाहिऐ खान पान कहुँ एक ।
पालइ पोषइ सकल अँग तुलसी सहित विवेक ’ ।।३१५।।
अर्थ– तुलसीदासजी भन्नुहुन्छ– ृश्रीरामले भन्नुभयोे मुखिया मुखको समान हुनुपर्छ, जसको खानपान त एक्लै छ, परन्तु विवेकपूर्वक सबै अङ्गलाई पालनपोषण गर्दछ ।।३१५।।
चौपाई– ‘राजधरम सरबसु एतनोई । जिमि मन माहँ मनोरथ गोई’ ।। दोहा ३१५।।१ चौपाई
अर्थ– राजधर्मको सर्वस्व (सार) पनि यति मात्रै हो, जसरी मनभित्र मनोरथ लुकेको हुन्छ । अनि योभन्दा पहिल्यै दोहा ३०६ मा यसरी भरतजीलाई उपदेश गर्नुभएको छ कि–
‘सेवक कर पद नयन से मुख सो साहिबु होइ ।
तुलसी प्रीति की रीति सुनि सुकबि सराहहिं सोइ’ ।।३०६।।
अर्थ–सेवक हात, गोडा र नेत्रसमान हुनुपर्छ र स्वामी मुखको समान हुनुपर्छ । तुलसीदासजी भन्नुहुन्छ कि सेवक स्वामीको यस्तो प्रीतिको रीति सुनेर सुकवि उसको प्रशंसा गर्दछन् ।३०६। यसको व्याख्या यस प्रकारको छ र यिनी दुईवटै दोहा र व्याख्याको अर्थ गीताप्रेस, गोरखपुरबाट प्रकाशित, नेपाली ‘श्रीरामचरितमानस’बाट उद्धृत गरिएको छ ।
व्याख्या–
(१) यो रूपकबाट यो पनि ध्वनित (प्रकट) हुन्छ कि जसरी मुख हातदेखि कहिल्यै अलग हुन सक्दैन, त्यस्तै प्रकारले म र तिमी पनि कहिल्यै अलग हुन सक्दैनौं । मेरो र तिम्रो साथ निश्चित छ ।
(२) भाव यो हो कि जुन प्रकारले मुखले सबै योग्य पदार्थ खान्छ र जुन अङ्गलाई जुन चीज आवश्यक पर्छ । उसैको अनुसार त्यस अङ्गलाई रस दिन्छ तथा हात, गोडा र आँखाले पनि कुनै विपत्ति आउँदाखेरि पहिले नै सहायक हुन्छन्, ठीक त्यस्तै प्रकारले सेवक र स्वामी पनि हुनुपर्छ, तब सबै जनाले उनीहरूको प्रशंसा गर्दछन् र सबै कार्य ठीक हुन्छ । हे भरत ! तिमी राजा भएर यही नीतिलाई पालन गर्नू ।
(३) आँखाले देख्दछन् कि यो वस्तु संग्रहयोग्य छ, अनि गोडा हिंडेर त्यहाँसम्म पुग्छन् । हातले त्यस पदार्थलाई ल्याएर खानयोग्य बनाएर मुखलाई दिन्छन् । मुखले खान्छ तर स्वाद मात्र लिएर त्यस पदार्थलाई सर्वाङ्गयोग्य बनाएर हात, गोडा, आँखा आदि सबै अङ्गहरूलाई रस रूपले यथायोग्य बाँडेर तिनलाई पुष्ट गर्दछ, स्वयंले राख्दैन ।
(४) यहाँ देखाइएको छ कि राजा र प्रजाको सम्बन्ध र व्यवहार कस्तो हुनुपर्छ । सेवकविमा स्वामीको काम चल्न (हुन) सक्दैन । हात, गोडा, आँखा भएनन् भने मुखमा खाना कसरी पुग्छ र मुख नभएमा हात आदि अङ्गहरूमा रस कसरी पुग्ने ? सेवकसँग सेवा लिने र उसलाई उनको नै पालनपोषणमा लगाउने । प्रजासँग कर लिने र स्व्यं नहडप्ने, उसलाई प्रजाको काममा लगाइदिने । हात, गोडा र आँखाले मुखसँग कपट राख्दैनन् र न मुखले यिनीहरूसँग, यो प्रीतिको रीति हो ।
परस्परमा यस्तो नै प्रीतिको व्यवहार सेवा र स्वामीमा हुनुपर्छ । एकअर्कासँग कपटी व्यवहार गर्नुहुँदैन । त्यसपछि सुन्दरकाण्डको दोहा ४३ मा विभीषणले रावणलाई त्याग गरेर श्रीरामसँग आउँदा श्रीरामले बाँदरराज सुग्रीवसँग सल्लाह माग्नुहुन्छ कि के गर्न ठीक हुन्छ ? त्यसपछि सुग्रीवले भन्दछन् कि यो शत्रुको भाइ हाम्रो भेद लिन आएको छ, यसलाई बाँधेर राख्नुप¥यो, यहाँ श्रीरामको भनाइभन्दा पहिला मेरो भनाइ राख्दछु कि ‘शरणको मरण गर्नुहुँदैन, लडाईंमा पनि आत्मसमर्पण गरेपछि हान्न, मार्न हुँदैन’ भन्ने कुरा र ‘श्रीमद्भागवत गीता’को अध्याय १८ को श्लोक ६६ मा भगवान् श्रीकृष्णले अर्जुनजीलाई भन्नुभएको कुरा –
‘सर्वधर्मान्परित्यज्य मामेकं शरणं ब्रज । अहं त्वा सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः’ ।
अर्थ–सम्पूर्ण धर्महरूलाई अर्थात् सम्पूर्ण कर्तव्यकर्महरूलाई मलाई त्यागेर तिमी केवल एक म सर्वशक्तिमान्, सर्वाधार परमेश्वरको नै शरणमा आऊ । मैले तिमीलाई सम्पूर्ण पापहरूबाट मुक्त गर्नेछु, तिमी चिन्ता नगर । यिनी कुराहरू सबै जगत्ले जानेका छन् । तर पनि कुरा यिनै हुन् र यस दोहाभित्र कैयौं शरणागतको महङ्खवका रहस्य लुकेका छन् । श्रीरामले भनेको दोहा यस प्रकारको छ –
दो– ‘सरनागत कहुँ जे तजहिं निज अनहित अनुमानि ।
ते नर पाँवर पापमय तिन्हहि बिलोकत हानि’ ।।४३।।
अर्थ– ृश्रीरामले फेरि भन्नुभयो–े, जुन मनुष्य आफ्नो अहितको अनुमान गरेर शरणमा आएकालाई त्याग गर्छ, ऊ पावर (क्षुद्र) हो, पापमय हो≤ उसलाई हेर्दा नै हानि हुन्छ । (पाप लाग्छ) यस दोहाभित्र कैयौं दृष्टान्तका रहस्य छन् तापनि श्रीरामले भन्नुभएको परेवाको एउटा दृष्टान्त दिन चाहन्छु र यो दृष्टान्त गीता प्रेस, गोरखपुरबाट प्रकाशित हिन्दी भाषाको मानस–पीयूषबाट उद्धृत गरेको छु ।
नोट–२ निज अनहित ‘अनुमानी’ भनेर जनाइयो कि आफ्नो अहित हुन्छ भने पनि शरणागतलाई त्याग गर्नुहुँदैन, केवल अहितको शङ्काको त कुरा नै के ? उसलाई ग्रहण गर्नलाई हित अनहितको विचार गर्नु नै हुँदैन ।
विनाविचार शरणागतलाई कदापि त्याग गर्नुहुँदैन । यस सम्बन्धमा श्रीरामले सुग्रीवजीलाई एउटा इतिहास भन्नुभयो – एउटा व्याधाले वनमा एउटी परेवी (पोथी परेवा) लाई समात्यो, यही समयमा घनघोर वर्षा भयो । व्याधा भोक र शीतले अत्यन्त व्याकुल हुँदै उही वृक्षमुनि आयो जहाँ त्यो परेवा रहन्थ्यो, जसको पत्नीलाई उसले पहिले नै समातेको थियो । परेवा आफ्नो शरण (घर)मा आएको त्यो शत्रुलाई शीतले आर्त देखेर सुकेका झिँजा (छेस्का)को गुँड खसालेर र कहींबाट आगो र अरू झिँजा ल्याएर उसको शीत निवारण गरेर फेरि उसको क्षुदा (भोक) निवारणार्थ स्वयं अग्निमा फराल्यो ।
‘यथा–श्रूयते कि कपोनेत शत्रुः शरणमागतः । अर्चितश्च यथान्यायं स्वैश्च मांसैर्निमन्त्रितः ।’ (वाल्मी. ६।१८।२४) । यो इतिहास भनेर श्रीरामजीले भन्नुभयो कि जब एउटा पक्षीले शरणमा आएको आफ्नो भार्यालाई मार्ने शत्रु व्याधालाई निरादर नगरेर उल्टै उसको सम्मान नै ग¥यो तब मनुष्य भएर मैले शरणमा आएको शत्रुलाई कसरी त्याग गर्न सक्छु ?
यसपछि श्रीकाकभुशुण्डीजीले हाम्रै देशको म्याग्दी र मुस्ताङ जिल्लाको सीमानामा भएको नीलगिरि हिमालमा रामायण सुनाउनुहुन्छ र त्यहाँ शिवजी उत्तरकाण्डको दोहा ६१।१ चौपाईमा गरुडजीलाई बताउनुहुन्छ–
‘मिलहिं न रघुपति बिनु अनुरागा । किएँ जोग तप ग्यान विरागा ।।
उत्तर दिसी सुंदर गिरि नीला । तहँ रह काकभुसुंडी सुसीला’ ।।
अर्थ–विनाप्रेम केवल योग, तप, ज्ञान र वैराग्यादिले श्रीरघुनाथलाई प्राप्त गर्न सकिँदैन । ृअतएव तिमी सत्सङ्गको लागि त्यहीं जाउँ, जहाँे उत्तरदिशामा एउटा सुन्दर नील पर्वत छ । वहाँ परम सुशील काग भुशुण्डिजी रहन्छन् ।
यसरी शिवजीले बताएपछि गरुडजी उहाँ जाँदा एक आवृत्ति रामायणको कथा पूरा भएर पुनः अर्को आवृत्तिको कथा सुरु हुन नै लागेको बेलामा गरुडजी त्यहाँ पुगेपछि कुशल, मंगल दुवैतर्फबाट भएपछि पुनः गरुडजी सहित सबै पन्छीलाई रामायण सुनाउँदै जाँदा दोहा ८३ को चौपाई नं. ३ मा भन्नुहुन्छ–्
‘भगति हीन गुन सब सुख ऐसे । लवन बिना बहु बिंजन जैसे ।।
भजन हीन सुख कवने काजा । अस बिचारी बोलेउ खगराजा’ ।।
अर्थ– भक्तिबाट रहित सबै गुण र सबै सुख उस्तै प्रकारले अलिनु (बिलिनु, खल्लो) हुन्छ, जस्तो प्रकारले नुनविनाको धेरै प्रकारका भोजनका पदार्थ, भजनविनाको सुख के काम को ? हे पक्षिराज ! यस्तो विचार गरेर मैले भनेँ– यस्तै प्रकारले रामायण भन्दै जाँदा दोहा ११३ को चौपाई नं. ५ मा भन्नुहुन्छ –
‘हरष सहित एहिं आश्रम आएउँ । प्रभु प्रसाद दुर्लभ बर पायउँ ।।
इहाँ बसत मोही सुनु खग ईसा । बीते कलप सात अरु बीसा’ ।।
अर्थ– म हर्षसहित यस आश्रममा आएँ । प्रभु श्रीरामको कृपाले मैले दुर्लभ वर प्राप्त गरें । हे पक्षिराज ! म यहाँ बस्न लागेको (थालेको) सत्ताइस कल्प बिते ।
अन्त्यतिर श्रीगलेश्वर बाबालाई चढाएको बिन्तीपत्र मार्फत् अर्को गलेश्वरक्षेत्रबाट भिन्न कुरा के राख्न चाहन्छु भने यसमा राजनीति कसरी गर्ने ? कसको लागि र किन गर्ने ? भन्ने ‘मुखिया मुखु सो’…..’ र ‘राजधरम सरबसु एतनोई’ मा रामराज्यको परिभाषा छर्लङ्ग भयो । यस्तो रामजीको नीति भएता पनि हाम्रो देशमा सुरुदेखि नै कस्तो राजनीति राजनेताज्यूहरूले गर्नुभएको छ ? यो पार्टी र त्यो पार्टी भन्नै पर्दैन । ‘जुन जोगी आए पनि कानै चिरेका’ भनेझैं छन् र लगभग ३ करोड नेपाली जनताले भोगेको र देखेको राजनीति हो तथा अहिलेको वर्तमान्् समयमा त भन्न र लेख्न नै मैले किन प¥यो र जनता हरेक क्षेत्रबाट पीडित तथा भुक्तभोगी भएर निराश छन् । सत्र पटक प्रतिनिधिसभामा प्रधानमन्त्रीमा बहुमत जुटाउन नसक्नेले पनि प्रधानमन्त्री हुने आशा त्याग गर्नुभएको छैन भने कसैलाई ७ पटक प्रधानमन्त्री हुने आशीर्वाद ज्योतिषीले दिएकाछन्, सम्भावना पनि हुन लाग्यो ।
अरू पार्टीका राजनेता उपप्रधानमन्त्री तथा मन्त्री नभई बस्न नै सक्नुहुन्नथ्यो । ३ वर्षदेखि मन्त्री पदमा बस्नलाई थन्किनुभएको थियो । तर अब उहाँहरूको भाउ जसरी दसैँ तिहारमा सामानको मोल बढ्छ, त्यसरी नै मोल बढ्न लागेको छ । ‘नेपाल कम्युनिष्ट पार्टी’ हाल ‘एमाले’ र ‘माओवादी पार्टी’को अहोरात्रको गाईजात्रा विश्वसमुदायले देखेकै छन् । नेता कात्र्तिकमा पाकेको धान (पोटीलो) जस्तो भएका छन् भने जनता टटेलोधान जस्तो भएका छन् । तपााईंहरूको मुक्तिको लागि, गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा आदि कैयौँ उद्देश्य परिपूर्तिका लागि हामी निरन्तर लडिरहन्छौं भन्न लाज मान्न छोड्नुभएको छैन, वडा कार्यालयदेखि शीर्ष नेतासम्मका राजनेताज्यूहरूले कसको लागि राजनीति गर्नुभएको छ ? जनता त्यति बेकुफ छैनन्, बुझेका छन् तर जनताले के गर्ने ? रामराम भनेर बस्नुबाहेक अर्को विकल्प छैन । चुनाव आउँछ, तपाईंहरूको लागि यति र उति सूत्रीय घोषणा–पत्र जारी गरेका छौँ, भन्नुहुन्छ । आदि–आदि कुराहरू ।
अन्त्यमा ‘श्रीगलेश्वरबाबा’को जुनाफामा चढाएको बिन्तीपत्र मार्फत् के बिन्ती गर्न चाहन्छु भने हजुर त सबै मानिस र प्राणीका मुखिया होइबक्सिन्छ, सबै प्राणी तथा धनी–गरिब भक्तका महादेव होइबक्सिन्छ के मैले माथि उल्लेख गरेका सुझावहरू अनुपयुक्त छन् ? के मैले उद्धृत गरेका दोहा, चौपाईको अर्थ, व्याख्याहरू झुटो प्रस्तुत गरेको छु ।
‘श्रीगलेश्वर बाबा’को जय होस् ! जय होस् !! जय होस् !!! भनी जो नेपालका विभिन्न ठाउँ र भारत वा अन्य देशबाट यहाँ आउने साधु सन्त वा तीर्थयात्रीले हजुरको मन्दिरमा शरण नपाउने, रुपैयाँ भए मात्र पाउने, हजुरलाई रुपैयाँ किन चाहियो ? त्यो रकम खर्च गरेर गरिब साधु–सन्त वा तीर्थयात्रीको लागि उचित बसोबासको प्रबन्ध गरिँदैन भने हजुरको अस्तिङ्खव वा महङ्खव कसरी हुन सक्छ ? परेवाको दृष्टान्त हजूरले किन रचि बक्सियो, कर उठाएर समानुपातिक रूपले खर्च गरिएन भने सरकारले कर र मन्दिरमा दानको रकम किन उठाउने ? हजुरको मन्दिरको वैभव नुनविनाको व्यञ्जन जस्तो अलिनो भएन र ?
यसैले मैले पुनः अत्यन्तै जोडदार रूपले बिन्तीपत्र मार्फत् के बिन्ती गर्न चाहन्छु भने हजुरको मन्दिर वा आश्रमलाई सञ्चालन गर्ने कार्य समितिका महानुभावहरूलाई माथि उल्लेख भएका तीनवटै सुझावहरूलाई कार्यान्वयन गर्न र हाम्रो देशका सबै श्रीसम्मानीय, श्रीमाननीयदेखि श्रीआदरणीय सबै राजनेताहरूज्यूलाई ‘मुखिया मुखु सो….’ ‘तुलसी सहित विवेक’ ‘राजधरम सरबसु एतनोई जिमि मन माहँ मनोरथ गोई’ को अनुसार राजनीति गर्नलाई सद्बुद्धि आओस् भनेर वरदान दिइबक्सियोस् भन्दै यो ‘श्रीगलेश्वर सरकार’को जुनाफमा बिन्तीपत्र चढाउँछु । इति सम्वत् २०७७ साल चैत्र ११ गते ४ रोज शुभम् ।
नोटः २०७७ चैत्र १४ गते अन्तिम संशोधन गरिएको ।
बिन्तीपत्र वाला
गलेश्वर सरकारको
अनन्य सेवक
केदारनाथदास
कुश्मा नगरपालिका–२, पाङ्ग–गौँडा
(खरिदारटोल), जिल्ला पर्वत ।
यो बिषयमा तपाईको प्रतिकृया