जिल्लाको जैमिनी नगरपालिका–८ खोलाखानी जंगलमा चितुवा मृत अवश्थामा फेला परेको छ ।
अन्दाजी २ वर्षको चितुवा आईतबार बिहान दबदबेको रुखमा मृत फेला परेको थियो । प्रहरी घटनास्थलमा पुग्दा चितुवा रुखमा अल्झिईरहेको थियो ।
बन कार्यालयका प्रतिनिधीको रोहबरमा घटना स्थलमै चितुवाको शव गाडेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ईकवाल हवारीले जानाकारी दिएका छन् ।
यो बिषयमा तपाईको प्रतिकृया