बागलुङ गलकोट नगरपालिका –११ मनेवा पाटामी एक महिलाले आत्महत्या गरेकी छन् । आत्महत्या गर्नेमा २७ वर्षिय पुष्पा घर्ति रुचाल रहेको प्रहरीले जनाएको छ ।
पुष्पा आफनो घरमा झुन्डिरहेको अवश्था फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ईकवाल हवारीले जानाकारी दिएका छन् । उनका श्रिमान रोजगारीको शिलशिलामा कतार रहेका छन् । उनकी एक छोरी रहेको बताईएको छ ।
मृत्युको बारेमा भने खुली नसकेको प्रहरी जनाएको छ ।
शव प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा राखिएको छ । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
यो बिषयमा तपाईको प्रतिकृया