जनगणनाका लागि जिल्लामा चार कार्यालय

नवराज परियार संवाददाता: नवराज परियार
जनगणनाका लागि जिल्लामा चार कार्यालय

बागलुङमा १२ औं जनगणना २०७८ को तयारी थालिएको छ । राष्ट्रिय जनगणना २०७८ बैशाखदेखि आषाढ सम्म सञ्चालन हुँदैछ । राष्ट्रिय जनगणना २०७८ को स्थलगत कार्य सञ्चालनको लागि सम्बन्धित जिल्ला हेर्ने गरी देशभरका ७ वटा प्रदेशमा ८० वटा जिल्ला जनगणना कार्यालयहरु स्थापना गरिए अनुसार बागलुङमा पनि जिल्ला कार्यालय स्थापना गरिएको छ । बागलुङमा जिल्ला तथ्याङ्क कार्यालय मुख्य हुने गरी ४ वटा स्थानीय जनगणना कार्यालय रहने भएको छ ।

जसमा बागलुङ नगर पालिका र काठेखोला गाउँपालिका हेर्ने गरी बागलुङ नगर जनगणना कार्यालय बागलुङ बजार, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका हेर्ने गरी जैमिनी जनगणना कार्यालय कुस्मिसेर, ताराखोला गाउँपालिका , गलकोट नगरपालिका र बडिगाड गाउँपालिका हेर्नेगरी गलकोट हटिया जनगणना कार्यालय र निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र तमानखोला गाउँपालिका हेर्ने गरी ढोरपाटन जनगणना कार्यालय बुर्तिबाङमा कार्यालय रहने बागलुङ तथ्याङ्क कार्यालयका तथ्याङक अधिकृत मुकुन्द प्रसाद शर्माले बताए ।

बागलुङमा जिल्ला भर राष्ट्रिय जनगणना २०७८ सफल पार्नको लागि चार सय जना गणक एक महिनाको लागि र एक सय जना जना सुपरिवेक्षक दुई महिनाको लागि परिचालन गरिने तथ्याङ्क अधिकृत शर्माले जानकारी दिए । कार्यतालिका बमोजम जिल्लास्तरको जनगणना सचेतना कार्यशाला चैत्र महिनाको १ गतेदेखि जिल्ला जनगणनाको कार्य सुरुवात चैत ९ गतेदेखि १५ गतेसम्म प्रदेशमा तालिम, गणकको तालिम जेठ १७ देखि २२ गतेसम्म सञ्चालन हुनेछ ।

सुपरिवेक्षक सूची चैत्र २० गतेसम्ममा सार्वजनिक गरी सुपरिवेक्षक तालिम वैशाख १६ देखि २२ सम्म रहने छ । घर तथा घरपरिवार सूचिकरण कार्य उक्त तालिम प्राप्त सुपरिवेक्षकबाट वैशाख २६ देखि जेष्ठ १४ सम्म हुनेछ । गणकको प्रारम्भिक सूची सार्वजनिक कार्यक्रम बैशाख १५ भित्र तथा गणक तालिम जेष्ठ १७ देखि २२ सम्म रहने छ । मुल गणना कार्य जेष्ठ २५ देखि आषाढ ८ सम्म हुने उनले जानकारी दिए ।

तथ्याङ्क संकलन तथा सुपरिवेक्षण कार्य गर्नको लागि करार सेवामा व्यक्ति लिने कार्यक्रम अनुरुप अनलाइन जनशक्ति भर्ना प्रणाली बमोजिम दरखास्त दिने व्यवस्थालाई अझै बढी प्रभावकारी बनाउँदै दरखास्त फारम भर्न कठिनाई भएकाहरुको लागि कार्यालयमा उपस्थित भएर फाराम भर्न पनि आह्वान गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: नवराज परियार
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal