ध्यान नराख्दा आँखाका बिरामी बढ्दै

राजन रेग्मी संवाददाता: राजन रेग्मी
aakha siwir

सूचना प्रविधिको विकासले सिंगो संसारलाई साँघुरो बनाईदिएको छ । संसार प्रविधिको विकासले विश्वलाई ग्लोबल भिलेज बनायो भन्ने गरिन्थ्यो । तर अहिले संसार एउटा मोबाईलमा कैद भएको छ । एउटै मोबाईलबाट संसारभरीको जानकारी एउटा व्यक्तिले सजिलै क्षणभरमै थाहा पाउन सक्ने भएको छ ।

तर यही प्रविधिको विकासंगै आएको सुविधाले मानिसहरुलाई रोगी पनि बनाएको छ । भनिन्छ, विकाससंगै विनास पनि संगै भित्रिन्छ । सूचना प्रविधिको विकाससंगै मोबाईलमा कैद भएको सूचना जानकारी र मनोरञ्जनले गर्दा अहिले मानिसहरु आँखाका रोगी बन्न थालेका छन् । यही कारण पछिल्लो समयमा आँखाका बिरामीहरुको संख्या बढ्दै गैरहेको पाईएको छ ।

सबै उमेरका व्यक्तीहरुमा आँखाको समस्या बढ्दै गैरहेको देखिएको हो । बढ्दो मोबाईल, ल्यापटपको प्रयोग, अस्वस्थ खानपान लगायतले आँखाका बिरामीहरुको संख्या बढ्दै गैरहेको बिज्ञहरुले बताउने गरेका छन् । केही दिन अघि बागलुङको गगकोट नगरपालिका–१ मा बागलुङ जेसिजले आयोजना गरेको आँखा उपचार सम्बन्धी घुम्ती शिविर सम्पन्न गरेको थियो ।

वडा नम्बर १ का ३ वटा विद्यालयमा गरिएको जाँचमा क्रममा प्रायः विद्यार्थीहरुमा आँखा सम्बन्धी विभिन्न रोग फेला परेको नेत्र रोग सहायक गणेश महतोले बताएका छन् । टिभी नजिकबाट हेर्ने, लामो समयसम्म मोबाईल चलाईराख्ने जस्ता क्रियाकलापले विद्यार्थीहरुमा आँखाको समस्या बढ्दै गैरहेको उनले बताए ।

‘प्राय विद्यार्थीहरुले टिभी नजिकबाट हेर्ने, मोबाईल लामो समयसम्म चलाउने, साथै अस्वस्थ खानपानले सानै उमेरमा विद्यार्थीहरुमा आँखा सम्बन्धी रोगहरु देखिईरहेका छन्,’ उनले भने,‘त्यती मात्र नभई बाटोमा धुँवा धूलो, धेरै अध्ययन गरिरहने विद्यार्थीहरुमा पनि आँखाको समस्याहरु देखिएको छ । आँखाको सुरक्षामा ध्यान नदिने हो यसले भविष्यमा निकै ठूलो समस्या ल्याउने देखिन्छ ।’

विद्यालय तहका साना साना बालबालिकाहरुमा पनि आँखाको समस्या देखिएका कारण अभिभावकले ध्यान दिनुपर्ने उनको भनाई छ । ‘निकै कम उमेरका नानीबाबुहरुमा पनि आँखाको ज्योति निकै कमजोर भएको देखियो,’ उनले भने,‘यो भनेको लाहपरवाहीका कारण भएको हो । नानीबाबुहरुलाई भुलाउनका लागि मोबाईलमा खेल्न दिएपछि यस खालको समस्या देखिएको हुनसक्छ । बालबालिकालाई सकेसम्म मोबाईल टिभीबाट टाढै राख्न सके राम्रो हुन्छ ।’

विद्यालयका विद्यार्थीहरुलाई आफ्नो आँखाप्रति सचेत बनाउनका लागि आँखा शिविर सञ्चालन गरिने बागलुङ जेसिज वर्ष २०२१ का अध्यक्ष आनन्द रेग्मीले बताए । ‘आँखाको समस्याका बिरामीहरु बढ्दै गएको देखिन्छ,’ उनले भने,‘यस सम्बन्धी विद्यालय तहबाटै सचेत बनाउन सकियो भने केही हदसम्म कम गर्न सकिएला भन्ने उद्देश्यले यो शिविर गरिएको हो ।’ ३५० जना सर्वसाधारणमा गरिएको चेकजाँचमा मोतिया बिन्दुका बिरामीहरु बढ्दै गएको देखिएको बागलुङ जेसिजकमा महासचिव प्रकाश आचार्यले बताए ।

चेकजाँचमा करिब एक सय जना आँखा सम्बन्धी समस्या भएका व्यक्तीहरुलाई निःशुल्क चश्मा तथा ५० जनालाई निःशुल्क ६० हजार बरारको औषधी वितरण गरिएको उनले जानकारी दिए । चेकजाँचमा १५ जना आँखाको अप्रेसन गरिनुपर्ने बिरामीहरु पनि पाईएको थियो । सोही कार्यक्रममा २ जना पूर्ण रुपमा मोतिया बिन्दुका बिरामी, ३ जनाको डेडो आँखाको समस्या, एक जनामा आँखाको नलिमा समस्या तथा २ बच्चामा आखाँको गेडीमा समस्या भएको पाईएको छ ।

१४० जनामा आंशिक मोतिया बिन्दु , ५ जनामा आँखा पाक्ने समस्या, ११ जनामा पर्दा सम्बन्धी समस्या , २ जनामा नसा सुकेको, ८ जनामा आँखाको नानीमा फुला परेको र करिब एक सय जनामा सामान्य आँखा चिलाउने, बिझाउने समस्या भेटिएको बताईएको छ । आँखा जाँच गर्नका लागि स्थानीयहरुको समेत उत्साह जनक सहभागिता रहेको बताईएको छ ।

मोतिया बिन्दु जस्ता समस्या भएका बिरामीहरुलाई काठमाडौँबाट विशेषज्ञ बोलाएर अप्रेसन गरिने बताईएको छ । शिविरका लागि जीपपार्कमा रहेको सफल चस्मा पसल तथा आँखा क्लिनिकले सहयोग गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal