‘अब स्कुटर चार्ज गर्नोस् सरर गुडाउनोस्’

राजन रेग्मी संवाददाता: राजन रेग्मी
sns baglung

राजन रेग्मी
जिल्लामै पहिलो पटक विद्युतीय स्कुटरहरुको बिक्री वितरण सुरु भएको छ । बागलुङ नगरपालिका—२ हल्लनचोक नजिकैबाट एस एण्ड एस अटो मोबाइलले बागलुङमा पहिलो पटक विद्युतीय स्कुटरको बिक्री वितरण सुरु गरेको हो । बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले बागलुङमा आयोजित एक कार्यक्रममा विद्युतीय स्कुटरको बिक्री वितरणको उद्घाटन गरेका छन् । नगप्रमुख पौडेलले बानपा—२ मा रहेको ‘एस एण्ड एस अटोमोबाइल’को उद्घाटन गरेका थिए ।

अटोमोबाइलले भारतीय ‘टुनवल’ र ‘याडिया’ कम्पनीका स्कुटरहरु बिक्री सुरु गरेको हो । विद्युतीय स्कुटर बिक्री वितरण गर्ने सोरुमको उद्घाटन गर्दै नगर प्रमुख पौडेलले अबको समय विद्युतीय सवारी साधनको भएकाले बागलुङमा विद्युतीय स्कुटर विक्री वितरणका लागि सोरुम स्थापना हुनु खुसीको कुरा भएको बताए । ‘समय परिवेशले अहिले सबै कुरा विद्युतीय हुने अवस्थामा सिर्जना भएको छ,’ उनले भने,‘कुनै पनि प्रदूषण नगर्ने विद्युतीय उपकरणको उपयोगले हामीलाई स्वस्थ बनाउनेछ । अहिले विद्युतीय सवारी साधन भित्रिएको छ, यो हामी सबैका लागि खुसीको कुरा हो ।’

वातावरण जोगाउनका लागि विद्युतीय उपकरण महत्वपूर्ण हुने उनको भनाइ छ । ‘सवारी साधानको सञ्चालनबाट निस्कने धूलो धुँवा र ध्वनि प्रदूषणले गर्दा वातावरणीय क्षेत्रमा निकै प्रभाव पार्ने गर्छ, यो विद्युतीय सवारीले धुँवा नफ्याँक्ने तथा आवाज पनि नदिने भएका कारण वातावरणीय दृष्टिले निकै उपयुक्त रहेको छ,’ उनले भने । नेपालले पछिल्लो समयमा धेरै विद्युत उत्पादनमा लगानी गरेकाले पनि त्यसको सदुपयोगका लागि यो उपयुक्त हुने उनले बताए ।

‘हामीले लामो समयसम्म विद्युत उत्पादनमा प्रगति गर्न सकेनौं जसले गर्दा पेट्रोलियम पदार्थमा हाम्रो देशको ठूलो धनराशि विदेश गयो,’ उनी भन्छन्,‘अब नेपालको विद्युत कसलाई विक्री गर्ने भनेर अन्तरदेशीय प्रसारण लाइनहरु बन्न थालेका छन् । देशमा भएको विद्युतको खपत गर्न र विदेशिने पैसा जोगाउनका लागि पनि यो महत्वपूर्ण छ ।’ कार्वन उत्सर्जनमा कमी ल्याउँदा नेपालले अर्बौ रकम आम्दानी गर्न सक्ने उनको भनाइ छ । उनले विद्युतीय सवारी साधन प्रवद्र्धनका लागि बागलुङ नगरपालिकाको तर्फबाट एउटा विद्युतीय स्कुटर खरिद गर्ने समेत घोषणा गरे ।

बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राभण्डारीले व्यवसायमा अवसर र चूनौती सबै भएको बताए । ‘अहिले बागलुङमा व्यवसायी भनेपछि नाफा कमाउने पैसा कमाउनेहरु भन्ने खालको सोंच रहेको देखिन्छ,’ उनले भने,‘व्यवसायीले भोगेका दुःख पीडाको बारेमा कसैले पनि हेर्दैनन् । व्यवसायमा अवसर र समस्या दुबै छन् ।’ उनले बागलुङ बजारमा पछिल्लो समय सवारी साधनको प्रयोग बढेकाले पार्किङको व्यवस्थापन मिलाउनुपर्ने बताए ।

‘बागलुङमा व्यक्तिगत सवारीको प्रयोग बढ्दो छ,’ उनले भने,‘एकतर्फी पार्किङले पनि बागलुङमा धेरै राम्रो गरेको छ । सरकारी निकाय वा निजी क्षेत्रले जसले भए पनि पार्किङको व्यवस्थापन गर्नुपर्ने छ । नगरपालिकाले नभए कुनै व्यवसायीलाई न्यूनतम शुल्कमा पार्किङको व्यवस्थापन मिलाउन दिनुपर्छ ।’ यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिंह थापामगरले नियमानुसार दर्ता भएर नै इलेक्ट्रिक सवारी सञ्चालन गर्न आग्रह गरे ।

‘सरकारले पनि पेट्रोलियम पदार्थको आयातमा कटौतीका लागि विद्युतीय सवारी साधनलाई प्राथमिकता दिने भनेको छ,’ उनले भने,‘नयाँ विषय भएकाले केही अलमल हुनसक्छ । सरकारले तोकेको मापदण्ड अनुसार दर्ता भएर चल्ने वातावरण बनाउन सबैलाई आग्रह गर्छु ।’ नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले एउटाले जे ग¥यो अर्कोले पनि त्यही गर्ने नेपालीको प्रवृत्ति भएका कारण व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा हुँदा व्यवसायमा नै समस्या आउने गरेको बताए ।

‘कसैले नयाँ काम ग¥यो भने अर्को पनि त्यसैको देखासिकी गर्ने चलन छ, यसले समस्या पार्ने गरेको छ,’ उनले भने,‘व्यवसायमा अरुले भन्दा र नयाँपन दिन सकियो भने पक्कै पनि सफलता हात लाग्छ ।’ जिल्ला ट्राफिक कायालयका प्रमुख शिव पाठकले सवारी दुर्घटनाको जोखिम न्यूनीकरणका लागि दर्ता गरेर सञ्चालन गर्नुपर्ने बताए । अटोमोबाइलका सञ्चालक विष्णुराज पन्तले स्कुटरमा खर्च कम रहेको बताएका छन् । दुई प्रकारको स्कुटरमा एक लाख ३५ हजारदेखि दुई लाख १७ हजारसम्मको रहेको उनले बताए ।

उनका अनुसार स्कुटरमा मोटर र व्याट्रीको मुख्य भूमिका रहेको छ । स्कुटरमा ‘लिथियम ब्याट्री’ र ‘लिड ब्याट्री’ गरी दुई प्रकारका ब्याट्री रहेका छन् । लिथियम ब्याट्री, लिड ब्याट्रीको तुनलामा निकै उत्कृष्ट रहेका पनि उनले बताए । ब्याट्रीका आधारमा रकम पनि फरक पर्ने उनले बताए । सबै मोडलका स्कुटरहरु ४ विभिन्न रङमा उपलब्ध रहेका छन् । स्कुटरलाई सामान्य चार्जिङ प्लकबाट पनि चार्ज गर्न सकिने छ ।

एक पटक फुल चार्ज भएपछि लिथियम ब्याट्री भएको स्कुटरमा १२० किलोमिटर र लिड ब्याट्री भएको स्कुटर ६५ किलामिटर गुड्न सक्छ । एस एण्ड एस अटोमोबाइल्सका सञ्चालक विष्णुराज पन्तको अध्यक्षता भएको कार्यक्रममा स्वागत अर्जुन सापकोटा र सञ्चालन अनिश खातीले गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal