आइतबारबाट सुरु भएको तेस्रो चरणको खोप अभियान अन्तर्गत पहिलो दिन आइतबार बागलुङ जिल्लामा ४ हजार ८ सय ३१ जना वृद्धवृद्धाले खोप लगाएको छन् । नेपाल सरकारले स्वास्थ्य मन्त्रालयले आइतबारबाट तेस्रो चरणको खोप अभियान सुरु गरे संगै बागलुङमा पनि ६५ वर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरुलाई कोराना विरुद्धको खोप ‘कोभिसिल्ड’ दिइएको बागलुङ नगरपालिकाका हेल्थ असिस्टेन्ट लक्ष्मण ढकालले बताएका छन् ।
बागलुङ जिल्लाका ४ वटा पालिका, बागलुङ नगरपालिकाको १३ खोप केन्द्रबाट १९५६ जना, गलकोट नगरपालिकाको ८ खोप केन्द्रबाट १२२७ जना, जैमिनी नगरपालिकाको १० खोप केन्द्रबाट १०६९ जना तथा काठेखोला गाउँपालिकाको ७ वटा खोप केन्द्रबाट ५७९ जना गरी ३८ खोप केन्द्रहरुबाट ४८३१ जना ज्येष्ठ नागरिकहरुलाई खोप दिइएको हो ।
६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुले परिचय खुल्ने पत्र लगेर अथवा वडाको सिफारिस लगेर नजिकको खोप केन्द्रबाट खोप लगाउन सक्ने ढकालले बताए ।
यो बिषयमा तपाईको प्रतिकृया