ताराखोला शिविरको पहिलो दिन करिब २०० लाभान्वित

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता
rotaract club of baglung

रोट्रायाक्ट क्लब अपm बागलुङ तथा ‘वेलनेश टिम’ले संयुक्त रुपमा आयोजना गरेको स्वास्थ्य शिविरको पहिलो दिन शनिबार करिब २०० जनाले सेवा लिएका छन् । १११औ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरेकोमा ताराखोला गाउँपालिका वडा नम्बर १, २ र ३ का करिब २०० जनाले स्वास्थ्य शिविरको सेवा लिएका थिए ।

पहिलो दिन सेवा लिने बिरामीमा प्रायः पाठेघर सम्बन्धी समस्या देखिएको ‘बेलनेश टिम’की संयोजक नितु खड्काले बताईन् । उनले भनिन्‘ प्राय महिलामा सेतो पानी बग्ने, आङ् झर्ने, लगायतका महिला रोग बढी मात्रामा देखिएको छ । हाम्रो शिविर उनीहरुकै लागि हो, सबैलाई उपचारको व्यवस्था पनि गरेका छौं ।’ सामान्य परिक्षणका लागि आउने बिरामीको संख्या पनि ठूलो रहेको उनको भनाई छ । ‘सामान्य ज्वरो आउने, रुघा लाग्ने, पेट दुख्ने समस्या भएका बिरामीहरु पनि उपस्थित हुनुहुन्थ्यो, सामान्य जाँचपछि आवश्यक औषधी दिएका छौं,’ खड्काले भनिन् ।

शिविरमा परिवार नियोजन सेवा आइयूसीडी इम्प्लान्ट गरिने उनको भनाई छ । परिवार नियोजनको हकमा भने पहिले भन्दा अहिले ज्यादै सुधार भएको पाईएको उनले जानाकारी दिईन । उनले भनिन् ‘पहिले परिवार नियोजन पाप हो भन्ने समुदायमा अहिले सन्तानको ईच्छा पुगे पछि परिवार नियोजन गर्ने क्रम बढेको रहेछ, जुन सकरात्मक छ ।’

शिविरको अन्तिम दिन आईतबार वडा नम्बर ५ को धस्मरमा रहेको ताराखोला स्वास्थ्यचौकिमा शिविर संचालन हुने रोट्रयाक्ट क्लब अफ बागलुङका प्रस्तावित अध्यक्ष झोकेन्द्र थापाले बताएका छन् । शिविर सञ्चालनका लागि विजनेश एण्ड प्रोफेसनल वमेन ईन्टरनेश्नल, ताराखोला गाउँपालिका, मेरो डेन्टल होम तथा निलगिरी अस्पतालले सहयोग गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal