जिल्ला ट्राफिक कार्यालय बागलुङले बागलुङका ४५ ट्याक्सी चालकहरुलाई प्रशिक्षण दिईएको छ । बागलुङमा रहेको धौलागिरि अञ्चल यातायात सेवा प्रा.लि.को सभाहलमा उक्त प्रा.लि.मा आवद्ध सवारी चालकहरुलाई प्रशिक्षण दिईएको हो । सवारी दुर्घटना न्यूनिकरण तथा सवारी व्यवस्थापनमा सहज बनाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक शिव प्रसाद पाठकले सहजीकरण गरे ।
उनले ट्राफिक नियम, सवारी दुर्घटनाका कारण, ट्राफिक चिन्हहरु, सडक रेखाहरु, सवारी चलाक, सवारी चलाउँदा ध्यान दिनुपर्ने कुराहरु, सुरक्षित सवारी चलाउने तरिका, ओभरटेक गर्दा साईड लाईटको प्रयोग गर्ने तरिका लगायत सवारी नियम कानुन सम्बन्धी ट्राफिक सचेतनामूलक प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा बोल्दै पाठकले प्रशिक्षणको बेलामा सिकेका सबै कुराहरु व्यवहारमा लागु गर्न समेत चालकहरुलाई आग्रह गरेक थिए ।
यो बिषयमा तपाईको प्रतिकृया