कलियुगको प्रावल्यता बढेको छ । तलदेखि माथिसम्म सबै मानिसको ध्यान एका मान ‘द्रव्येषु सर्वे वसे’ भएको छ । ‘ब्क तजभ पष्लन कय बचभ तजभ कगदवभअत’ अर्थात् जस्तो राजा उस्तै प्रजा भने जस्तो अवस्था निर्माण गरिएको छ । देशको सर्वोच्च निकायमा शासनाधिकारी भएर बस्ने मानिसले विश्व सम्पदा सूचीमा सूचीकृत भएका हाम्रा प्रख्यात तीर्थस्थलहरुमा पाइला समेत राख्न हिच्किचाउँछन् । पशुपतिनाथ, मुक्तिनाथ, जानकी धाम, लुम्बिनी, बराह क्षेत्र जस्ता विश्व प्रख्यात धार्मिक स्थालहरु भएर पनि हाम्रो विचार, धर्म, संस्कार, संस्कृति सबै आयातित धर्मतिर अघि बढेको देखिन्छ ।
यहाँ विदेशी धर्म प्रचार गरेर डलर आर्जन गर्न जिम्मेवार मानिसले पनि लाज मान्न छोडे, ठुलाले जे ग¥यो सानाले पनि त्यही सिक्छन् । अर्काको जतिसुकै राम्रो संंस्कार, संस्कृति भए पनि त्यसलाई अनुसरण गर्नाले स्थिति भयावह हुन सक्छ । त्यसैले गुण रहित भए पनि आफ्नो मौलिक संस्कार, संस्कृति, परम्परामा रमाउनु पर्नेमा अन्यथा हुँदै जाँदा समाजमा शान्ति, अमनचयन, सहिष्णुता सबै दूर हँुदैछन् ।
वास्तवमै भन्ने हो भने यो नेपाल देवभूमि हो । यहाँ धर्म विहीन जीवन कसैको पनि सफल भएको देखिन्न ।
घमण्डले मानिसको नाश हुन्छ । हाम्रा शास्त्र पुराणहरुमा रावण, कुम्भकर्ण, कंश आदि महापुरुषहरु जो भगवानसंग युद्ध गर्ने आँट गर्दथे तर यही अहङ्कारका कारण नाश भए । नेपालमा पनि अल्पमत, बहुमत, दुई–तिहाई जस्तो सुकै सरकार गठन भएपनि पूरा अवधि टिक्न नसकेर बिचमा तमासा देखाउने गर्नु, जिम्मेवारी बोध नहुनु सबै अधर्मका कारणले नै हो । भौतिकवादी सोचले ठुला–ठुला महल र चिल्ला सडकहरु निर्माण गर्न त सकिएला तर त्यहाँ मानवीय गुण र मानवता भन्ने कुरा हुँदैन ।
भौतिक उन्नतिले मात्र सुख शान्ति र समृद्धि आउँछ भन्नु जुनकिरीले पिँधको उज्यालोले स्वर्ग उज्यालो हुन्छ भने जस्तै हो । सबै मानिसको हृदयमा इमानदारी, काँधमा जिम्मेवारी र मस्तिष्कमा समझदारी धर्मको मात्र कायम गर्न सक्छ । जस्तै जतिसुकै मिठो मसलायुक्त तरकारी पकाए पनि अध्यात्मको अभावमा मानिस, मानिस जस्तो भएर बाँच्न सक्दैन । क्रोधी, नास्तिक, भिरु, लम्पट र स्वार्थी बन्न पुग्छ । भ्रष्टाचार, डन, दलाल, माफिया र अवैध धन आर्जन गर्नेहरुको सिकञ्जमा सरकार पर्ने यही पापको पराकाष्ठा हो । धर्म भनेको मानिसका लागि नभइ नहुने अब्बल दर्जाको अनुशासन हो । मानिसको लागि निर्मित कानुन हो जसका कारण के गर्न हुन्छ, के गर्न हुन्न ? भन्ने कुरा स्वयं व्यक्तिले आफै महसुस गर्दछ ।
धार्मिक व्यक्तिलाई कुनै राज्यको कानुनले नियन्त्रण गर्नु पर्दैन । धर्मको अभावमा मातृभूमिप्रतिको मोह भङ्ग भएको छ । विदेशी हस्ताक्षेपलाई ठाडै आमन्त्रण गरिएको छ । पार्टीको सिद्धान्त विचार, अनुशासन, मर्यादा , निष्ठा, सबै स्वार्थका अगाडि टिक्नै सकेनन् । राज्यको धर्म हुँदैन भन्नेहरुले कान खोलेर सुनून् राज्य भनेको भूगोल मात्र होइन । भूगोल भित्र मानिस तिनीहरुको मौलिक संस्कार, संस्कृति, परम्परा पहिचान सबै राज्यभित्र पर्दछन् । राज्यको धर्म हुन्छ । सनातनदेखि चलिआएको धर्ममाथि डलरको प्रलोभनमा परी व्यापक हमला गर्नु पनि अधर्मको कारणले नै हो ।
देशमा राष्ट्रिय सङ्कट गहिरिदै छ । जनता रोग, शोक, भोक र दैवी विपत्तिले छट्पटाएका छन् । तथापि सरकार जनताको समस्या बाट उदासीन हँुदै गएको छ । नीति, नारा र नेतृत्वमा कतै तालमेल देखिँदैन । जनताका प्रतिनिधिबाट जनताको संविधान निर्माण गर्ने भने पनि जनताले दिएका महàवपूर्ण सुझावहरु संसद भवनको आरकाईभमा थन्काएर विदेशीको डिजाइनमा देशले थाम्नै नसक्ने घातक एजेण्डा संविधानमा घुसाइयो । त्यसैको कारणले अहिले देश गहिरो सङ्कटमा फसेको छ ।
नेपाली कागे्रस पार्टीको ऐनामा बाह्र बँुदे दिल्ली सम्झौता पछि वि. पी, गणेशमान, कृष्णप्रसाद भट्टराई जस्ता त्यागी नेताको प्रतिबिम्व हरायो । नेकपा सुन्निएर मोटाको सिद्धान्त निष्ठा सबै हराएको स्वार्थीहरुको अराजक भिडमा रुपान्तरण भयो । त्यो पार्टीको अन्तरमनका जुन उद्देश्यले, जसका लागि कम्युनिष्ट सिद्धान्त कार्ल माक्र्सले प्रतिपादन गरे । उनको प्रतिबिम्व समेत नामेट पार्ने गरी जसरी आमा भान्से उसैका छोरा छोरी भोका भने जस्तो भयो । कम्युनिष्टकै शासनकालमा धनी झन् धनि हुदै जाने वातावरण सिर्जना भयो । राजनीति देश र जनताका लागि नभई केवल स्वार्थमा मात्र केन्द्रित भयो । नेपालको राजनीतिक इतिहासमा यति ठुलो निराशा जनताले कहिल्यै बेहोरेका थिएनन् । यो सबै अधर्मकै कारणले भएको हो ।
संस्कृतमा धर्म शब्दको व्युत्पत्ति गर्दा भनिएको छ ‘धारणात् धर्म मित्याहुर्धर्मो धारयते प्रजा’ अर्थात् असल कुराको धारण गर्नु नै धर्मको परिपालना गर्नु हो । राज्यद्वारा विभिन्न ऐन कानुन बनाई मानिस नियन्त्रण गर्ने प्रयास भन्दा धर्मद्वारा व्यक्ति व्यक्तिका मनमा वा अन्तस्करणमा अनुभूत गराउने मर्यादा र छाप धेरै गुणा काम लाग्ने हुन्छ । त्यसैले धर्म धर्मान्तरण हुँदैन, संस्कार संस्कृतिको मात्र परिवर्तन हुने हो । हामीकहाँ गहिरो गरी धर्मको मर्म बुझ्ने र त्यो अनुसारको व्यवहारमा रुपान्तरण हुने मानिस निकै कम छन् ।
धर्म भनेको मानिसको मनमा पलाउने एउटा भाव हो, जसको अर्थ हुन्छ, मलाई दुख्छ भने अरुलाई पनि दुख्छ अथवा मलाई जुन कुराले अहित गर्दछ त्यसले अरुको पनि हित हँुदैन भन्ने सामान्य भाव मानिसको मनमा पलाउन सक्यो भने क्रिश्चिियन, हिन्दु, जैन, मुस्लिम आदि जुनसुकै पन्थको मानिस भए पनि त्यो धर्मात्मी हो । हामीले परिवर्तन गर्ने भनेको चलन–चल्ती, संस्कार, संस्कृति मात्रै हो । पन्थ परिवर्तन हँुदा हाम्रा कर्मकाण्डहरु परिवर्तन हुन्छन् । पन्थ परिवर्तन गर्दैमा मानिसले मनमा विराजमान भएर रहेको भाव परिवर्तन हुन सक्दैन । त्यसकारण धर्मान्तरण भन्ने गलत कुरा हो ।
धर्म भाव हो भने अध्यात्म गुण हो । धर्मले उपलब्ध गराउने भावबाट अध्यात्म गुणहरु आर्जन गर्न सकियो भने मानिसको व्यावहारिक कुशलता र चेतनाको उत्कृष्टता गाउँ समाजले अनुभुत गर्न थाल्छन् । जुन स्थितिमा पुगेका प्रज्ञावान व्यक्तित्वहरु कहिल्यै कसैको बहकाउमा पनि लाग्दैनन् र आफनो स्वार्थमा लिप्त हँुदैनन् । जस्तो सुवर्ण जति फोहोरमा खसे पनि आफ्नो स्वरुप बदल्दैन, त्यस्तै गरेर प्रज्ञावान व्यक्तित्हरुले पनि भौतिकताको लहैलहैमा लागेर आफ्नो स्वरुप र गुण बदल्दैनन् । धर्मले हरेक क्षेत्रमा राम्रो सन्देश प्रवाह गरि रहेको हुन्छ ।
हिजोआज धर्म तथा आर्थिक व्यक्ति भन्यो भने मठ मन्दिरमा जाने, टिका चन्दन लगाउने, भेटी–घाटी चढाउनेलाई मात्र बुझिन्छ । धर्म यो भन्दा धेरै माथिको कुरा हो । धर्म कुरा गराइ र बोलीबाट होइन व्यवहारबाट जाँचिने कुरा हो । धर्म भनेको अन्तर हृदयसंग सम्बन्धित हुन्छ, मस्तिष्क संग होइन ।
धर्मलाई हरेक मानिसले आफ्नो जीवनशैली बनाउनु पर्छ र मात्र हरेक क्षेत्र धर्मले चल्ने गर्दछन् । जब हरेक कर्म धर्म अनुसार चल्न थाल्दछन्, तब अशान्ति भन्ने गाउँ समाज देशमा हुनै सक्दैन । राजनीति गर्नेहरु राज धर्मले चल्नु पर्छ । हरेक क्षेत्र, वस्तु, पदार्थमा आ—आफ्नो धर्म हुन्छ । प्रज्ञावान ब्राह्मण निष्ठाले चल्नु पर्छ र राजनीति गर्नेेको नैतिक चरित्र र व्यवहार स्वच्छ र पवित्र नहुनाले नै राजनीति वृत्तमा अहिलेको परिस्थिति निर्माण भएको हो ।
आफनो स्वार्थ बाहेकका सामूहिक स्वार्थलाई महàव नदिने, हाम्रा मान्छे बाहेक राम्रा मान्छे छनोट नगर्ने, बेइमान, सत्तामोहका भोकाहरु, देशको भन्दा कुर्चीको मोहमा लिप्त भएकाहरुले इमान र जमानलाई कौडीको मोलमा लिलाम गरेका छन् । मान्छे मारेर राजनीतिमा स्थापित भएका अधर्मी लम्पटहरुका कारण आज देशले दुख पाइरहेको छ ।
यस कारण सर्वप्रथम सबैले धर्मलाई महàव दिनुपर्छ । नत्र भने हरेक क्षेत्रमा अराजकहरुको भिड बढेर कोही कहँी पनि सुरक्षित र शान्त हुने अवस्था रहने छैन ।
लेखक नेपाल सरकारका पूर्व कर्मचारी हुन् ।
यो बिषयमा तपाईको प्रतिकृया