प्रगतिशील पत्रकार संघ बागलुङले स्थानीय तहमा पनि शाखा विस्तार गरेको छ । केही समय अगाडि बरेङमा शाखा विस्तार गरेको संघले मंगलबार बुर्तिबाङमा शाखा गठन गरेको छ । जिल्लाको पश्चिम क्षेत्रमा रहेर पत्रकारिता कर्म गरिरहेका प्रगतिशील पत्रकारहरुको भेलाले मिलन हमालको अध्यक्षतामा ७ सदस्यीय बुर्तिबाङ शाखा गठन गरेको हो । समितिको उपाध्यक्षमा तिलक बुढा मगर, सचिवमा प्रशान्त घर्तीमगर, कोषाध्यक्षमा अशोक छन्त्याल र सहसचिवमा टिकाराम भट्टराई रहेका छन् ।
सदस्यमा रेशमलाल भट्टराई र प्रकाश बुढा चयन भएका छन् । समितिको सल्लाहकारमा लोकेन्द्र सुनार र जिल्ला अध्यक्ष राम सुवेदीलाई चयन गरिएको छ । जिल्लाको जैमिनी नगरपालिकामा पनि शाखा गठनको तयारीमा रहेको संघले जनाएको छ । बागलुङका तीन स्थानीय तहमा शाखा गठन गरेपछि जिल्ला भेला हुने प्रगतिशील पत्रकार संघ बागलुङले जनाएको छ ।
यो बिषयमा तपाईको प्रतिकृया