बागलुङ नगरपालिका –१ रामरेखामा रहेको सिद्धार्थ शिक्षा सदनले अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा सिद्धार्थ शिक्षा सदन प्रथम, न्यू ओएसिस एकेडेमीले दोस्रो स्थान हात पार्न सफल भएका छन् । प्रतियोगिताको विजेताले आठ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । उपविजेता भएको समुहले नगद चार हजार ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ । प्रतियोगितामा बागलुङ नगरपालिका भित्रका विद्यालयहरुको सहभागिता थियो ।
प्रतियोगिताभर उत्कृष्ट खेल प्रदर्शन गर्ने न्यू ओएसिस एकेडेमीका विद्यार्थी असिम थापालाई बेस्ट प्लेयरको रुपमा सम्मान गरिएको छ । प्रतियोगिताभर सिद्धार्थ शिक्षा सदनका पवन पुनले सबैभन्दा धेरै स्कोर गरेका थिए । लामो समयसम्म विद्यार्थीहरु खेल्ने र भिन्न विद्यालयका साथीहरुसंग घुलमिल हुन नसकेको कारणले प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक भोजेन्द्र थापाले बताए ।
खेलकुदका कार्यक्रमले विद्यार्थीहरु लगायत शिक्षकहरुको पनि सहकार्य हुने र विद्यालयहरु बीचको सम्बन्ध थप नजिक हुने हुनाले प्रतियोगिता आयोजना गरिएको उनको भनाई थियो । कार्यक्रम विद्यालयका शिक्षक नगेन्द्र मल्लको सञ्चालनमा सम्पन्न भएको थियो । विद्यालयका प्रधानाध्यापक भोजेन्द्र थापाले विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
यो बिषयमा तपाईको प्रतिकृया