विद्यार्थी राजनीति चिन्ताजनक अवस्थामा छ-वक्ता

रेश्मा थापा-प्रशिक्षार्थी पत्रकार संवाददाता: रेश्मा थापा-प्रशिक्षार्थी पत्रकार
विद्यार्थी राजनीति चिन्ताजनक अवस्थामा छ

पछिल्लो पुस्ताका विद्यार्थीहरुमा राजनीतिप्रति देखिएको उदासीनताले अबको विद्यार्थी राजनीतिको अवस्था चिन्ताजनक देखिएको भन्दै बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले चिन्ता व्यक्त गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन धौलागिरि बहुमुखी क्याम्पसले आफ्नो कार्यकालको चौथो वर्ष पुगेको अवसरमा आयोजना गरेको ‘सङ्कटमा देश, अन्यौलमा विद्यार्थी राजनीति’ विषयक विचार गोष्ठीमा सहभागी विभिन्न व्यक्ति र विद्यार्थी सङ्गठनका नेताले चिन्ता व्यक्त गरेका हुन् ।

कार्यक्रममा सहभागीले देशमा हरेक राजनीति परिवर्तन ल्याउन विद्यार्थी आन्दोलन महत्वपूर्ण भए पनि पछिल्लो समयममा दलहरुको राजनीतिक खिचातानीले उनका भातृ संस्थाको रुपमा रहेका विद्यार्थी संघ सङ्गठनहरुको अवस्था अन्यौलमा रहेको बताएका थिए । उनीहरुले देशमा केही राजनीतिक परिवर्तन भए पनि नेताहरुको व्यवहार परिवर्तन हुन नसकेकोमा चिन्ता प्रकट गरे ।

कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री उर्मिला थपलियाले आफ्नो नेतृत्व विकास गर्नका निम्ति भए पनि विद्यार्थीले राजनीति बुझनुपर्ने बताइन् । उनले अहिलेको परिस्थितिमा शैक्षिक गतिविधिसँगै राजनीतिक गतिविधिलाई पनि सँगसँगै अगाडि बढाउन विद्यार्थीलाई आग्रह गरिन् । ‘राजनीति पहिलै बुझेर आउने कुरा हैन, उच्च शिक्षासँगै यस क्षेत्रमा पनि चासो राख्ने गर्नुपर्दछ,’ थपलियाले भनिन्,‘समाज परिवर्तन गर्नका निम्ति सबै कुरा बुझनु जरुरी छ । यदि हामी कोही पनि राजनीतिप्रति झुकाव राखेनौ भने हामीले चाहेको समाज रुपान्तरण गर्न सकिँदैन ।’

उनले देश राजनीतिक संकटमा जाने खतराबाट जोगाउन युवा विद्यार्थीले भूमिका निर्वाह गर्नुपर्ने बताईन । थपलियाले सबैको आवाज उठाउने संगठन नै विद्यार्थी संगठन भएको हुँदा यहाँबाट आफ्ना आवाजहरु बुलन्द गर्नुपर्ने बताईन । उनले लामो समयदेखि स्ववियु निर्वाचन हुन नसक्नुले पनि विद्यार्थीहरुमा राजनीतिक नैरास्यता छाएको बताइन् । ‘स्ववियु एउटा नेतृत्व विकास गर्ने संस्थाको रुपमा स्थापित थियो । यसको निर्वाचन पनि लामो समयदेखि भएको छैन । यसले गर्दा आम विद्यार्थीलाई राजनीतिप्रति चासो छैन,’ थपलियाले भनिन् ।

कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्यायले राजनीतिले विद्यार्थीलाई उत्प्रेरित गर्ने हुँदा यसप्रति पनि विद्यार्थीको चासो हुनुपर्ने बताए । उनले विद्याथीहरुले आफ्नो व्यक्तिगत विकासका निम्ति पनि हरेक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए । कार्यक्रममा त्रिवि सभा सदस्य प्रा. डा. दिनबहादुर थापाले विद्यार्थीले राजनीतिप्रति चासो राख्ने मुख्य माध्यम भनेकै स्ववियु निर्वाचन भएको हुँदा त्रिभुवन विश्वविद्यालयले नियमित रुपमा निर्वाचन गर्नुपर्ने बताए ।

कार्यक्रममा निवर्तमान स्ववियु सभापति चिरञ्जीवी गौतम, नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय उपाध्यक्ष सागर परियार, सह–महामन्त्री हरिहर शर्माले देशमा राजनीतिक अस्थिरताका कारण विद्यार्थी आन्दोलन पनि पछिल्लो समयमा ओझेल परेकोमा चिन्ता व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल विद्यार्थी संघ बागलुङका जिल्ला सचिव श्रीकृष्ण पौडेल, अनेरास्ववियु बागलुङ जिल्ला संयोजक मिलन काउचा, नेपाल विद्यार्थी संघ धौलागिरि बहुमुखी क्याम्पसका इकाई अध्यक्ष दिनेश पन्त, अखिल छैठौंका इकाई अध्यक्ष दिलिप बुढाथोकी, विद्यार्थी विशेष पराजुली लगायतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रम स्वतन्त्र विद्यार्थी युनियन धौलागिरि बहुमुखी क्याम्पसका अध्यक्ष मनबहादुर थापा ‘मनिष’को अध्यक्षता उपसभापति बालकृष्ण शर्माको स्वागत र सचिव विष्णुराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । प्रशिक्षार्थी पत्रकार

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: रेश्मा थापा-प्रशिक्षार्थी पत्रकार
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal