पाण्डवखानी र बाँसखोलामा तरुणदल गठन

सुरेश छन्त्याल संवाददाता: सुरेश छन्त्याल
tarundal pandavkhani

जिल्लाको गलकोट नगरपालिका—१० पाण्डवखानीमा नेपाल तरुण दल वडा कमिटी गठन गरिएको छ । जसमा अध्यक्ष कुमार पुन, उपाध्यक्ष लाल प्रसाद पुन र दानश काउचा, सचिव कमल श्रीस, सह–सचिव युवराज शाही, कोषाध्यक्ष कमला थापा, सदस्यहरुमा दिपक काउचा, रामु शाही लगाय २१ सदस्यीय समिति गठन गरिएको छ । कार्यक्रममा बोल्दै संविधानसभा सदस्य नरबहादुर पुन निरजले पाण्डवखानीमा नेपाली काँग्रेसको पकड रहेता पनि राजनैतिक शुद्धिकरण हुन जरुरी रहेको बताए ।

उनले जनताले राजनैतिक दलहरुलाइ विश्वास गर्ने वातावरण बनाउन भातृ तथा सुभेच्छुक संघको ठूलो भूमिका रहेको हँुदा देशव्यापी रुपमा विस्तार गर्ने अभियानमा लाग्न सम्पूर्ण तरुण हरुलाइ आग्रह गरे । नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ का सचिव तिलक घर्तीले लोकतन्त्रमा मात्र जनताको अधिकार सुनिश्चित हुने भएको हुँदा आम जनतालाइ लोकतान्त्रिक अभियानमा सरिक गराउन नेता तथा कार्यकर्तामा अपिल गरे ।

नेपाली काँग्रेस वडा कार्य समिति पाण्डबखानीको आयोजनामा भएको भेटघाट कार्यक्रममा नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ का सचिव तिलक घर्ती, जिल्ला सदस्य रामप्रसाद वि.क, नेपाल तरुणदल जिल्ला कोषाध्यक्ष देबेन्द्र घर्ती, नेपाल प्रेस युनियन जिल्ला सदस्य सुरेश छन्त्याल, नगर प्रतिनिधि तथा तरुण दलका जिल्ला सदस्य नवीन शेरचन, तरुणदलका नगर सभापति गोरख भण्डारी, वीपी कोइराला युवा नेतृत्व विकास गलकोटका सभापति रविन बोहोरा लगायतको सहभागीता रहेको थियो ।

सभापति देवराज पुनको अध्यक्षता सचिव ज्ञान श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो। यसैबीच तरुण दल बागलुङले आफ्नो संगठन विस्तारको क्रम तीब्र पारेको छ । जस अन्तर्गत आईतबार गलकोट नगरपालिका वडा नम्वर ९ मा वडा स्तरीय तरुण दलको पुनर्गठन गरिएको छ । खगेन्द्र मान खत्रीको अध्यक्षतामा ५४ सदस्यीय तरुण दलको पुनर्गठन गठन गरिएको हो ।

तरुण दलको उपाध्यक्षमा दिलिप खरेल, कृष्ण प्रसाद गौतम, बिदुर खरेल, सचिवमा ईश्वर गौतम, सह सचिव सरस्वती सापकोटा, कोषाध्यक्ष कमल खरेल तथा सह कोषाध्यक्ष माधव गौतम रहेका छन् । कार्यक्रममा बोल्दै तरुण दल जिल्ला सदस्य पवन हमालले नेपाल तरुण दलको सिद्धान्त, आदर्श र भावना अनुसार काम गर्न आग्रह गरे । उनले संगठन निर्माण, दलको नीति तथा निर्देशन अनुसार एकताबद्ध हुदैं देश बिकासमा अग्रसर हुन युवाहरुलाई आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नम्बर २ का पूर्व क्षेत्रीय सभापति घनश्याम गौतम, गलकोट नगर उपसभापति यज्ञ प्रसाद सापकोटा लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रम तरुण दल गलकोट नगरपालिका वडा नम्वर ९ का निवर्तमान अध्यक्ष चिराग रानाको अध्यक्षता, उपाध्यक्ष मिन बहादुर केसीको स्वागत तथा सचिव कृष्ण प्रसाद गौतम र ईश्वर गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: सुरेश छन्त्याल
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal