नेपालको पत्रकारिताको ईतिहाँस हेर्दा त्यस्तै सात दशक सेरोफेरोको पाईन्छ । विभीन्न व्यक्तिहरुले विभीन्न समयमा नेपालमा पत्रकारितको सुरुवात गर्ने प्रयासहरु भए पनि त्यसको असली विकास भने २०४६ सालको प्रजातन्त्र पुनःस्थापनासंगै भएको हो । नेपाल टेलिभजिन, रेडियो नेपाल र गोरखापत्र बाहेक पञ्चायती कालमा टिक्न गाह्रो थियो । त्यो बेलामा कुनै विषयमा सरकारी अधिकारीलाई चित्त बुझेन भने अञ्चलाधीसले तत्कालै पत्रपत्रिका बन्द गर्नसक्ने व्यवस्थाले निजी क्षेत्रबाट सञ्चारमाध्यमको राम्रो विकास हुन सकेन ।
२०५० साल यता तीब्र हुँदै गएको नेपाली पत्रकारिता र सञ्चार माध्यमको विकास जनआन्दोलन २०६२/०६३ पछि एक प्रकारले बाढीकै रुपमा लिएर आयो । प्रेस स्वतन्त्रताको ग्यारेन्टीले सञ्चार माध्यमहरुको खुल्नका लागि सहज परिश्थीतिले यो स्थीतिको सिर्जना भयो । अहिले स्थीति यस्ता आयो कि नेपालमा एक सय भन्दा बढि टेलिभिजन, सात सय बढि एफ एम रेडियो, वर्गीकरणमै परेका करिब हजार पत्रपत्रिका र पन्ध्रसय हाराहारीमा डिजीटल पत्रिका अनलाईनहरु भैसकेका छन् ।
सञ्चार माध्यमको संख्या जति बढ्दै गयो पत्रकारहरुको संख्या पनि त्यही अनुसार बढ्यो । नेपाल पत्रकार महासंघका सदस्य मात्रै अहिले १२ हजार भन्दा बढि छन् । संञ्चार माध्यम र सञ्चारकर्मीको संख्या जति बढि हुँदै गयो त्यती र पत्रकारिता क्षेत्रमा विकृति भित्रिदै गयो । जसले गर्दा अहिले नियन्त्रणको छलफल पनि प्रसस्त चल्न थालेको छ । आफुलाई चित्त नपरेको व्यक्तिलाई मनपरी गाली गर्ने माध्यमको रुपमा सञ्चारमाध्यमलाई प्रयोग गर्दा प्रेस स्वतन्त्रता माथि प्रश्न उठ्न थालेको छ ।
२०४८ सालमै प्रेस काउन्सील नेपालको स्थापना भएर पत्रकार र सञ्चार माध्यमहरुको नियमन र अनुगमन गर्ने कार्य गरिए पनि त्यसको प्रभावकारीता र एक्सेसमा अझै पनि प्रसस्त प्रश्नहरु छन् । पछिल्ला दिनहरुमा प्रविधिको तीब्र विकासले गर्दा सामाजिक सञ्जालको व्यापक प्रयोगले गर्दा पत्रकारहरु अझ अप्ठ्यारोमा परेका पाईन्छ । सामाजिक सञ्जालमा लेख्ने व्यक्ति पत्रकार हो भन्ने धारणा पनि यदाकदा समाजमा भेटिन थालेको छ । यसले ठूलो चुनौती थपेको छ । प्रेस स्वतन्त्रता स्वनियमनको स्वतन्त्रता हो । प्रेस स्वतन्त्रता भन्नाले मन लागेको कुरा लेख्न पाउने भन्ने पटक्कै होईन ।
प्रेस स्वतन्त्रता सामाजिक उत्तर दायित्व र अनुशासनका साथ स्रोता दर्शक र पाठकहरु समक्ष सञ्चार सामग्री पु¥याउनु हो । प्रेस काउन्सील र नेपाल पत्रकार महासंघले संयुक्त रुपमा पत्रकारहरुले के—के गर्नु हुँदैन भनेर १४ वटा बुँदा नै तयार पारेको छ । ती कुरालाईहरु ध्यानमा राख्दै प्रेस स्वतन्त्रताको उपयोग हुनुपर्छ । पत्रकार आचार संहिता पनि बनेको छ । आचार संहिता पनि कसैले आएर जबरजस्ती मनाउने होईन । पत्रकार स्वयँ आफैले पालना गर्ने विषय हो । प्रेसलाई राज्यले चौथो अंगको रुपमा स्वीकार गरेको छ ।
त्यसको मतलब प्रेसको काम बाँकी तीन वटा अंगहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको कामको समीक्षा गर्ने जिम्मेवारी पनि हो । अरुले गलत ग¥यो भनेर प्रश्न उठाउने पत्रकार र सञ्चारकर्मीमाथि पनि प्रश्नहरु उठ्नेगरी प्रेस स्वतन्त्रताको उपयोग गर्नु भएन । त्यसैले पत्रकार आचार संहिताको पूर्ण पालना हुनु जरुरी छ ।
यो बिषयमा तपाईको प्रतिकृया