काठेखोला गाउँपालिका —६ बिहँुकोटमा केन्द्रीय कार्यालय रहेको गाजा साकोसको सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम बोल्दै गोविन्द प्रसाद शर्मा कँडेलले समृद्ध राष्ट्र निर्माणका लागि सहकारीहरुको भूमिका उच्च रहेको बताएका छन् ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरु गोविन्द्र प्रसाद शर्मा कँडेल, भीमप्रसाद कँडेल, नवनिर्वाचित कोषाध्यक्ष एवं पूर्व अध्यक्ष बृहस्पति कँडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम निर्वाचन समितिका सदस्य कृष्णप्रसाद निउरेको अध्यक्षता, प्रवन्धक नरेन्द्र कँडेलको स्वागत तथा कृष्णप्रसाद निउरे सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रमको अवसरमा नवनिर्वाचित अध्यक्ष तिलक प्रसाद कँडेलले प्रतिवद्धता मन्तव्य समेत व्यक्त गरेका थिए ।
यो बिषयमा तपाईको प्रतिकृया