थम्मन थापा-
जिल्लाको विकट गाउँ सल्यानमा केन्द्रीय विद्युत पुगेपछि स्थानीय हर्षित भएका छन । बरेङ गाउँपालिका—४ सल्यानमा नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत सेवा विस्तार गरी सञ्चालनमा ल्याएपछि स्थानीयमा खुसीयाली छाएको छ । केन्द्रीय विद्युत प्रसारणको उद्घाटन कार्यक्रममा वडा भित्रका ११ घरधुरी विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर वितरण गरिएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिए । विपन्न घरधुरीलाई केन्द्रीय विद्युत सेवाबाट बञ्चित हुन नदिन प्राधिकरणको अभियान अन्तर्गत उक्त कार्य गरिएको केन्द्र प्रमुख गोशलीले बताए ।
सल्यानमा केन्द्रीय विद्युतीकरण गर्न प्राधिकरणले ४५ लाख रुपैयाँ खर्च गरेको उनले उल्लेख गरे । केन्द्रीय विद्युत सेवा सञ्चालनमा आएपछि लामो समयदेखि स्थानीय लघु जलविद्युतको भरमा रहेका सल्यानबासी जनताहरू केन्द्रीय विद्युतको पहुँचमा जोडिएका छन । केन्द्रीय विद्युतीकरणको विस्तार र सञ्चालनसँगै वडा भित्रका एक सय २५ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन । सल्यानको राजरुख टोल र कालेशोरा टोलका ६९ घरधुरीले तीन वर्ष पहिलेदेखि नै बरेङ गाउँपालिका—५ सुखौरामा रहेको ट्रान्सफर्मर मार्फत केन्द्रीय विद्युत उपभोग गर्दै आइरहेका छन ।
योसँगै सल्यानमा पूर्ण रूपमा केन्द्रीय विद्युतीकरण भएको वडा सदस्य जनबहादुर खत्रीले बताए । विपन्न परिवारले निःशुल्क मिटर बक्स प्राप्त गरेपछि खुसि भएका छन । आर्थिक अभावका कारण आफूहरु विद्युत सेवाबाट बञ्चित हुनु परेको र अब भने जीवनमा विद्युतले उज्यालो प्रदान गर्ने विश्वास व्यक्त गरेका छन । घरमा केन्द्रीय विद्युत बलेपछि उज्यालो हुनुका साथै मोवाइल चार्ज, रेडियो सुन्न, विद्यार्थीलाई पढन लेख्न सहज हुने स्थानीय सञ्जु विश्वकर्माले बताईन् । सल्यानमा केन्द्रीय विद्युत नहुँदा साना उद्योग, व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको र केन्द्रीय विद्युतको सेवा सञ्चालनमा आएसँगै जनताको दैनिकीमा सहजता हुने बरेङ गाउँपालिका—४ का वडा अध्यक्ष लीलबहादुर खत्रीले बताए ।
लामो समयदेखि केन्द्रीय विद्युत बाल्न आफूहरु प्रयासरत रहेकोमा र विद्युत बाल्न सफल भएको उनले बताए । लघु जलविद्युत सञ्चालन गर्दा थुप्रै चुनौतिको सामना गर्नु परेको र अब उक्त समस्या टरेको वडा अध्यक्ष खत्रीको भनाई छ । सो अवसरमा वडा अध्यक्ष खत्रीले नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रलाई आवश्यकता अनुरूप वडामा थ्री फेज लाइन विस्तार तथा व्यवस्थापन सम्बन्धी माग पत्र प्रदान गरेका छन् । विद्युत प्राधिकरणले बरेङ गाउँपालिका—५ सुखौराका ५ विपन्न घर परिवारलाई पनि निःशुल्क विद्युत मिटर वितरण गरेको वडा अध्यक्ष अमर बहादुर शेरपुञ्जाले जानकारी दिए ।
कार्यक्रममा सल्यान सुखौरा माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद शर्माले मन्तव्य राखेका थिए । सो अवसरमा नेपाल विद्युत प्राधिकरणका प्रमुख, प्राविधिकहरुसँगै १५ वर्ष माइक्रोहाइड्रो लघुजलविद्युत आयोजनामा प्राविधिकको रूपमा सेवा प्रदान गरे बापत नगद सहित सम्मान प्रदान गरिएको थियो । कार्यक्रम ग्रामिण विद्युतीकरण उपभोक्ता समिति सल्यानका अध्यक्ष सुवास क्षेत्रीको अध्यक्षता, ग्रामीण विद्युतीकरण उपभोक्ता समितिका सचिव हरिकृष्ण गौतमको स्वागत मन्तव्य र शिक्षक राम प्रसाद चापागाईको सञ्चालनमा सम्पन्न भएको थियो ।
दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका
बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...
Read more
यो बिषयमा तपाईको प्रतिकृया