नगरपालिका भित्र करको दायारामा आउन नसकेकालाई करको दायरामा ल्याउने उद्देश्यले गलकोट नगरपालिकामा राजस्व परामर्श तथा अध्ययन समिति गठन गरेको छ । गलकोट नगरपालिकामा नगर उप–प्रमुख रेनुका काउचाको संयोजकत्बमा ५ सदस्यीय राजस्व परामर्श तथा अध्ययन समिति गठन गरिएको हो ।
आगामी आर्थिक बर्ष २०७८/७९ लाई लक्षित गरि करको दायरा भित्र आउन नसकेका तथा राजस्वको दायरा भित्र ल्याउने छ । त्यसैगरी बैज्ञानिक र ब्यबाहारिक हुन नसकेका सम्पुर्ण ब्यापार ब्यबसाय खानिजन्य उत्पादन लगायतको अध्ययन गदै उचित मुल्याङन गर्दै आगामि १ महिना भित्र यसको प्रतिबेदन नगरमा पेश गर्ने निर्णय गरिएको गलकोट नगरपालिकाका प्रशासकिय अधिकृत तुल बहादुर बि.क जानकारी दिए ।
गलकोट नगरपालिकाकी नगर उपप्रमुख रेनुका काउचाको अध्यक्षतामा सम्पन्न बैठकले गलकोट नगर क्षेत्र भित्र आम नागरिकलाई करको दायरामा समाबेश गर्ने योजना अनुसार बैज्ञानिक तथा व्यवहारिक कर निर्धारण गर्ने गरि छलफल गरिएको थियो ।
यो बिषयमा तपाईको प्रतिकृया