‘तारा बुढा बचाउ’ अभियानमा १० लाख रुपैयाँ संकलन

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता
tara budha bachau aviyan

जिल्लाको तमानखोलाका तारा बुढा बचाउ अभियानमा १० लाख रुपैयाँ संकलन भएको छ । तमानखोला गाउँपालिका– ३ का १६ वर्षीय बुढा बचाऊ अभियानमा बिहिबारसम्म १० लाख रुपैयाँ संकलन भएको गाउँपालिका अध्यक्ष अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिए । अध्यक्ष बुढा नेतृत्वमा उक्त अभियान संचालन गरिएको थियो ।

गत माघ २१ गते विद्यालयको छतबाट खसेर ६ दिनसम्म बेहोस बनेका ताराको थप उपचारको लागि रकम संकलन अभियान थालिएको थियो । परिवारको आर्थिक अवस्था कमजोर भएका ताराको उपचारमा अभाव नहोस भन्ने उद्धेश्यले आर्थिक सहयोग सकंलन अभियान थालिएको गाउँपालिका अध्यक्ष बुढाले जानकारी दिए । धनगौज्योति माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्यनरत ताराको उपचारको लागि हेलिकप्टर मार्फत पोखराको मणिपाल अस्पताल पु¥याईएको थियो ।

२१ दिनको उपचारपछि बिहिबार मात्र तारालाई अस्पतालले डिस्चार्ज गरेको छ । हेलिकप्टरको चर्टर, अस्पतालमा खर्च गरि हालसम्म करिब ३ लाख रुपैयाँ बराबर खर्च भएको अध्यक्ष बुढा मगरले जानकारी दिए । बाँकी रहेको रकम केही दिनमा नै तारालाई हस्तान्तरण गरिने उनले बताए । तारा बुढा बचाऊ सहयोग अभियानमा देश विदेशबाट विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गरेका थिए ।
बुढाले गाउँपालिकाको तर्फबाट सहयोगी दातालाई धन्यवाद समेत दिएका छन ।

ताराको टाउकोमा गम्भीर चोट लागेको थियो । ताराको परिवारमा बाबु आमा, दुई बहिनी गरी पाँच जना रहेका छन । खेती किसानीमा निर्भर रहेको परिवारमा आर्थिक अवस्था कमजोर भए पछि सहयोग संकलन अभियान संचालन गरिएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal