जैमिनी नगरपालिका–४ सर्कुवा मौलाछमा रहेको सर्वोदय प्राथमिक विद्यालयले ६५ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सव उदघाट्न समारोहमा बोल्दै जैमिनी नगरपालिका कार्यपालिका सदस्य चन्द्र बहादुर केसीले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि स्थानिय तह तल्लिन भएको बताए ।
उनले शैक्षिक क्षेत्रको विकासका निम्ती समुदायको पनि महत्वपुर्ण भुमिका हुने बताए ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक लेखनाथ शर्माले बिद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन गरेका थिए ।
बार्षिकोत्सवको अवसरमा प्रा.वि स्तरिय हिसाब दौड प्रतियोगिता, चम्चागुच्चा प्रतियोगिता, म्युजिकल चियर, तथा हाजिरी जवाफ लगाएतको प्रतियोगिता आयोजना विद्यालयका शिक्षक शिलशिला केसीले जानकारी दिए ।
कार्यक्रमको अवसरमा स्थानिय भजन र रत्यौलीबाट मनोरञ्जन प्रदान गरिएको थियो । जैमिनी नगरपालिकाको आठौँ नगरसभा तथा हिउँदे अधिवेशनसम्पन्न भएको छ । शुक्रबार बिधायन समितिका संयोजकले पेश गर्नुभएको बिधेयक, ऐन तथा निर्देशिका पारित गर्दै आठौँ नगरसभा सम्पन्न भएको हो ।
यो बिषयमा तपाईको प्रतिकृया