जिल्लाको काँठेखोला गाउँपालिका वडा न ५ बिहुँ पखरामा अवस्थित अमर अमर मावि बिहुँले आफ्नो ५५ वार्षिकोत्सव समरोह विविध कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । सदाका वर्ष बसन्त पन्चमीको दिन वार्षिकोत्सव मनाउँदै आएको विद्यालयले यस वर्ष मूल समारोह सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाले शिक्षाले समाज रहेका हरेक क्षेत्रमा विकासको महत्वपूर्ण योगदान पु¥याएको जिकिर गर्दै विद्यार्थी, शिक्षक, अभिभावकमा नैतिक शिक्षा हुनु वर्तमान समयको उपलब्धी हुने र यस्ले विकसित र असल समाज निर्माण टेवा पुग्ने बताए ।
उनले देशैभरमा सरकारले सिमित विद्यालयलाई नमुना विद्यालय कार्यक्रम अन्तर्गत पारेको र सो कार्यक्रममा अमर मावि बिहुँ पर्नु सबैका लागि गर्वको विषय भएको बताए । उनले आफ्नो तर्फबाट पनि कुनै न कुनै भौतिक निर्माण या शैक्षिक क्षेत्रमा विद्यालयलाई विकास बजेट विनियोजन समेत गरेको र थप सहयोग गर्न तत्पर रहेको समेत बताए ।
सो कार्यक्रममा संस्थापक अध्यक्ष एवं पूर्व सांसद गोविन्द प्रसाद कंडेलले विद्यालय पवित्र संस्था रहेको शैक्षिक क्षेत्रमा धेरै विकृतिहरु भित्रिएकाले ती विकृतीहरुको अन्त्य गर्न शिक्षक विद्यार्थी अभिभावक मिलेरै अघि बढे मात्र शैक्षिक गुणस्तर वृद्धि गर्न सकिने बताए । विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक भिष्म कंडेलले कुल आम्दानी तीन करोड १७ लाख उन्चालिस हजार तीन सय ४१ र अघिल्लो वर्षको मौजुदा तीन करोड चार लाख उनन्पचास हजार सात सय नव्बे गरी कुल ६ करोड २१ लाख उनानव्वे हजार ९ सय ३२ खर्च तीन करोड उन्पचास लाख ७० हजार पाँचसय ८४ शैक्षिक, भौतिक र व्यवस्थापकिय पक्षमा खर्च भएको र दुई करोड ७२ लाख उन्नाईस हजार तीन सय ४७ रुपैयाँ बचत रहेका जानकारी दिए ।
उनले विद्यालय शैक्षिक गुणस्तर वृद्धि गर्नको लागि छात्राबास साथै गरिब जेहेन्दार विद्यार्थीहरुको सहयोगको लागि विद्यार्थी कल्याण कोषको स्थापना गरिएको समेत बताए ।सो कार्यक्रममा संस्थापक एवं पूर्व गाविस अध्यक्ष कमलापति कँडेल, ज्ञामनाथ कँडेल, ज्ञानकुमारी श्रीस शर्मा, लिलाधर कँडेल, खगिसरा न्यौपाने, नविनप्रसाद कँडेल, गौरिशंकर सुवेदी, विद्यालय व्यबस्थापन समितिका सदस्य चन्द्रदत्त कँडेल, उद्योगी राजु सापकोटा, विद्यार्थीहरु दिनेश कँडेल, सिर्जना सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा विद्यालयमा आयोजना गरिएका विभिन्न प्रतियेगिता प्रथम द्वितिय, तृतियलाई साथै वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्राछात्रलाई विद्यालयमा स्थापित गरिएका अक्षय कोषहरुबाट पुरस्कार वितरण गरिएको थियो। विद्यालयका निप्रअ रघुपति शर्माले स्वागत गरेको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद कँडेलेको अध्यक्षता तथा शिक्षक गणेश प्रसाद कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
यो बिषयमा तपाईको प्रतिकृया