कालिका कन्या मन्दिर माध्यमिक विद्यालय बागलुङले मंगलबार वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । विक्रम संवत २०१० बाट प्रौढ शिक्षा सञ्चालन गरी २०१५ सालमा आंशिक रुपमा पढाई भएको विद्यालय २०२९ मा औपचारिक स्थापना भएको थियो । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी दण्डपानी शर्माले जिल्लाकै पुराने मध्येको विद्यायल रहेकाले आफुले विद्यालयलाई गर्न सक्ने सबै प्रकारका सहयोग गर्न सधैं तत्पर रहेका बताएका छन् ।
विद्यालयको विकासको लागि चाहिने सम्पूर्ण आर्थिक तथा अन्य सहयोग गर्न आफु तयार भएको बताएका छन् । कार्यक्रमको अवसरमा रघुनाथ गौतम स्मृति पुरस्कार अन्तर्गत हरेक कक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । त्यसैगरी लालबहादुर कर्णकुमारी स्मृति पुरस्कार उत्कृष्ट विद्यार्थीहरु मध्येका ४ विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा विकास नेपाली , शान्ति रिजाल, योगमाया कँडेल र नविना छन्त्याल रहेका छन् ।
कुलबहादुर श्रेष्ठ विपन्न अनुसाशित पुरस्कार विद्यार्थीहरु प्रबिण राई, सुशिला थापालाई पुरस्कृत गरिएको छ । यस पुरस्कार विद्यार्थीमध्येका उत्कृष्ट तथा गरिब विद्यार्थीहरुलाई दिने गरिएको विद्यालयका प्रधानाध्यापक धनराज सापकोटाले बताए । विद्यालयमा लामो समय सेवा गरेका दुई शिक्षक वीरबहादुर किसान र सुर्दशन शाक्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयको आन्तरिक परीक्षामा उत्कृष्ट अंक ल्याउने तथा विभिन्न खेलकुद कार्यक्रमका विजेता विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा कुलबहादुर श्रेष्ठ विपन्न पुरस्कारका बागलुङ प्रतिनिधि अशोक गोबिन्द राज भण्डारी, विद्यालयका पूर्व अध्यक्ष रमाकान्त सापकोटा, शिक्षक ईश्वर ठाकुर पौडेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम शिक्षक हुमा रिजालको स्वागत मन्तव्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमसेनकुमार श्रेष्ठ अध्यक्षता, शिक्षक वीरबहादुर किसानको सञ्चालन तथा शिक्षक लक्ष्मीकान्त शर्माको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो ।
यो बिषयमा तपाईको प्रतिकृया