बागलुङ- भंगेरी चरीबाट नेपाली लोक संगितमा निकै चर्चामा रहेकी लोक तथा दोहोरी गायीका रिना केसीले ‘चरी उड्यो डाली छोयर’ दोहोरी गित सार्वजनिक गरेकी छन । परदेशी र घरदेशीको कथाले समेटिएको उक्त गितमा गायीका केसी र बिमल परियारको स्वर रेहेको छ । उक्त गित गायीका केसीको आफ्नै युबट्युब च्यानल मार्फत आईतबार भिडियो सार्वजनिक भएको छ ।
गितको शब्द र लय चर्चित गायक तथा शब्द संकलक शंकल्प सुवेदीको रहेको छ । चर्चित निर्देशक कपिल लामाको निर्देशनमा निर्मित उक्त गितको भिडियोमा पछिल्ला समयमा लोकप्रिय मोडल ओबी रायमाझी र सारिका केसीले अभिनय गरेका छन ।
जनता डिजिटलको प्रोड्क्सन रहेको उक्त गितमा पदेशीले भोग्नु परेका कुराहरुलाई चित्रण गरिएको छ । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छ । यसै क्रममा यो गितले पनि लोकसंगित प्रेमी श्रोताहरुको मन जित्नेमा आशा लिईएको छ ।
भिडियो
यो बिषयमा तपाईको प्रतिकृया