बागलुङ- नेपाल शिक्षक संघ बागलुङले जिल्ला विभिन्न स्थानिय तहहरुमा आफ्नो तेस्रो स्थानिय तह प्रतिनिधि सभा संचालन गर्दै आएको छ । शैक्षिक क्षेत्रको उन्नयन र संगठनलाई मजबुत बनाउने उद्देश्यले हरेक स्थानिय तहमा संघले प्रतिनिधि सभा संचालन गरेको हो । स्थानिय तहमा प्रतिनिधि सभा संचालन पश्चात जिल्ला तहको बृहत भेला तथा सभा संचालन हुने नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त पौडेलले जानकारी दिए ।
दश स्थानिय तह मध्ये हाल सम्म पाँच स्थानिय तहमा प्रतिनिधि सभा सम्पन्न भै सकेको छ । जिल्लाको निसीखोला गाउँपालिका तमानखोला गाउँपालिकामा यस अघि नै प्रतिनिभि सभा संचालन भएको थियो भने शनिबार जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको संयुक्त प्रतिनिभि सभा हाँडीकोटको टापुरमा सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्दै नेपाली काँग्रेसका आमन्त्रीत केन्द्रिय सदस्य किरणराज पौडेलले शिक्षकहरु हाम्रो समाजको परिवर्तनको यौद्धा भएको हुँदा सवैले सम्मान गर्नुपर्ने बताए । उनले नेपाल शिक्षक संघले आफ्नो संगठन मजबुद बनाउका निम्ती संचालन गर्ने यो अभियानले नेपाली काँग्रेसको संगठन सुदृढिकरणका निम्ती पनि सहयोग पुगेको बताए । उनले शिक्षकहरु आफ्नो पेशा र संगठन प्रति निकै उत्तरदायि हुने समेत बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति दिपेन्द्र बहादुर थापाले शिक्षक संघको अभियानले सिंगो काँग्रेसलाई सहयोग भएको बताए ।
कार्यक्रममा जैमिनी नगरपालिकाका नगरप्रमुख ईन्द्रराज पौडेल, तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा, नेपाल शिक्षक संघका पुर्व केन्द्रिय सदस्य नारायण शर्मा पौडेल, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष उमाकान्त पौडेल, काँग्रेस महासमिति सदस्य कल्पना हमाल पाठक, महाधिवेशन प्रतिनिधि हरिहर शर्मा नेपाल तरुणदल बागलुङका अध्यक्ष उमाकान्त पौडेल‘बाबु’ नेपाल ट्रेड युनियन काँग्रेसका सचिव कुमार प्रसाद उपाध्याय, नेपाल शिक्षक संघ बागलुङका उपाध्यक्ष सिता शर्मा, सचिवद्धय हेमराज गैरे, लक्ष्मीकान्त पौडेल ‘राजेन्द्र’ शिक्षक महासंघ बागलुङका उपाध्यक्ष शिलशिला केसी, नेपाली काँग्रेसका क्षेत्रीय सचिव विष्णु आचार्य, शिक्षक संघका सहसचिव मदन बहादुर कार्की, जिल्ला सदस्य हरिनारायण पौडेल, बरेङ गाउँपालिका संयोजक प्रेम बहादुर खत्री लगायतले बोलेका थिगए ।
कार्यक्रम नेपाल शिक्षक संघ जैमिनी नगरपालिकाका संयोजक टेकनारायण आचार्यको अध्यक्षतामा उपाध्यक्ष थुमा केसीको स्वागत र बरेङ गाउँपालिकाका सचिव पुर्ण प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो । संघले आगामी फागुन ८ गने जिल्लाको बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको संयुक्त प्रतिनिधि सभा काठेखोला गाउँपालिकाको खहरेमा गर्ने तय गरेको शिक्षक संघ बागलुङका अर्थ सचिव राजेन्द्र पौडेलले जानकारी दिए ।
यो बिषयमा तपाईको प्रतिकृया