बागलुङ नगरपालिका–१२ अमलाचौरमा नेपाली काँग्रेसका भातृ संस्था नेपाल तरुणदलको भेला तथा अधिवेशन सम्पन्न भएको छ । कार्यक्रमको उदघाट्न गर्दै नेपाल तरुणदल बागलुङका उपाध्यक्ष गोविन्द बहादुर पौडेल ‘गोपाल’ कम्युनिष्टहरुले देशमा कहिलै पनि परिवर्तन ल्याउन नसक्ने दाबी गरे । उनले मुलुकमा हरेक परिवर्तन नेपाली काँग्रेसकै नेतृत्वमा भएको बताउँदै कम्युनिष्टहरु देशमा अराजक मात्र बढाउने काम गरेको आरोप लगाए ।
पौडेलले तरुण युवाहरु मुलुक परिवर्तनका निम्ती जस्तो सुकै आन्दोलन गर्नका निम्ती पछि नपर्ने बताए । ‘अब देशमा युवाहरुले नेतृत्व लिनुपर्दछ पौडेलले भने,– ‘पाका र पुराना नेताहरुलाई हामी सम्मान गछौं । उनिहरु अब युवाको काँधमा जिम्मेवारी सुम्पिएर परिवर्तन हेर्न साहस गर्नुपर्छ । यसो गरे देश परिवर्तन हुन्छ नत्र सधै राजनिति खिचातानी मात्रै हो ।’ उनले देशको राजनिति परिवर्तन कसरी गर्ने भन्ने बारे तरुण युवाहरुबाट सिक्न जरुर रहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सदस्य नारायण श्रेष्ठ, नेपाली काँग्रेस अमलाचौरका सभापति कोपिलामणी शर्मा, पैयुँपाटाका सभापति चन्द्रबहादुर खत्री, बागलुङ नगरपालिका–१४ नारायणस्थानका अध्यक्ष चक्रबहादुर खत्री, लगायतले बोलेका थिए । कार्यक्रम नेपाल तरुणदल अमलाचौरका अध्यक्ष देवेन्द्र पौडेलको अध्यक्षता, नेपाल शिक्षक संघका केन्द्रिय प्रतिनिधि हरि लामिछानेको स्वागत र नेपाली काँग्रेस अमलाचौरका सचिव ढाकाराम पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
अधिवेशनले महानन्द पौडेलको अध्यक्षतामा नेपाल तरुणदल अमलाचौर वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा हरि पौडल र कृष्ण नेपाली सचिवमा प्रकाश लामिछाने, कोषाध्यक्ष उषा पौडेल र सहसचिव यामबहादुर गौतम रहेका छन । अधिवेशनले कार्यसमितिको सदस्यमा थप १५ जनालाई निर्वाचित गरेको छ । नेपाल तरुणदल बागलुङले जिल्लाका ८५ वटै वडामा तरुणदलको भेला तथा अधिवेशन गर्ने गरी संगठन विस्तारको अभियान संचालन गरेको हो सोही अभियान अन्तरगत अमलाचौरमा पनि भेला तथा अधिवेशन सम्पन्न गरिएको उपाध्यक्ष पौडेलले बताए ।
दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका
बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...
Read more
यो बिषयमा तपाईको प्रतिकृया