अब दुर्गम रहेन ‘तमानखोला’

छबिलाल पाण्डे संवाददाता: छबिलाल पाण्डे
अब दुर्गम रहेन ‘तमानखोला’

तमानखोला गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण भैरहेको विद्यालय भवन । तस्विरःमुक्तिक्षेत्र ।

केही वर्ष अगाडीसम्म तमानखोला भन्दा बित्तिकै जिल्लाको सबैभन्दा दुर्गम ठाउँको चित्र मानस पटलमा नाँच्थ्यो । अहिले भने तमानखोलाले आफ्नो परिचय बदल्दै गएको छ । जिल्लाको खुंखानी, नर्जाखानीमा कहिल्यै सरकारी मानिसहरु पुग्दैनथे । जसले गर्दा उनीहरुले सधैं ओझेलमा बस्नुप¥यो । अहिले स्थानीय तहको गठन भएसंगै तमानखोला गाउँपालिकाले दुर्गम क्षेत्रको रुपमा लागेको ट्याग मेटाउने ध्याउन्नमा लागेको छ । अहिले पालिका भित्र सडक सञ्जाल, स्वास्थ्य क्षेत्रमा नागरिकको पहुँच लगायतका विषयले गर्दा विस्तारै सुगम बन्दै गएको छ ।

मोटरबाटो पुगेपछि कैयौं दिन पैदल हिँडेर जिल्ला सदरमुकाम आईपुग्नुपर्ने समस्या हटेर अहिले एकाध घण्टामै आईपुगिने भएको छ । स्थानीत तह हुनुभन्दा अगाडी दुर्गम क्षेत्र भएकै कारण कसैको नजर नपर्ने उक्त पालिकामा अहिले सबै वडामा सडक सञ्जाल जोडिएको छ । विकासको महत्वपूर्ण आधार मध्यको एक सडक भएका कारण आफुलहरुले प्राथमिकताका साथ योजना छनौट गरेर सबै वडामा सडक पु¥याइएको गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताए ।

‘गाउँ ठाउँको विकासका लागि सबैभन्दा पहिलो आवश्यकता सडक सञ्जाल नै रहेछ, हामीले अहिले प्रत्येक वडामा त्यो पनि टोल टोलमा सडक पु¥याउने काम गरिरहेका छौं,’ उनले भने,‘जीवनमा घर अगाडी बाटो आउला भनेर कहिल्यै कल्पना नगरेका नागरिकले घरबाटै गाडी चढ्न पाएका छन् ।’ गाउँपालिका भित्रको वडा मात्रै होईन वडाका पनि अधिकांस बस्तीमा सडक पुगेको उनी बताउँछन् । सडक नपुग्दा खुंखानी, नर्जाखानी, लगायत गाउँबाट दिनभर हिँडेर बुर्तिबाङ पुग्नु पथ्र्यो ।

गाउँमा कोहि बिरामी पर्दा डोकोमा बोकेर भरिया लगाएर गाउँलेले उपचार गर्न बुर्तिबाङसम्म ल्याउन बाध्य हुन्थे तर अहिले वडा–वडामा स्वास्थ्य सेवाको सहज पहुँच पुगेको छ । खुंखानी नर्जाखानीमा सडक सञ्जाल पुगेपछि अहिले यातायात र स्वास्थ्य सेवाका लागि पनि सहजता भएको वडा नम्बर ६ का वडाध्यक्ष कुलबहादुर छन्त्याल बताउँछन् । ‘सडक नहुँदा डोकोमा बसेर बिरामी बुर्तिबाङसम्म लैजानुपथ्र्यो, बाटैमा कति सुत्केरी महिलाको ज्यानै पनि गएको छ,’ उनी भन्छन्,‘अहिले गाउँमै बर्थिङ सेन्टर पनि सञ्चालनमा छ ।
यहाँ नहुने खालको देखियो भने बुर्तिबाङ पठाउन पनि सजिलो भएको छ । दुई घण्टामै बुर्तिबाङ पु¥याउन सकिन्छ ।’ भौगोलिक रुपमा कठिन ठाउँ भएका कारण सडक सबैभन्दा बढि आवश्यकताको विषय देखिए पनि शिक्षा र स्वास्थ्यलाई पनि गाउँपालिकाले मुख्य प्राथमिकतामा राखेर काम गरेको तमानखोला गाउँपालिका उपाध्यक्ष मानसरी शेरचन बताउँछिन् । ‘हामीले यहाँ शिक्षा र स्वास्थ्यलाई पनि पहिलो प्राथमिकतामै राखेर काम गरेका छौं,’ उनी भन्छिन्,‘सडक नपुगेका ठाउँमा सडक पु¥याउने काम त भयो । नागरिकलाई सहज शिक्षा र स्वास्थ्यको पहुँचमा पु¥याउने काम पनि हाम्रै हो ।’

गाउँपालिकाले सचेतना मुलक अभियान नै सञ्चालन गरेर बाल विवाहको अन्यका लागि ठूलो सफलता हात पारेको छ । सचेतना मुलक कार्यक्रम मार्फत बाल विवाह रोकथाममा उल्लेख्य सफलता मिलेको वडा नम्बर २ का अध्यक्ष अध्यक्ष मिनबहादुर घर्तीले बताए । शिक्षातर्फ गाउँपालिकाले सबै विद्यालयलाई पहिले भौतिक रुपमा सुविधा सम्पन्न बनाउने काम गरेको छ । जिर्ण भवनहरु हटाएर धमाधम विल्डीङ निर्माणको काम अगाडी बढेको छ । शान्ति मावि, भगवती प्रावि, हिले प्रा.वि, विद्या सागर प्राविको भौतिक पूर्वाधार सुधार भइसकेको छ ।

गाउँपालिकाले ८ कोठे भवन बनाउनुका साथै धनगौज्योति माध्यमिक विद्यालयमा ९ कोठे पक्की भवन निर्माण भैरहेको छ । हिले प्रावि, सरस्वती आवि, दिल्ली प्राविको ४ कोठा पक्कि भवन बनेको छ । विद्यालयतमा तारबार लगाउने, शौचलय, खानेपानीको धारा व्यवस्थापनका काम धेरै भएका छन् । विगतमा चन्दा उठाएर शिक्षक पाल्नुपर्ने समस्याको गाउँपालिकाले अन्य गरेको तमानखोला शिक्षा शाखा प्रमुख पुरन घर्ती बताउँछन् । त्यसका लागि स्थानीय शिक्षकहरुलाई गाउँपालिकाले तलब खुवाउँदै आएको छ ।
गाउँपालिकाले आफ्नै पाठ्यक्रम निर्माण गरेर पढाई सञ्चालन गर्ने तयारीमा छ । सामान्य बिरामी पर्दा समेत बुर्तिबाङ झर्नुपर्ने तमानखोलावासीको बाध्यता हट्दै गएको छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरिरहेको लगानीका कारण त्यहाँका नागरीकलाई निकै सहज भएको छ । स्थानीय तह आउनु अगाडी ३ वटा स्वास्थ्य संस्थाबाट सेवा पाइरहेको नागरिकले अहिले गाउँ–गाउँबाट सेवा लिइ रहेका छन् । गाउँपालिकाले टोल टोलमा स्वास्थ्य इकाई स्थापना गरिएपछि गर्भवती सुत्केरी, बालबच्चा, जेष्ठ नागरीक तथा असहाय गरीव विपन्न वर्गले गाउँका स्वास्थ्य सस्थावाट सेवा लिइरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा ग्रामीण स्वास्थ्य सुधार परियोजनाले समेत राम्रो सहयोग गरिरहेको छ । दुर्गम गाउँमा रहेका स्वास्थ्य संस्थामा ल्याव सेवा, गर्भवती सेवा,३ स्वास्थ्य संस्थामा वर्थिङ सेन्टर व्यवस्थापनसँगै स्वास्थ्य इकाई व्यवस्थापन र सचेतना मुलक कार्यक्रम गरिरहेको छ । गाउँपालिकाले आफ्नै प्रशासनिक भवनबाट नागरिकलाई सेवा दिनेगरी काम अगाडी बढाएको छ । अहिले भवन निर्माणको काम तिब्र गतिमा अगाडी बढेको छ ।

८६ लाख लागतमा बन्न लागेको उक्त भवन तालिम हल सहितको हुनेछ । वडा कार्यालयहरुको भवन व्यवस्थापनको काम पनि तिब्रताका साथ अगाडी बढेको तमानखोला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास लम्सालले बताए । वडा नम्बर ५ मा गाउँपालिकाको बजेट मार्फत भवन निर्माण चरणमा रहेको र अन्य वडाको क्रमश भवन निर्माण गरिने बताईएको छ । एक घर एक धारा अभियान सहित खानेपानी व्यवस्थापनमा जुटेको गाउँपालिकाले हालसम्म ६० प्रतिशत घरधुरीमा स्वच्छ खानेपानीको पु¥याएको छ ।
पर्यटन, जडिबुटी, खनिज जस्ता आम्दानी मुलक क्षेत्रलाई समेत दीर्घकालीन योजनाका साथ कार्यक्रम लिइएको गाउँपालिका अध्यक्ष बुढा मगरले बताए । विभिन्न सूचकहरुलाई आधार मानेर जनताको आवश्यकताका आधारमा अल्पकालीन र दिर्घकालीन योजना लिएर गाउँपालिकाले काम गरिरहेको उनको भनाई छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: छबिलाल पाण्डे
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal