बाख्रापालनबाट मनग्गे आम्दानी

मुक्तिक्षेत्र संवाददाता संवाददाता: मुक्तिक्षेत्र संवाददाता
बाख्रापालनबाट मनग्गे आम्दानी

पछिल्लो समय परम्परागत कृषिबाट भन्दा व्यवसायिक कृषिबाट मनग्गे आम्दानी हुँदै गइरहेको छ । कृषकलाई व्यवसायिक कृषितर्फ आर्कषित गर्नको लागि नगरपालिकाले अनुदान लगायतका अन्य सेवा–सुविधा पनि उपलब्ध गराउदै आइरहेको छ । कोरोना भाइरस र लकडाउनका कारण पनि कतिपय विदेशियका युवाहरु समेत गाँउघरमा फर्केर व्यवसायिक कृषि तथा पशुपालन तर्फ आकर्षित भईरहेका बेला गलकोट नगरपालिका वडा नं. ८ काडेँबास उचकाका दुर्गाबहादुर खत्री पनि परम्परागत कृषि भन्दा व्यवसायिक कृषितर्फ आर्कषित भई व्यवसायिक रुपमा बाख्रापालनमा लागेका छन ।

व्यवसायिक कृषिबाट मनग्गे आम्दानी हुने सोचेर दुई वर्ष पहिले देखी औपचारीक रुपमा बाख्रापालन व्यवसाय सञ्चालन गरेका उनले वार्षिक रुपमा ३ लाख देखि ५ लाख सम्म आम्दानी गर्दै आएका छन । बाख्रापालनबाट राम्रो सम्भावना देखेपछि गुल्मीको ददल्काका कृष्णबहादुर गलामीबाट तीन वटा र अन्य ठाउँबाट ७ वटा गरि १० वटा उन्नत जातको बाख्रा १ लाखमा खरीद गरी आफ्नै २ रोपनी जग्गामा साढे २ लाखको लागतमा फर्म निर्माण गरेर बाख्रापालन व्यवसाय सञ्चालन गरेका हुन ।

घरको आर्थिक स्रोत पनि बलियो हुने र स्वदेशै बसेर बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उद्देश्यले १० वटा बाख्राबाट व्यवसाय सुरु गरेका खत्रीले तीनै बाख्राका सन्तानलाई विक्री गरी त्यहि आम्दानीबाट खर्च जुटाएर करिब ६ महिनापछि बाख्रापालनमा लगानी बढाउँदै गए । लगानी थप्दै जादाँ २ वर्षमा बाख्रापालन व्यवसायलाई बढाउँदै ५ लाखको लगानीमा ३९ वटा बाख्रा खरीद गरेका थिए । ‘५ रोपनी जग्गाको फर्ममा ३९ वटा बाख्रा थिए, ११ वटा बाख्रा विक्री भए अहिले २८ वटा मात्रै छन्, खत्रीले भने,–‘परम्परागत कृर्षिमा अल्झिनुभन्दा आधुनिक कृषि तिर अग्रसर हुन सकेमा आम्दानीको स्रोत बढ्न सक्छ भनेर बाख्रापालन व्यवसाय सुरु गरेको हुँ, । बाख्रापालनको लागि भौगोलिक वातावरण राम्रो भएको र फर्मको राम्रो व्यवस्थापन भएकाले व्यवसाय फस्टाउँदै गएको उनको भनाई छ ।

उनले कडेल बाख्राफर्ममा उत्पादन भएका उन्नत जातका बाख्रा छिमेकी गाउँ लगायत गलकोटका विभिन्न बजारमा बिक्री भइरहेका छन्, । ब्राखापालनको सुरुवाती चरणमा फर्मको लागि आवश्यक पर्ने काठको लागि हप्तौ दिन कामदार खटाएर घरदेखि धेरै टाढा रहेको खोजीङ बनमा पुग्न परेको र बाख्राले खाने घासमा विषादी मिसिएर बाख्रा बिरामी हुँदा जडीबुटी खोज्न बनमा जान परेको भएपनि बाख्रालाई निरन्तर रुपमा गरेको व्यवस्थापनले उहाँको आर्थिक स्रोत बढ्दै गएको हो ।

व्यवसायिक रुपमा बाख्रापालन सुरु गरेपछि पहिलोपटक गत असारमा गलकोट नगरपालिकाबाट ५० हजार अनुदान प्राप्त भएको खत्रीले बताए । नगरपालिकाबाट अनुदान प्राप्त गरेपछि व्यवसायलाई निरन्तरता दिदै अझै बढाएर लैजानुपर्छ भन्ने हौसला मिलेकाले आगामी दिनमा व्यवसायलाई बढाउँदै ८ लाखको लगानीमा करिब ५० वटा बाख्रा पु¥याउने लक्ष्य खत्रीको रहेको छ ।

बाख्राफर्मलाई व्यवस्थापन गर्नको लागि खत्रीलाई दुई छोरा नारायण टिकाराम र श्रीमतीले समेत राम्रो साथ दिदै आएका छन । पहिले फर्मको व्यवस्थापनको लागि दुई जना कामदार राखेका थियौ, अहिले त घरका सबै सदस्य मिलेर बाख्रालाई व्यवस्थापन गर्छौ, बाख्रालाई बिहान–बेलुका दाना पानी खुबाउनुका साथै दिउँसो करीब ४ घण्टा जंगलमा चराउन लैजाने गरेको छौ, उनका छोरा नारायणले भने –पहिले गाउँमा सवारी साधनको अभावले आवश्यक परेको खाद्यन्न ल्याउँदा घण्टौ लगाएर गह्रौ भारी बोकेर उकालो हिड्पर्ने बाध्यता थियो ,। तर अहिले गाउँमै सवारी साधन पुगेकाले बाख्रापालन व्यवसाय गर्न सहज भएको छ ।

अहिले बाख्रालाई चाहिने गहुँ, मकै लगायतका खाद्यान्न गाउँमै पाइने भएकाले टाढा खोज्न जान नपरेको उनको भनाई छ । यसरी खत्रीले गरेको बाख्रापालन व्यवसायबाट परम्परागत कृषिमा अल्झिनु भन्दा व्यवसायिक कृषिमा अग्रसर हुन सकियो भने आम्दानीको स्रोत जुटाउन सकिन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook Twitter Email

यो बिषयमा तपाईको प्रतिकृया

Muktikshetra Daily

उत्तरगंगा पब्लिकेशन प्रा.ली.

बागलुङ नगरपालिका -२ धौलागिरी चोक, बागलुङ
E-mail: dailymukti@gmail.com
फोन नं.: ०६८-५२२०६२

अध्यक्ष : श्रीधर क‌ंडेल
प्रधान सम्पाद: धनराज सापकोटा
सम्पादक : नरेश कंडेल

सम्पादकीय / विचार

बेमौसमी नागरिकता अध्यादेश
सम्पादकीय

दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका

संवाददाता: मुक्तिक्षेत्र संवाददाता
September 23, 2022

बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...

Read more
बेमौसमी नागरिकता अध्यादेश

संविधानको सबैले पालना गरौं

September 20, 2022
बेमौसमी नागरिकता अध्यादेश

आत्महत्या निरुत्साहित गरौं

September 18, 2022
बेमौसमी नागरिकता अध्यादेश

बाल दिवस र बालबालिकाको भविष्य

September 14, 2022
sampadakiye

प्राकृतिक विपत्ति न्यूनीकरण

October 26, 2021
बेमौसमी नागरिकता अध्यादेश

आर्थिक समृद्धिका लागि युवा

September 29, 2021
बेमौसमी नागरिकता अध्यादेश

सास्ती दिने यो लोकमार्ग

September 24, 2021
बेमौसमी नागरिकता अध्यादेश

पदकको गरिमा राख

September 22, 2021

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal

No Result
View All Result
  • होमपेज
  • स्थानीय तह
    • बागलुङ नगरपालिका
    • गल्कोट नगरपालिका
    • ढोरपाटन नगरपालिका
    • जैमिनी नगरपालिका
    • काठेखोला गाउँपालिका
    • तमानखोला गाउँपालिका
    • निसीखोला गाउँपालिका
    • ताराखोला गाउपालिका
    • बडिगाड गाउँपालिका
    • बरेङ् गाउँपालिका
  • प्रदेश विशेष
  • राजनीति
  • रोचक संसार
  • अन्तर्रवार्ता
  • सम्पादकीय
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्य
    • ब्यबसाय
    • स्वास्थ्य
    • संस्कृति
    • मुक्ति T.V
    • साताको तस्बिर

© 2020 Muktishetra, All right reserved | Developed with ❤️ by Webpal