बागलुङमा रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थामा काम गर्ने कर्मचारीलाई सक्षम बनाउने उदेश्यले ३ दिने कर्मचारीलाई क्षमता बिकास तालिम शुरू गरेको छ । सहकारीमा सहकारीमा काम गर्नका लागि आवेदन दिएका नयाँ कर्मचारीहरूलाई सहकारीमा कसरी काम गर्ने कसरी शेयर सदस्य संग काम कारोवार गर्ने भन्ने सैद्धान्तिक र ब्यबहारिक बनाउने उदेश्यले क्षमता बिकास तालिमको आयोजना गरेको सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्माले बताए । बागलुङ ,पर्वत र म्याग्दी जिल्लामा खुलेका सहकारीको नयाँ सेवा केन्द्रमा काम गर्न गराउनको लागि दिइएको तालिम उपयोगी हुने सहभागीहरूको भनाइ छ ।
सरकारले छरिएर रहेका सहकारी संघसंस्थालाई एकीकृत गरेर ठूलो सहकारी बनाउन निर्देशन दिएर अगाडि बढेसंगै सहकारीले ३० वटा सहकारी संस्था संग एकीकरण गरेर धौलागिरि अन्चलका बागलुङ पर्वत ,र म्याग्दी जिल्लामा अहिलेसम्म १९ वटा सेवा केन्द्र संचालन गरेर १११ जनालाई रोजगारी समेत प्रदान गरिसकेको छ ।
संस्थाले सरकारले तोके बमोजिमको तलब दिने भएकोले सहकारीमा काम गर्ने कर्मचारीको आकर्षण ह्वात्तै बढेर गएको छ । तिन दिनसम्म संचालन हुने तालिममा जिल्लाका ४६ जना युवा युवतीको सहभागीता रहेको छ । तालिमको सहजीकरण बल्लभ तिमिल्सिना ज्योती पौडेल ,कवि न्यौपानेले गरेका छन । कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी ,सिवाइसि सहकारीका सचिव जयराम भारी ,तालिमका सहजकर्ता बल्लभ तिमिल्सिना लगायतका बक्ताहरूले तालिमबाट सिकेका कुरालाई ब्यबहारमा उतार्न सकेमात्र तालिमको सार्थकता रहने धारणा राखेका थिए ।
सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष चण्डी प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले गरेका थिए ।
यो बिषयमा तपाईको प्रतिकृया