गलकोट समाज जापानले जिल्लाको ताराखोला गाउँपालिकालाई एक कार्यक्रमका विच एम्वुलेन्स हस्तान्तरण गरेको छ ।
कार्यक्रममका गलकोट समाज जापानका पुर्व अध्यक्ष नर वहादुर थापाले नेपालिहरुले जहाँ गएपनि सवैको सुखदुखका साथ दिने र कसैलाई अप्ठ्यारो पर्दा स्वच्छ मनले सहयोग गर्नुपर्ने बताएका थिए । उनले ताराखोला गाउँपालिका विकट क्षेत्र भएकोले गाउँपालिकामा उपचारको पहुच वढाउनको एम्वुलेन्स सहयोग गरिएको बताए । गाउँपालिकाले एम्वुलेन्सको सहि रुपमा प्रयोग गरि फाईदा उठाउनुपर्ने र दिईएको साधनको सहि सदुपयोग गर्नुपर्नेमा उनले जोड दिएका थिए ।
गलकोट समाज जापानले ११ लाखको लागतमा एम्वुलेन्स खरिद गरि ताराखोला गाउँपालिकालाई हस्तान्तरण गरेको जनाएको छ । कार्यक्रममा गलकोट समाज जापानका लेखा संयोजक तेज वहादुर चालिसेले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रम ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्माको स्वागत तथा आर्थिक विकास शाखा प्रमुख चिन्तामणि शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
दुव्र्यसन नियन्त्रणमा आमाको भूमिका
बागलुङमा पछिल्लो समय लागूऔषध दुव्र्यसनीमा फस्नेहरुको संख्या बढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालयले चलाएको दुव्र्यसन विरुद्धको अभियानमा धरै व्यक्तिहरु...
Read more
यो बिषयमा तपाईको प्रतिकृया